प्रयोगशालामा औषधि विश्लेषण कार्यका लागी ल्याव टेवल खरीद एवं जडान कार्य

दरभाउपत्र आह्वानको सूचना
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
औषधि व्यवस्था विभाग राष्ट्रिय औषधि प्रयोगशाला
बिजुलीबजार, काठमाण्डौ
प्रयोगशालामा ल्याव टेवल खरिद एवं जडान कार्यका लागि 
दरभाउपत्र आदान गरिएको सूचना
(सूचना प्रकाशित मिति: २०७८/०१/१३ गते) 

१. राष्ट्रिय औषधि प्रयोगशाला योग्य दरभाउपत्रदाताहरुबाट, राष्ट्रिय स्तरको खुल्ला दरभाउपत्र प्रक्रिया अन्तर्गत तपशिल बमोजिमका ल्याव टेवल खरिद गर्न यो दरभाउपत्र आव्शन गर्दछ। 

२. योग्य दरभाउपत्रदाताहरुले यस सम्बन्धी थप जानकारीको लागि बा दरभाउपत्र सम्बन्धी कागजातहरु हेर्न (अध्ययन गर्न चाहेमा, यस कार्यालयको निम्न ठेगानामा सम्पर्क राख्न सक्नेछन्ः राष्ट्रिय औषधि प्रयोगशाला, बिजुलीबजार। टेलिफोनः ४७८१२६९, फ्याक्सः ४७८०६६४ र website: www.nml.gov.np 

३. योग्य दरभाउपत्रदाताले दरभाउपत्र सम्बन्धी कागजातहरु राष्ट्रिय औषधि प्रयोगशाला, बिजुलीबजारबाट लिखित निवेदन पेश गरी यो सूचना प्रकाशित भएको १५ औ दिन मिति २०७।०१।२७ गते कार्यालय समय भित्र राष्ट्रिय औषधि प्रयोगशाला, बिजुलीबजारबाट लिखित निवेदन पेश गरी प्राप्त गर्न सक्नेछन् । यस्तो निवेदनको साथमा कम्पनी/फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपी र दरभाउपत्र सम्बन्धी कागजातको दस्तर रु १०००।- (फिर्ता नहने गरि। यस प्रयोगशालाको कार्यालय कोड नं ३७००२३५०२, खाता न.१०००२०००१००००, राजश्व शिर्षक नं १४२२९ मा दाखिला गरेको सक्कलै भौचर पेश गरि प्राप्त गर्न सक्नेछन । 

४. शिलबन्दी गरिएको दरभाउपत्र राष्ट्रिय औषधि प्रयोगशाला, बिजुलीबजारमा मिति २०७७/०१/२८ गते, १२:०० बजे भित्र बुझाउनु पर्नेछ । ढिलो गरी प्राप्त दरभाउपत्र स्विकार गरिने छैन । 

५. तोकिएको समयभित्र पेश भएका दरभाउपत्रहरु उपस्थित हुन चाहेका दरभाउपत्रदाता वा नीजको प्रतिनिधिको रोहबरमा राष्ट्रिय औषधि प्रयोगशाला, बिजुलीबजारमा २०७८।०१।२८, २:०० बजे खोलिनेछ । दरभाउपत्र खोलिएको दिनदेखि गणना हुने गरी कम्तिमा ४५ दिनसम्मको लागि दरभाउपत्र मान्य हुनेछ। 

६. दरभाउपत्र जमानत वापत तपशिलमा उल्लेखित रकममा नघटाई को.ले.नि.का., समन्वय कार्यालय, बबरमहलको धरौटी खाता नं १२०१२००००१००२५२४ तथा यस प्रयोगशालाको कार्यालय कोड नं ३७००२३५०२ मा दाखिला गरेको सक्कलै भौचर वा कम्तीमा ७५ दिन म्याद भएको (दरभाउपत्र बुझाउने अन्तिम मिति देखि) बैंक ग्यारेन्टी बिड बण्ड। दरभाउपत्र साथ पेश गर्नु पर्नेछ। 

७. दरभाउपत्र पेश गर्ने र खोल्ने दिन सार्वजनिक विदा परेमा त्यसको भोलिपल्ट कार्यालय खुल्ने दिन माथि उल्लेख गरिको मिति र समयमा दरभाउपत्र पेश गर्ने र खोल्ने अन्तिम मिति कायम हुनेछ । यस्तो अबस्थामा दरभाउपत्र रजमानतको मान्य अवधि भने साबिककै मितिदेखि गणना गरिने छ। 

८. कुनै वा सबै दरभाउपत्र, पुरै वा आंशिक रूपमा स्वीकार गर्ने वा अस्वीकार गर्ने सम्पूर्ण अधिकार यस प्रयोगशालामा निहित रहने छ ।

९. यस सूचनामा उल्लेख भएका बाहेकका कुराहरु सार्वजनिक खरिद ऐन, २०६३ र नियमावली, २०६४ तथा प्रचलित नेपाल कानून बमोजिम हुनेछ ।

खरिद गरिने मालसामान: प्रयोगशालामा औषधि विश्लेषण कार्यका लागी ल्याव टेवल खरीद एवं जडान कार्य


Search, Apply & Get Job: FREE