Centre for Educational Policies and Practices (CEPP)

Field Coordinator (फिल्ड संयोजक)

Centre for Educational Policies and Practices (CEPP)

Field Coordinator (फिल्ड संयोजक)

Established in 2009, the Centre for Educational Policies and Practices (CEPP) seeks to promote education as the foundation for sustained prosperity in the Nepalese society and the world at large - guided by social justice. CEPP wishes to a) induce changes by putting parents and teachers at the centre of educational reform efforts; b) ensure right to basic education through improvement of educational governance at all levels – especially at school levels making use of existing positive provisions. CEPP is primarily concerned with lower levels of education although may get engaged in any areas of education that promotes education as an equalizer of the society while promoting peace and sustainability. Its field work is based in the Rural Municipalities of Bagmati (Makwanpur), Hariharpur Gadhi (Sindhuli), Aamachhodingmo (Rasuwa) and Chandranagar (Sarlahi).

Established in 2009, the Centre for Educational Policies and Practices (CEPP) seeks to promote education as the foundation for sustained prosperity in the Nepalese society and the world at large - guided by social justice. CEPP wishes to a) induce changes by putting parents and teachers at the centre of educational reform efforts; b) ensure right to basic education through improvement of educational governance …

Field Coordinator (फिल्ड संयोजक)

Views: 1937 | This job is expired 12 months ago

Position: Field Coordinator (फिल्ड संयोजक)
Duty Station: Haku, Aamachhodingmo RM, Rasuwa
Contract type: Full-time mobile, Residential
Term of Appointment: Annual contract for 2+ years
Remuneration: Negotiable - performance-based within a framework.
Start Date: To be started immediately.

कार्यहरु

व्यवस्थापन र अनुगमन

  • फिल्ड कार्यालयको जिम्मेवारी लिने, वार्षिक योजनाको आधारमा गतिविधिहरू योजना र कार्यान्वयन गर्ने ।
  • विषयगत कर्मचारीहरूसँग समन्वय र सहयोग गर्ने तथा साझेदार संस्था (भएमा) सञ्चालनका लागि आवश्यक सहयोग गर्ने ।
  • अनुगमन भ्रमण गर्ने गराउने तथा कर्मचारी तथा सरोकारवालाहरूसँग समय–समयमा समीक्षा बैठकहरू आयोजना गर्ने र रणनीतिक मुद्दामा सहयोग गर्ने ।
  • संयोजक वा शिनीअकेद्वारा तोकिएका व्यवस्थापकीय कार्य गर्ने ।
  • मातहतका कर्मचारीहरूको मासिक योजना, मासिक कार्य सम्पादन सिफारिस गर्ने, भ्रमण, बिदा स्वीकृत गर्ने र रेकर्ड राख्ने।सहायक कर्मचारीहरूलाई सहयोग गर्ने, उत्प्रेरित गर्ने तथा पृष्ठपोषण दिने।
  • लेखा राख्ने र प्रतिवेदनहरू तयार गर्ने ।
  • असक्षमता, गलती र अनियमितताबाट हुने बर्बादी नियन्त्रण गर्ने ।

प्रवर्द्धन तथा वकालत

कार्यक्षेत्रमा निम्न मुद्दा वा विषयवस्तुहरूको प्रवर्द्धन र वकालत गर्नेः

  • सार्वजनिक शिक्षाः खासगरी आधारभूत तह – विशेष गरी स्थानीय नेतृत्वसँग
  • बालकेन्द्रित, बालमैत्री शिक्षण
  • मातृभाषामा शिक्षा, बहुभाषिक शिक्षण
  • विद्यालयमा समानता र सकारात्मक भेदभाव
  • शिक्षण पेशाको गरिमा, शिक्षकको सम्मान
  • गुणस्तरीय शिक्षाका लागि अभिभावकको भूमिका / विचार निर्माताहरुसँग
  • सार्वजनिक विद्यालयहरूको सिकाइ उपलब्धि अभिवृद्धिमा जोड
  • वातावरण विनाश विश्वकै समस्या हो यसले हरेक व्यक्तिलाई कसरी असर गर्छ र विद्यालयले यसलाई कसरी सम्बोधन गर्न सक्छ भन्ने कुरा
  • आधारभूत शिक्षाको अधिकार दावी गर्न अभिभावकहरुलाई उत्प्रेरित गर्ने, सार्वजनिक विद्यालयहरुको पक्षमा पालिका, विव्यस र शिक्षकहरुसँग समर्थन सहयोग जुटाउने

समन्वय तथा सञ्चार

  • आवश्यकताअनुसार सरोकारवालाहरूसँग संवाद र समन्वय गर्ने ।
  • अभिभावक, शिक्षकहरूसँग आफू र संस्था शिक्षामा काम गर्नुपर्ने कारणबारे कुराकानी गर्ने ।
  • बैठक, कार्यशाला, तालिम, अन्तरक्रियाहरू आयोजना गर्न र परिणामहरूको प्रभावकारी अनुगमन सुनिश्चित गर्न कार्यक्रम संयोजकलाई सहयोग गर्ने ।
  • कार्यक्षेत्रमा सरोकारवालाहरू, सम्बन्धित निकायहरू, साझेदारहरू र समान विचार भएका व्यक्तिहरू तथा संस्थाहरू खोज्ने, पहिचान गर्ने र सामेल गराउने।
  • सम्बन्धित विषयमा तालिम, कार्यशाला, अन्तरक्रिया सञ्चालन र सहजीकरण गर्ने

प्रतिवेदन र अभिलेखन

  • प्रतिवेदन लेखन प्रणाली र ढाँचाबारे सम्बन्धित कर्मचारीहरू सचेत छन् भनी सुनिश्चित गर्ने ।
  • समयमा फलोअप (पुनः वा थप कुराकानी गर्ने) गर्ने र प्रतिवेदनहरू समयमै तयार हुनेछ भनी सुनिश्चित गर्ने ।
  • त्रैमासिक योजनाहरू संयोजित गर्ने र त्रैमासिक, अर्धवार्षिक र वार्षिक रुपमा कार्यक्रमको प्रगति प्रतिवेदन तयार गर्ने (अप्रिल, जुलाई, अक्टोबर र जनवरी) ।
  • आवधिक प्रतिवेदन सम्बन्धित निकायमा पेश गर्ने
  • काममा आफ्नो संलग्नता र सोच विचारको त्रैमासिक रुपमा छोटो व्यक्तिगत प्रतिवेदन तयार गर्ने

अपेक्षित परिणामहरु

  • व्यवस्थापकीय काम तथा व्यवहार उच्चस्तरको भएको हुनेछ – स्थानीयले संस्था विश्वसनीय संस्था हो र यसले समुदायको हितमा काम गर्ने महसुस गर्नुपर्छ ।
  • कर्मचारी र साझेदार संस्थासँग वार्षिक, अर्धवार्षिक, त्रैमासिक तथा मासिक योजनाहरु हुनेछ
  • कागजपत्र र तथ्याङ्कहरु व्यवस्थितसाथ राखिएको हुनेछ र आवश्यक पर्दा पुनः प्राप्त गर्न सकिनेछ ।
  • मातहतका कर्मचारीहरूको कार्यसम्पादन उच्च हुनेछ र कर्मचारीहरू सन्तुष्ट हुनेछन्।
  • कार्यालय व्यवस्थित राखिएको हुनेछ । (ती मूल्य मान्यतामा आधारित होस् हामी जसको पक्षमा उभिएका छौँ (भव्य होइन तर कुशल र प्रभावकारी रुपको, लामो समयसम्म वास्ता नगरेको नदेखिने)
  • आगन्तुकले उचित महत्व पाएको महसुस होस्।
  • हिसाबकिताबको खाता अद्यावधिक गरिएको हुनेछ ।
  • कार्यालयको चल अचल सम्पत्ति, सवारी साधन, उपकरण र मेसिनहरू काम गर्ने अवस्थामा हुनेछन्
  • कार्यालय संचालनका लागि आवश्यक सामग्रीहरूको निरन्तर आपूर्ति भएको हुनेछ ।
  • असक्षमता, गलती र अनियमितताबाट हुने बर्बादी नियन्त्रण गर्न पूर्व सोच राखिएको ।
  • विद्यालयको वातावरण भौतिक तथा शैक्षणिक दुवै रूपमा सुखद, रमाइलो हुनेछ – अभिभावकहरूको विद्यालयप्रति सकारात्मक दृष्टिकोण हुनेछ ।
  • विव्यसहरु नियमित रुपमा बैठक बसेर सम्बन्धित मुद्दाहरुमा विभिन्न तह (विद्यालय, पालिका) छलफल गर्नेछन्।
  • अभिभावकहरू विद्यालयको सवाल, समस्याप्रति सचेत हुनेछन्र नियमित रूपमा विद्यालय जानेछन् (कम्तीमा एक त्रैमासिकमा एक पटक)।
  • अभिभावक / विव्यस / शिक्षकहरूको क्षमताभन्दा बाहिरको विद्यालयको गर्नुपर्ने काम भए सम्बन्धित कर्मचारी (पालिका) सँग सहयोग लिई गरेका हुनेछन्।
  • विद्यालयहरूमा शिक्षक र विद्यार्थीहरूको उपस्थिति नियमित हुनेछ ।
  • विद्यालयको बगैँचा, फूलबारी, करेसाबारीमा विद्यार्थीहरुले काम गरेका वा सिक्न पाएका हुने छन् । विद्यालयमा हरियाली भएको हुने छ ।
  • फिल्ड संयोजकको पहिचानबाट संस्था तथा कार्यक्रम चिनिएको हुने छ । ती मूल्य मान्यता र कामबाट चिनिएको हुने छ जसको पक्षमा संस्था उभिएको छ ।
  • सहकर्मीहरू बीच सूचना जानकारीको प्रवाह प्रभावकारी भएको हुनेछ । आश्चर्यजनक सूचना कम हुनेछ ।
  • संस्थाद्वारा आयोजित कार्यक्रमहरूको बारेमा अद्यावधिक जानकारी हुनेछ ।
  • तालिम, कार्यशाला, अन्तरक्रिया व्यवस्थित र प्रभावकारी रुपमा सञ्चालन हुनेछ । सहभागिता सन्तोषजनक रहने छ ।
  • गतिविधिहरुको प्रतिवेदन समयमै हुनेछ र प्रतिवेदन तयार गर्नका लागि समयमै उपलब्ध हुनेछ ।
  • प्रतिवेदन गुणस्तरीय हुनेछ (अर्थात् प्रतिवेदनमा थप विवरणहरू र थप सोधपुछ बिना संयोजित गर्न सकिने छ) ।
  • प्रतिवेदनले विषयवस्तुको विश्लेषणात्मक र वास्तविक चित्र दिनेछ ।
  • पुराना प्रतिवेदनहरू आवश्यक पर्दा पुनःप्राप्त गर्न सकिनेछ ।

Desired Qualifications 

  • Bachelor’s Degree in Educational/Pedagogical disciplines with 1-3 year experience in teaching in  schools preferably in lower grades. Bachelors in other fields with interest and commitment on education  can also be considered. Masters is not an automatically an added advantage while experience is.  
  • Proficiency in spoken and written Nepali and English with reasonable handwriting and knowledge of Tamang will be an advantage.
  • Basic Computer Skills (Word, Excel, Power point, Internet and Email)  
  • Basic General Knowledge (to the level of Public Service Exams) 
  • Understanding of the concept of political economy and global ecological concepts with commitment to  the cause of deprived. 
  • Social skills – dialogue and assertion with negotiation skills; skills to deal with complex social  situations keeping people at the centre 
  • Understanding of Nepal’s School Education System with historical understanding  ∙ UCapacity to travel on foot long distances and ability to work in harsh living conditions (not applicable  to physically challenged persons).  
  • Biking skill and two-wheeler driving license 

Desired Personal Qualities 

  • Zeal to work for change  
  • Good listening and observation with attitude of leading by example - who does not mind getting hands  dirty – traditional livelihood skills are added advantages.  
  • Self-motivated – taking initiative to take the job forward – creating working environment than waiting  for instructions 
  • Good interpersonal skills and good understanding of diversity and discrimination with understanding of  Nepal’s cultural and natural diversities.  
  • Function and Role of Civil Society  

This job has expired.

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
job_detail_page
Search, Apply & Get Job: FREE