Newspaper Tender

Source: Naya Patrika

Tender Category : Construction
Published Date : Apr 23, 2021
Deadline : May 24, 2021, noon
Views : 334

वाटर किङ्डम निर्माण सम्बन्धि लागत साझेदारी प्रतिवद्धता आह्वान

रत्ननगर नगरपालिका 
नगर कार्यपालिकको कार्यालय
रत्ननगर, चितवन
बागमती प्रदेश 
रत्ननगर वाटर  किङ्डम निर्माण सम्बन्धि लागत साझेदारी प्रतिवद्धता आह्वान सम्बन्धि सूचना
प्रथम पटक प्रकाशित मिति : २०७८/०१/१० 

प्रस्तुत विषयमा रत्ननगर नगरपालिका पर्यटकीय नगरी हुनुका साथै प्रचुरमात्रामा विकासको सम्भावना भएको नगरपालिका हो।विकासको सम्भावनाहरूको सही पहिचान गरि सबै सरोकारवालहरूको साझेदारीको प्रयासबाट यस नगरपालिकालई आत्मनिर्भर तथा सम्वृद्ध बनाउन निजी क्षेत्रको पनि उत्तिकै भूमिका छ ।नगरपालिकाले निजी क्षेत्रलाई नगरपालिकाको विकासमा आकर्षित गर्ने र निकट भविश्यमा निजीक्षेत्र मैत्री नगरपालिका बनाउने उदेश्य लिएको छ ।नगरपालिकाद्धारा सार्वजनिक निजी साझेदारी अवधारणामा बहुबर्षिय निम्न आयोजनाको रुपमा संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको ४ करोड ५५ लाख र रत्ननगर नगरपालिकाको २ करोड ४५ लाख गरि कूल रु ७ करोडको लगानीमा वडा नं ८ मा रत्ननगर वाटर किङ्डम निर्माण गर्न गईरहेको छ । रत्ननगर नगरपालिकाको सार्वजनिक-निजी साझेदारी योजना सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०७७ ले तोके बमोजिमका शर्तहरू पालाना गर्ने गरी नगरपालिका तर्फको लागत रकम २ करोड ४५ लाख लगानी गर्न ईच्छक योग्यता पुगेका फर्म, कम्पनी, सामाजिक संस्था वा व्यक्तिले व्यहोर्ने रकम स्पष्ट खोली यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र निम्न बमोजिमको आयोजना तपसीलको शर्तको अधिनमा रही तोकिएको ढाँचामा लागत साझेदारी प्रतिवद्धता पेश गर्नुहुन यो सार्वजनिक सूचना जारी गरिएको छ । 

निम्न

  • आयोजनाको नामः रत्ननगर वाटर किङ्डम
  • आयोजना कार्यान्वयन स्थलः रत्ननगर नगरपालिका वडा नं. ८ स्थित ब्रम्हस्थान।
  • आयोजनाको कुल लागतः ७ करोड
  • साझेदार निकायः 1. स्कति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयः ४ करोड ५५ लाख 2. रत्ननगर नगरपालिकाः २ करोड ४५ लाख (लागत सहभागीताका लागि खुल्ला गरेको रकम)
  • आयोजना सुरु हुने आ.व. २०७७१७८ देखि । 
  • आयोजना निर्माण गर्ने निकायः रत्ननगर नगरपालिका । 
  • आवेदन पेश गर्न पर्ने अन्तिम अवधिः सुचना प्रकाशित मितिले ३१ औं दिन २०७८ जेष्ठ ९ गते दिनको १२:०० बजे भित्र । 
  • आयोजनाले ओगट्ने क्षेत्रफल: ४ बिगाहा २ कट्ठा

तपसिल 

  • साझेदार निकायको छनौट नगरपालिकाको सार्वजनिक-निजी साझेदारी योजना सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०७७ को दफा १५ का प्रस्तुत योजनासंग सम्बन्धित हुने आवश्यक उपदफाको अधिनमा गरिने छ । साझेदार निकाय आर्थिक अंश लगानी र संचालन प्रक्रियामा मात्र सहमती हुन पाउने छ ।साझेदार व्यक्ति वा संस्थाले यसैसाथ संलग्न लागत साझेदारी प्रतिवद्धता तथा संचालन र रेखदेख सहमती पत्रमा सहमती जनाउन पर्नेछ।
  • नगरपालिकाको प्राविधिक रेखदेखमा निर्माण हुने यस आयोजनाको निर्माण चरणमा साझेदार निकाय, यस नगरपालिकाको सार्वजनिक-निजी साझेदारी योजना सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०७७ को दफा ८ बमोजिमको सल्लाहकारको रूपमा रहने छ। 
  • साझेदार निकायसँग सहमती तथा सम्झौता यस नगरपालिकाको सार्वजनिक-निजी साझेदारी योजना सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०७७ को दफा १८ र १९ वमोजिम गरिने छ।
  • सहमती वा सम्झौतामा अन्य कुराका अतिरिक्त लगानी अंशका आधारमा आम्दानी रकमको बाँडफाँड हुनेछ।साझेदार निकायले संचालन तथा रेखदेखमा सहभागी भएको खण्डमा सोही वमोजिम सेवा शुल्क बाँडफाँड हुनेछ । 
  • नगरपालिकाको तर्फबाट लगानी गरिने रकम मध्ये पूर्ण वा अधिकतम सहभागीता जनाउने र आयोजना सम्पन्न पश्चात संचालन र रेखदेखमा सहभागी हने फर्म, कम्पनी, व्यक्ति वा संस्थालाई प्रथमिकता दिइने छ।
  • प्रतिवद्धता पत्र, रत्ननगर नगरपालिकाको सार्वजनिक निजी साझेदारी योजना संचालन तथा व्यवस्थापन निर्देशिका २०७७ र त्यस सम्बन्धी अन्य जानकारी रत्ननगर नगरपालिकाको Website : ratnanagarmun.gov.np मा राखिने छ।

प्रमुख प्रशासकिय अधिकृत


Search, Apply & Get Job: FREE