प्रयोगशाला सम्बन्धी उपकरण खरिद गर्नु पर्ने

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड
भद्रकालिप्लाजा, काठमाडौँ 
उपकरण खरिद सम्बन्धी गोप्य शिलवन्दी दरभाउपत्र आव्हानको सूचना
तेश्रो पटक प्रकाशित मिति : २०७८/०१/१५ 

यस कम्पनीको विभिन्न कार्यालयहरुमा बुझाउने गरी प्रयोगशाला सम्बन्धी उपकरण खरिद गर्नु पर्ने भएकोले इजाजत प्राप्त इच्छुक फर्म, संस्था वा कम्पनीबाट प्रथम पटक मिति २०७७/११/१४ गते र दोश्रो पटक २०७७/१२/०३ गते सूचना प्रकाशित गरिएकोमा प्राप्त हुन आएका दरभाउपत्रहरु प्राविधिक कारणबाट अस्वीकृत भएकोले प्रथम र दोश्रो पटक प्रकाशित सूचनामा उल्लेखित शर्तहरु लागु हुने गरी पुनः तेश्रो पटक गोप्य शिलबन्दी दरभाउपत्र आह्वान गरिएको छ । उपकरण खरिद सम्बन्धि दरभाउपत्र फारम, स्पेशिफिकेशन र जानकारी खरिद एकाई, प्रधान कार्यालय काठमाडौंबाट लिन सकिने छ । दरभाउपत्रदाताले धरौटी वापतको रकम यस कम्पनीको प्रधान कार्यालयको नाममा नगदै जम्मा गरेको सक्कलै बैंक भौचर वा कुनै मान्यता प्राप्त “क” वर्गको वाणिज्य बैंकबाट कम्पनीका नाममा जारी भएको ७५ दिन समयावधि रहेको सक्कलै बैंक जमानी पत्र र तोकिएका कागजातहरु अनिवार्य रुपमा पेश गर्नु पर्नेछ । दरभाउपत्रदाता वा निजको प्रतिनिधि उपस्थित नरहेमा पनि दरभाउपत्र खोल्ने काममा बाधा पर्ने छैन । दरभाउपत्र खरिद गर्ने अन्तिम दिन/खोल्ने दिन सार्वजनिक बिदा पर्न गएमा सो को भोलिपल्ट वा कार्यालय खुलेको दिन तल उल्लेखित समयमा उक्त कार्य हुनेछ। उपकरण सम्बन्धि विवरण तथा बुझाउ यस सम्बन्धी संक्षिप्त विवरण तपसिल बमोजिम रहेको छ।

तपसिल

१. उपकरणको विवरण, बुझाउने कार्यालय, स्थान र परिमाण दरभाउपत्र कागजातमा उल्लेख गरिएको छ । साथै, यस कम्पनीको वेबसाईटमा समेत हेर्न सकिने छ। 

२. दरभाउपत्र दस्तुर रू. १०००/- (फिर्ता नहुने गरी) र धरौटी रु.५४,०००/- कायम गरिएको छ। 

३. मिति २०७/०१/२९ गते सम्म कार्यालय समय भित्र खरिद एकाई प्रधान कार्यालय, काठमाडौंमा दरभाउपत्र खरिद गर्न सकिने छ। 

४. मिति २०७/०१/३० गते १२:०० बजे भित्र दरभाउपत्र दर्ता गरी सक्नुपर्ने छ। 

५. मिति २०७/०१/३० गते दिनको २:०० बजे नियमानुसार दरभाउपत्र खोलिने छ। 

६. सबै कार्यालयमा बुझाउने सम्पूर्ण उपकरणहरुको कबुल दरको जम्मा रकम जोडी हुन आउने कुल जम्मा अंकको आधारमा न्यूनतम  मूल्याङ्कित सारभूतरुपमा प्रभावग्राही दरभाउपत्र स्वीकृत गरिने छ। 

७. यस सम्बन्धमा अन्य कुरा बुझ्नु परेमा कार्यालय समय भित्र सम्पर्क राखी बुझ्न सकिने छ।

खरिद एकाई, प्रधान कार्यालय, काठमाडौं, फोन नं. ०१-४२५५८६५, website: www.fmtc.com.np


Search, Apply & Get Job: FREE