मिथिला लघवित्त वित्तीय संस्था लि
Source: Kantipur
Job Description
Roles and responsibilities of this job

कर्मचारी आवश्यकता
(प्रथम पटक प्रकाशित मिति : २०७९।०१।०७ गते बुधवार)
मिथिला लघवित्त वित्तीय संस्था लि प्रदेश नं २ कार्यक्षेत्र भई मिथिला नगरपालिका-६ ढल्केवर-धनषामा केन्द्रीय कार्यालय रहेको नेपाल राष्ट्र बैंकबाट 'घ' वर्गको इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्था अन्तर्गतका विभिन्न शाखा कार्यालयहरुका लागि देहाय बमोजिमको पदहरुमा कर्मचारी आवश्यकता भएको हुदा तपशिल बमोजिमका योग्यता तथा अनुभव भएका इच्छुक नेपाली नागरिकबाट प्रथम पटक सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आफ्नो सम्पर्क नं. सहितको व्यक्तिगत विवरण (CV), नागरिकता तथा शैक्षिक योग्यताको प्रमाणित प्रमाणपत्र, अनभवको प्रमाणपत्र, हालसालै खिचिएको पासपोर्ट साईजको ३ प्रति फोटो सहित रितपूर्वक भरिएको दरखास्त आव्हान गरिन्छ।
| बिज्ञापन नं. | पद | संख्या | शैक्षिक योग्यता |
| १/२०७८/०७९ खुल्ला | (बरिष्ठ सहायक, सहायक श्रेणी, पाँचौ तह) | केही | प्रविणता प्रमाणपत्र तह, १२ वा सो सरहको परिक्षा उतिर्ण गरेको । लघवित्त तथा बैंकिङ्ग क्षेत्रमा १ वर्षको कार्य अनुभव भएको र कम्प्युटर सम्बन्धी दक्ष उम्मेदवारलाई प्राथमिकता दिईनेछ। |
| २/२०७८/०७९, खुल्ला | (सहायक, सहायक श्रेणी, चौथो तह) | केही | एस एल सि./एस ई ई. वा सो सरहको परिक्षा उतिर्ण भएको । लघुवित्त तथा बैंकिङ्ग क्षेत्रमा १ बर्षको कार्य अनभव भएको र कम्प्यटर सम्बन्धी दक्ष उम्मेदवारलाई प्राथमिकता दिईनेछ। |
| ३/२०७८/०७९ खुल्ला | (कनिष्ठ सहायक, सहायक श्रेणी, तेश्रो तह) | केही | एस.एल सि./एस.ई.ई. वा सो सरहको परिक्षा उतिर्ण भएको। लघुवित्त तथा बैंकिङ्ग क्षेत्रमा १ बर्षको कार्य अनुभव भएको र कम्प्युटर सम्बन्धी दक्ष उम्मेदवारलाई प्राथमिकता दिईनेछ। |
उमेर : १८ बर्ष पुरा भई ३५ बर्ष ननाघेको । महिला उम्मेद्वारको हकमा माथिलो उमेरको हदमा ५ वर्ष थप हुनेछ।
परीक्षाको किसिम : लिखित, फिल्ड अवधारणा र अन्तरबार्ता।
सेवाको किसिम : स्थायी सेवा शर्त तथा सुविधा : वित्तीय संस्थाको नियमानुसार हुनेछ । उपरोक्त विज्ञापनहरुबाट लिखित, फिल्ड अवधारणा र अन्तरवाता परीक्षामा समावेश भई सफल भएका उम्मेदवारहरू मध्ये न्यूनतम १ बर्ष समान प्रकृतिको बैक तथा वित्तीय संस्थामा अनुभव भएका उम्मेदवारहरुलाई वित्तीय संस्थाको कर्मचारी सेवा विनियमावली अनुसार परिक्षणकालमा नियुक्त गरिनेछ भने उल्लेखित अनुभव नभएका उम्मेदवारहरुलाई ६ महिनाको सेवापूर्व प्रशिक्षणमा राखिनेछ । प्रशिक्षण अवधिभर प्रशिक्षण भत्ता बाहेक अन्य कुनै पनि सुविधा उपलब्ध गराइने छैन् र सेवा पूर्व प्रशिक्षणमा सफल भएका उम्मेदवारहरुलाई मात्र यस वित्तीय संस्थाको परिक्षणकालमा नियुक्त गरिनेछ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: May 06, 2022

Deadline: Jun 05, 2026

Deadline: May 26, 2026

Deadline: Jun 04, 2026

Deadline: May 29, 2026

Deadline: May 26, 2026