Newspaper Tender

Source: Nagarik

आधारभुत तथा आकस्मिक सेवाका लागि औषधी खरिद

व्यास नगरपालिका 
नगर कार्यपालिकाको कार्यालय
दमौलीतनहूँ। 
आधारभुत तथा आकस्मिक सेवाका लागि औषधि खरिद सम्बन्धि शिलवन्दी दरभाउ पत्र आव्हानको सूचना
आ.ब. २०७७/०७८ 
प्रथम पटक प्रकाशीत मिति :२०७७/०८/१२
ठेक्का नं. १७/Health/०७७/०७८ 

यस कार्यालयको लागि आबश्यक विभिन्न अत्यावश्यक औषधिहरु शिलबन्दी दरभाउपत्र आव्हान गरि खरिद गर्नु पर्ने भएकाले सम्बन्धित कार्यको लागि ईजाजत प्राप्त ईच्छुक ब्यक्ति, फर्म तथा कम्पनीबाट यो सुचना प्रकाशित भएको मितिले १७ औं दिन भित्र कम्पनी/फर्मको चालु आ.ब. २०७७/०७८ मा नविकरण भएको ईजाजत प्रमाणपत्र, आयकर दर्ता प्रमाणपत्र,आ.ब.२०७६/०७७ को करचुक्ता प्रमाणपत्र, मु.अ. कर दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपिहरुका साथ रु. १० को टिकट टाँस गरी निवेदन पेश गरेमा रू.१,०००।-राजश्व शुल्क तिरी कार्यालय समय भित्र दरभाउपत्रदाता वा निजको आधिकारिक प्रतिनिधिले यस कार्यालयबाट दरभाउपत्र खरिद गर्न सक्नेछन् । साथै यस कार्यालयको राजश्व खाता पा.नं.ग १/१/०/१: ०६००३०००००१००१०००००१ मा रु. १०००।०० नगदै जम्मा गरेको बैंक भौचर सहित शिलबन्दी दरभाउपत्र फाराम PPMOS e-GP System :Www.bolparta.gov.np/egp डाउनलोड गरी Online मार्फत समेत पेश गर्न सकिने छ । साथै खरिद भएको दरभाउपत्र रीतपुर्वक भरी सूचना प्रकाशित भएको मितिले १८ औं दिन दिनको ठिक १२:०० बजे भित्र लाहाछाप लगाई शिलवन्दी दरभाउपत्र यस व्यास नगरपालिकाको कार्यलयमा दर्ता गराउनु पर्ने छ । बिधुतिय माध्यमबाट दरभाउपत्र दर्ता गर्नेको हकमा पनि सूचना प्रकाशित भएको मितिले १८ औं दिन दिनको ठिक १२:०० बजे भित्र सिष्टममा दर्ता गरिसक्नु पर्नेछ । अन्य बिस्तृत जानकारीको लागी यस कार्यलयको वेबसाईट Www.vyasmun.gov.np हेर्न र कार्यलयको फोन नं. ०६५-५६००३४ मा कार्यालय समय भित्र सम्पर्क गर्न सकिने छ ।

ठेक्का नं: १७/health/२०७७/०७८)
कामको विवरण: आधारभुत तथा आकस्मिक सेवाका लागि औषधी खरिद
दरभाउ दस्तुर (फिर्ता नहूने गरी):  १०००।००
जमानत रकम:  रु.५३,०००।०
कुल रकम (भ्याट समेत): १९,९७,९५१११३ 

प्रमुख प्रशासकीय अधिकृत


Search, Apply & Get Job: FREE