Views: 124 | This job is expired 4 days, 4 hours ago
Job Category | : | Healthcare / Pharma / Biotech / Medical / R&D |
Job Level | : | Mid Level |
No. of Vacancy/s | : | [ 1 ] |
Employment Type | : | Contract |
Job Location | : | Pokhara |
Apply Before(Deadline) | : | Mar. 22, 2025 12:00 (4 days, 4 hours ago) |
Education Level | : | Professional Certification |
Experience Required | : | Not Required |
गण्डकी प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय
प्रादेशिक जनरल तथा सरुवा रोग अस्पताल पोखरा, कास्की, नेपाल
पदपूर्ती सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मितिः २०८१/११/१५
स्वास्थ्य मन्त्रालय मातहत प्रादेशिक जनरल तथा सरुवा रोग अस्पताल, कास्कीमा स्वास्थ्य सेवा प्रवाह निरन्तरताको साथै डायलायसिस सेवा सञ्चालनको लागि तपसिलका पदहरुमा गण्डकी प्रदेश सेवा करारमा चिकित्सक र स्वास्थ्यकर्मी व्यवस्थापन कार्यविधि, २०७९ बमोजिम चालु आ.व. २०८१ / ०८२ को आषाढ मसान्तसम्मको लागि सेवा करारमा पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आव्हान गरिएको छ
तपशिलः
विज्ञापन नं.: ९/०८१-८२
पद: रेडियोग्राफर
तह: पाँचों
न्युनतम शैक्षिक योग्यता: रेडियोग्राफी विषयमा प्रमाणपत्र तह उर्त्तिण
माग पद संख्या: १
नोट:
१. दरखास्त फारामः यस मन्त्रालयको वेभसाईट mohp.gandaki.gov.np मा दिइएको फाराम डाउनलोड गरी भरेर दरखास्त फारामसँग संलग्न गर्नु पर्ने कागजातहरु सहित प्रादेशिक जनरल तथा सरुवा रोग अस्पताल, पोखरा- ३०, लेखनाव- ०६१-५६४२६६, कास्कीमा दरखास्त पेश गर्नुपर्ने छ ।
२. दरखास्त फारामसँग संलग्न गर्न पर्ने कागजातहरु:
क. उम्मेदवारको अध्यावधिक व्यक्तिगत विवरण, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि एस. एल. सी. र सो भन्दा माथिका शैक्षिक योग्यताको प्रमाण पत्रका प्रतिलिपिहरु, म्याद कामय रहेको / नवीकरण गरिएको सम्बन्धित काउन्सिलको प्रमाण पत्रको प्रतिलिपि, सम्बन्धित क्षेत्रमा काम गरेको कार्य अनुभव र तालिम सम्बन्धी प्रमाण पत्रको प्रतिलिपी ।
ख. दरखास्त साथ पेश गरेको प्रमाणपत्रको प्रतिलिपीमा दरखास्तवाला स्वयंले प्रमाणित गरी पेश गर्नुपर्ने छ ।
ग. दरखास्त दिने अन्तिम दिन भित्र मावि २. क. मा उल्लेखित सम्पूर्ण कागजात एवं प्रमाणपत्र हासिल गरिसकेको हुनुपर्ने छ । साथै समकक्षता खुलाउनु पर्ने आवश्यक भएमा सो समेत खुल्ने कागजपत्र पेश गर्नुपर्नेछ। रित नपुगेको, म्याद नाघेको तथा शर्त सहितको आवेदन दर्ता गरिने छैन ।
३. काम गर्नुपर्ने स्थानः प्रादेशिक जनरल तथा सरुवा रोग अस्पताल, कास्की ।
४. दरखास्त दस्तुरः नवौं तहको लागि रु. १२००/- (बाह्र सय) र पाचौं तहको लागि रु. ५००/- (पाँच सय) दस्तुर बुझाउनु पर्नेछ । (नोट: दरखास्त दस्तुर बुझाएको सक्कलै भौचर आवेदन फारामसाथ पेश गर्नुपर्ने छ ।)
क. कार्यालयको नामः प्रादेशिक जनरल तथा सरुवा रोग अस्पताल, पोखरा ।
ख. कार्यालयको कोड नं.: ३५०१२३९०१४
ग. राजश्च शीर्षक नं.: १४२२४ (परीक्षा शुल्क)
घ. बैंक खाता नं : १०००१००२०००१०००० ( सम्बन्धित जिल्लाको सरकारी कारोबार गर्ने राष्ट्रिय बाणिज्य बैंक)
ङ. बैंक खाता नं : २७२०२०००००१००१०००००१ (सम्बन्धित जिल्लाको सरकारी कारोवार गर्ने नेपाल बैंक लिमिटेड)
५. दरखास्त दिने अन्तिम मितिः २०८१ / १२ / ०९ गते शुक्रवार कार्यालय समयभित्र उक्त दिन सार्वजनिक विदा परेमा सोको भोलिपल्टसम्म हुनेछ ।
६. परीक्षाको किसिमः अन्तरवार्ता अन्तर्वार्ता तालिका मन्त्रालयको वेभसाइट (mohp.gandaki.gov.np) मा प्रकाशन गरिनेछे
७. तलब: प्रचलित कानून बमोजिम सम्बन्धित तहको शुरु तलब स्केल मात्र उपलब्ध हुनेछ ।
८. अवधिः चालु आ.व. २०७१/०८२ को आषाढ मसान्तसम्म ।
९. उम्मेदवार हुनको लागि योग्यताः
क. नेपाली नागरिक हुनुपर्ने छ ।
ख. उमेरको हकमा ४५ वर्ष ननाघेको हुनुपर्ने छ ।
ग. भ्रष्टाचार तथा फौजदारी अभियोग सम्बन्धी मुद्दामा अदालतबाट सजाय नपाएको हुनुपर्ने छ ।
घ. भविष्यमा सरकारी सेवाका निमित्त अयोग्य ठहरिने गरी बर्खास्त नभएको हुनुपर्ने छ ।
१०. अन्य विस्तृत जानकारीको लागि यस मन्त्रालयको वेभसाइट mohp.gandaki.gov.np मा हेर्नु हुन अनुरोध छ ।
पदपूर्ति, अन्तर्वार्ता तथा सिफारिस समिति
This job has expired.