Teacher

Teacher

श्री पार्दी मा.वि.

Pokhara

Teacher

Views: 20 | Apply Before: 6 days, 20 hours from now

Basic Job Information

Job Category : Teaching / Education
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Contract
Job Location : Pokhara
Apply Before(Deadline) : Oct. 21, 2025 16:00 (6 days, 20 hours from now)

Job Specification

Education Level : Higher Secondary (+2/A Levels/Ib)
Experience Required : Not Required

Teacher

श्री पार्दी मा.वि

पोखरा महानगरपालिका नगर कार्यपालिकाको कार्यालयको २०८२ साल असोज २४ गतेको चलानी नं १६२ को पत्रअनुसार यस श्री पार्टी माध्यमिक विद्यालयमा २०८२/०५/१७ गतेदेखि रिक्त हुन आएको प्रा.वि. स्वीकृत दरबन्दीमा करार शिक्षक नियुक्ति गर्न अनुमति प्रदान भए बमोजिम करार शिक्षक नियुक्त गरिन लागेको हुँदा सम्बन्धित सबैको लागि यो सूचना प्रकाशित गरिएको छ।

शिक्षक सेवा आयोगको पछिल्लो विज्ञापनको नतिजा बमोजिमका प्रतिक्षा सूचीमा रहेका इच्छुक, योग्य, नेपाली नागरिकबाट यो विज्ञापन प्रकाशित भएको मितिले सात दिनभित्र आफ्नो अद्यावधिक व्यक्तिगत विवरण, योग्यता, तालिम र अनुभवका प्रमाणित प्रतिलिपिसहित विद्यालय प्रशासनमा रीतपूर्वक आवेदन दिनको लागि यो सूचना प्रकाशित गरिएको छ ।

तोकिएको मितिमा करार सूचीको योग्य तथा इच्छुक उमेदवार प्राप्त नभएमा थप एक हप्ताको समय प्रदान गरी तोकिएको समयभित्र खुला प्रतिस्पर्धामार्फत योग्य उमेदवार मध्येबाट पदपूर्ति गरिनेछ ।

रिक्त पद: शिक्षक (१)

तह: प्रा.वि. तृतीय

न्यूनतम योग्यता: मान्यताप्राप्त शैक्षिक संस्थाबाट कम्तीमा १२ कक्षा वा सो सरहको शिक्षा पूरा गरेको

छनौटका आधार: लिखित र अन्तर्वार्ता

तलब भत्ता: नेपाल सरकारले तोकेबमोजिम

आवेदन शुल्क: रु ७००,०० (सात सय रुपैयाँ)

सम्पर्क मिति: आवेदनको म्याद सकिएको दिन अपरान्ह ४:०० बजे ।

  • विस्तृत जानकारीको लागि विद्यालयमा सम्पर्क राख्नुहोला ।

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE