Overseer

Overseer

Views: 678 | This job is expired 1 week, 2 days ago

Basic Job Information

Job Category : Construction / Engineering / Architects
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Job Location : Kathmandu
Apply Before(Deadline) : Sep. 07, 2024 23:55 (1 week, 2 days ago)

Job Specification

Education Level : Professional Certification
Experience Required : Not Required

काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड त्रिपुरेश्वर, काठमाडौँ 

आन्तरिक प्रतियोगिता, खुला र समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्ने सम्बन्धी सूचना (प्रथम पटक प्रकाशित मिति २०८० / ४ १) पुनः प्रकाशित मिति २०८१/४/२४ काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड कर्मचारी प्रशासन विनयमावली, २०६४ को विनियम ११ मा पदपूर्ति समितिको काम, कर्तव्य र अधिकार अन्तर्गतका कानुनी व्यवस्थाको पूर्ण परिपालना गरी लोकसेवा आयोगको नि.नं. २५१ मिति २०८० / ०३ / २८ मा प्रदान गरिएको सहमतिलाई आधार मानी तत् समयमा उम्मेदवार हुन योग्य रहेका व्यक्तिहरू सहभागी हुन पाउने गरी दरखास्त लिने गरी सूचना प्रकाशन गर्ने समेतका कार्य प्रकृया अघि बढाई आयोगको सो मितिको निर्णय कार्यान्वयन गर्ने गराउने" खानेपानी मन्त्रालयको मिति २०८१/०४/२३ को च.नं. ६५ पत्रानुसार राय प्राप्त भएकोले सोहि बमोजिम पदपूर्ति समितिको मिति २०८१/४/२३ को निर्णयानुसार मिति २०८० / ४ / २१ सम्म देहायको योग्यता हासिल गरेका र ( यस अघि दरखास्त दिएका व्यक्तिहरूले पुनः दरखास्त दिन नपर्ने गरी ) तपसिल बमोजिमका रिक्त पदहरूमा पुनः दरखास्त आह्वान गरिएको छ । 

दरखास्त फाराम कम्पनीको वेभसाईट www.kathmanduwater.org बाट डाउनलोड गर्न सकिने छ । 

दरखास्त फारामको निर्दिष्ट स्थानमा पासपोर्ट साईजको फोटो टाँस गरी आफुले माथि उल्लेखित अवधिभित्र प्राप्त गरेका शैक्षिक योग्यताको प्रमाणपत्रहरू प्रमाणित गरी यो सूचना पुनः प्रकाशित भएको मितिले २१ दिनभित्र कम्पनीको मुख्य कार्यालय, त्रिपुरेश्वर स्थित मानव श्रोत विकास शाखामा बुझाउन आह्वान गरिएको छ । परीक्षा दस्तुर यस कम्पनीको नविल बैंक लिमिटेडको चल्ती खाता नं. ०२०१०१७५०१६१६ मा जम्मा गरी दरखास्त साथ दुई प्रति सक्कलै भौचर संलग्न गर्नु पर्नेछ । दरखास्त दिने अन्तिम मितिपछि ७ दिनसम्ममा दोब्बर दस्तुर तिरी दरखास्त दिन सकिने छ । दरखास्त बुझाउने अन्तिम दिन सार्वजनिक बिदा पर्न गएमा सोको भोलिपल्ट दरखास्त बुझाउन सकिने छ । 

तपसिल

विज्ञापन नं. : ४६/०७९ / ०८०

विज्ञापनको किसिम : आदिवासी जनजाति

पद : ओभरसियर

सेवा प्राविधिक

समुह आर्किटेक

तह : ५

आवश्यक न्युनतम योग्यता 

मान्यता प्राप्त शिक्षण संस्थाबाट आर्किटेक्ट इन्जिनियरिङ्ग विषयमा प्रविणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण ।

माग पद परीक्षा संख्या : १

दस्तुर : १५००

नोट:

  • उमेरको हकमा अधिकृत स्तरको सातौं, आठौं र नवौं तह पदको लागि मिति २०५०/४/२१ गते सम्ममा २१ वर्ष पूरा भै ४० वर्ष ननाघेको, छैठौं तहको लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र सहायक स्तरको लागि १८ वर्ष पूरा भै ३५ वर्ष ननाघेको हुनुपर्नेछ । 
  • महिला र अपाङ्गता भएका व्यक्तिको हकमा उक्त मितिसम्ममा ४० वर्ष ननाघेको हुनुपर्नेछ र शैक्षिक योग्यता र अनुभव समेत उक्त अवधिभित्र हासिल गरेको हुनुपर्नेछ
  • यस कम्पनीको कर्मचारी प्रशासन विनियमावली, २०६४ (दशौं संशोधन सहित) विनियम १८ मा व्यवस्था भए अनुसार परीक्षणकाल हुनेछ ।
  • तलव स्केल र अन्य सुविधा यस कम्पनीको प्रचलित नियमानुसार हुनेछ ।
  • प्रत्येक सेवा, समूह अन्तर्गत खुला र समावेशी प्रतियोगिताका आधारमा लिईने परीक्षाहरू संयुक्त रुपमा एकै पटक एकै सिटिङ्गमा लिइने छ ।
  • समावेशी समूहभित्र फाराम भर्ने उम्मेदवारहरूले विज्ञापन अनुसारका प्रत्येक समुहका दरखास्त फारामको पहिलो पाना छुट्टा छुट्टै भर्नु पर्नेछ, तर रोल नम्बर र प्रवेश पत्र भने एउटै मात्र प्रदान गरिने छ ।
  • उम्मेदवारले प्रवेशपत्रमा आफु उम्मेदवार हुने समुहहरुको विवरण निर्धारित ढाँचामा अनिवार्य रुपले खुलाउनु पर्नेछ। अन्यथा परीक्षामा समावेश गराईने छैन ।
  • एकभन्दा बढी समुहमा फाराम भर्ने उम्मेदवारले आफुले पेश गर्ने आवश्यक प्रमाणहरू प्रत्येकको एक एक प्रति मात्र बुझाए पुग्नेछ ।
  • दरखास्त पेश गर्ने उम्मेदवारहरूले सूचनामा तोकिए बमोजिमको परीक्षा दस्तुर बापतको रकम तोकिएको म्यादभित्र र म्याद नाघेको ७ दिनसम्ममा दोब्बर परीक्षा दस्तुर रकम नविल बैंकमा रहेको चल्ती खाता नं. ०२०१०१७५०१६१६ मा जम्मा गरेको सक्कल भौचर दुई प्रति सहित दरखास्तसाथ पेश गर्नु पर्नेछ । 
  • समावेशी तर्फको आवेदन भर्ने उम्मेदवारहरूले प्रत्येक समावेशी समुहमापरीक्षा दस्तुरको ५० प्रतिशत थप रकम बुझाउनु पर्नेछ ।
  • परीक्षा सम्बन्धी कार्यक्रम पछि गोरखापत्रमा प्रकाशित गरिनेछ ।
  • कार्य गर्नुपर्ने क्षेत्र काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडको कार्य क्षेत्रभित्र ।

समावेशी तर्फका उम्मेदवारहरूले पेश गर्नुपर्ने थप कागजातहरू:

  • आदिवासी जनजातिको हकमा नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐनमा सूचीकृत भएका जातिको सूचीको आधारमा दरखास्त स्वीकृत हुनेछ । तर नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रियप्रतिष्ठान ऐनमा सूचीकृत भएको जातिभित्र एकभन्दा बढी थरहरू भएमा सम्बन्धित स्थानीय निकायको प्रमुखको सिफारिशमा प्रमुख जिल्ला अधिकारीबाट सूचीकृत भएको जातिभित्रको थर भनी प्रमाणित गराई दरखास्त साथ अनिवार्य रुपमा पेश गर्नु पर्नेछ ।
  • दलितको हकमा नेपाल दलित आयोगबाट सूचीकृत भएका जातिको सूचीको आधारमा दरखास्त स्वीकृत हुनेछ । राष्ट्रिय दलित आयोगबाट सूचीकृत भएको जातिभित्र एकभन्दा बढी बरहरू भएमा सम्बन्धित स्थानीय निकायको प्रमुखको सिफारिशमा प्रमुख जिल्ला अधिकारीबाट सूचीकृत भएको जातिभित्रको घर भनी प्रमाणित गराई दरखास्त साथ अनिवार्य रुपमा पेश गर्नु पर्नेछ ।
  • मधेशीको हकमा नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरी तोकेबमोजिमको संस्थाबाट मधेशी भनी प्रमाणित गरेको प्रमाणको आधारमा दरखास्त स्वीकृत हुनेछ । तर नेपाल राजपत्रमा सूचना प्रकाशन गरी संस्था नतोकेसम्म सम्बन्धित स्थानिय निकायको प्रमुख जिल्ला अधिकारीबाट मधेशी भनी प्रमाणित गराई दरखास्तसाथ पेश गर्नु पर्नेछ ।

थप जानकारी आवश्यक भएमा कम्पनीको मुख्य कार्यालय मानव श्रोत विकाश शाखामा सम्पर्क राख्न सकिनेछ ।

  • दरखास्त स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार कम्पनीमा सुरक्षित हुनेछ ।
  • दरखास्त दिने उम्मेदवारहरूले दरखास्त फारामको प्रवेश पत्र खण्डमा आफ्नो नागरिकता प्रमाणपत्र नं. र नागरिकता जारी भएको जिल्ला अनिवार्य रुपमा हस्तलिखित गरी उल्लेख गर्नु पर्नेछ ।
  • सबै पदहरूको लिखित परीक्षा लोकसेवा आयोगबाट संचालन हुनेछ ।

This job has expired.

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE