Newspaper Tender

Source: Kathmandu Post

एम्बुलेन्स आपूर्ति गर्ने कार्य

जोशीपुर गाउँपालिका 
गाउँ कार्यपालिकाको कार्यालय
जोशीपुर, कैलाली
सुदुरपश्चिम प्रदेश, नेपाल
एम्बुलेन्स खरिद सम्वन्धि सिलबन्दी दरभाउ पत्र आव्हानको सूचना
(प्रथम पटक प्रकाशित मिति : २०७७।०९।२२) 

यस कार्यालयलाई आवश्यक निम्न कार्य गर्न इच्छुक र इजाजत प्राप्त फम / कम्पनीले देहाय बमोजिमको शर्तहरुको अधिनमा रही रीतपूर्वकको सिलबन्दी दरभाउपत्र पेश गर्न हुन यो सूचना प्रकाशित गरिएको छ। 

1. सिलबन्दी दरभाउपत्र यो सूचना प्रकाशित भएको मितिदेखि तपशिलमा उल्लेख भए बमोजिमको मितिसम्म फर्म /संस्था/कम्पनीको लिखित निवेदन पेश गरी यस कार्यालयको एन.आई.सी. एसिया. बैंक, जोशीपुर शाखामा रहेको आन्तरिक राजश्व खाता नं १२३CA५३४९८७८१००३ मा तपशिल बमोजिमको दस्तुर बुझाई (फिर्ता नहुने गरी) सक्कलै भौचर पेश गरि कार्यालयको भण्डार शाखाबाट दरभाउ पत्र खरिद गर्न सकिने छ । 

2. सिलबन्दी दरभाउ पत्र तपशिलमा उल्लिखित मिति र समय भित्र यस कार्यालयको जिन्सी शाखामा सिलबन्दी गरी दर्ता गराई सक्नुपर्ने छ । सिलबन्दी दरभाउ पत्र बुझाँउदा सिलबन्दी गरी खामको बाहिर जोशीपुर गाउँपालिकालाई सम्वोधन गरी आफुले गर्न चाहेको कार्य सहित सम्वन्धित सिलबन्दी दरभाउ पत्र ठेक्का नं. समेत स्पष्टसँग उल्लेख गर्नुपर्ने छ। 

3. दर्ता हुन आएका सिलबन्दी दरभाउ पत्रहरु तपशिलमा उल्लेखित मिति र समयमा कार्यालयमा उपस्थित फर्म / कम्पनीका प्रतिनिधीहरुको रोहबरमा खोलिने छ । तर फर्म / कम्पनीको प्रतिनिधिहरु उपस्थित नभएमा पनि सिलबन्दी दरभाउपत्र खोल्न बाधा पर्ने छैन। 

4. सिलबन्दी दरभाउ पत्र जमानत बापत माथि उल्लेखित रकम बराबर यस कार्यालयको नाममा प्रचलित कानून बमोजिम बैंक ग्यारेन्टी जारी गर्न इजाजत प्राप्त बाणिज्य बैंकबाट जारी भएको बैंक ग्यारेन्टी वा यस कार्यालयको नाममा रहेको NIC ASIA जोशीपुर शाखाको धरौटी हि.नं. C341498781524001 मा जम्मा गरेको सक्कलै बैंक भौचर पेश गर्नु पर्ने छ । बैंक ग्यारेन्टीको हकमा सिलबन्दी दरभाउ पत्र दाखिला गर्ने अन्तिम मितिले ७५ दिन सम्मको मान्य अवधि भएको हुनुपर्ने छ ।

कार्यको विवरण: एम्बुलेन्स आपूर्ति गर्ने कार्य 

5. सिलबन्दी दरभाउ पत्रदाताको ग्राह्यताको आधार तथा त्यस्तो आधार प्रमाणित गर्न सिलबन्दी दरभाउ पत्रदाताले सिलबन्दी दरभाउ पत्रसाथ देहायका

कागजातहरुको प्रतिलिपी नोटरी क्लबद्वारा प्रमाणित गराई पेश गर्नुपर्ने छ: क) फर्म/संस्था/कम्पनी दर्ता प्रमाणपत्र ख) व्यवसाय दर्ताको इजाजत पत्र ग) मूल्य अभिबृद्धि कर र स्थायी लेखा नं. दर्ता प्रमाण पत्र घ) सिलबन्दी दरभाउ पत्रदाताले खरिद कारवाहीमा भाग लिन अयोग्य नभएको, प्रस्तावित खरिद कारवाहीमा स्वार्थ नबाझिएको र सम्वन्धित पेशा वा व्यवसाय सम्वन्धी कसुरमा आफुले सजाय नपाएको भनी लिखित रुपमा गरेको घोषणाको सक्कल प्रति ङ) आ.व. २०७६।०७७ सम्मको कर चुक्ता प्रमाण पत्रको प्रतिलिपी वा म्याद थप भएको पत्र च) सिलबन्दी दरभाउ पत्रदाता फर्म/कम्पनीको सक्कलै Power Of Attorney Letter समेत 

6. सिलबन्दी दरभाउ पत्र खरिद गर्ने र दर्ता गर्ने अन्तिम दिन सार्वजनिक बिदा पर्न गएमा सो कार्य भोलिपल्ट कार्यालय खुलेको दिन निर्धारित समय र स्थानमा गरिनेछ । यस्तो अवस्थामा बैंक ग्यारेन्टीको मान्य अवधिको गणना साविककै मितिबाट गरिनेछ। 

7. यसै सूचनाको बँदा नं ५ बमोजिमका कागजात संलग्न नभएको, विभिन्न शर्तहरु उल्लेख गरेको, सिलबन्दी दरभाउ पत्र दाताले उल्लेख गर्नुपर्ने विवरणहरु उल्लेख नगरेको र प्रचलित सार्वजनिक खरिद ऐन तथा सार्वजनिक खरिद नियमावली बमोजिम रीत नपुगी आएको सिलबन्दी दरभाउ पत्र उपर कुनै कारवाही गरिने छैन।

8. कुनै वा सबै सिलबन्दी दरभाउ पत्र ,पुरै वा आंशिक रुपमा स्वीकार गर्ने वा अस्वीकार गर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा निहित रहनेछ । 

9. यस सम्वन्धी थप कुराको जानकारी आवश्यक परेमा कार्यालय समय भित्र यस कार्यालयको भण्डार शाखामा सम्पर्क राख्न सकिनेछ ।

प्रमुख प्रशासकीय अधिकृत


Search, Apply & Get Job: FREE