Newspaper Tender

Source: Kantipur

Tender Category : Consulting
Type : Bolpatra
Published Date : Apr 29, 2022
Deadline : May 30, 2022, noon
Type : Bolpatra
Views : 726

न्यूनतम दररेटमा क वर्गको राष्ट्रिय स्तरको दैनिक पत्रिका (देशभर पुग्ने) मा प्रकाशित गर्नुपर्ने

रत्ननगर नगरपालिका 
नगरकार्यपालिकाको कार्यालय
रत्ननगर, चितवन
बागमती प्रदेश, नेपाल 
सूचना प्रकाशनको लागि राष्ट्रिय स्तरमा शिलबन्दी बोलपत्र आह्वान गरिएको सूचना
RAT/CHITWAN/02/2078-079 (सूचना प्रविधि)
प्रथम पटक प्रकाशित मिति : २०७९/०१/१६ 

१. यस कार्यालयबाट प्रकाशित हुने सार्वजनिक खरिद तथा बोलपत्र आह्वान गर्दा प्रकाशित गरिने सूचनाहरु न्यूनतम दररेटमा क वर्गको राष्ट्रिय स्तरको दैनिक पत्रिका (देशभर पुग्ने) मा प्रकाशित गर्नुपर्ने भएकोले उक्त कार्य सिलबन्दी बोलपत्रद्धारा गर्नु परेकोले मिति २०७२।०१।१६ देखि मिति २०७२।०२।१५ गते सम्म (३० दिन भित्रमा) कार्यालय समय भित्र बोलपत्र फारम दस्तर रु १०००। (अक्षररुपी एक हजार मात्र पछि फिर्ता नहुने)) राष्ट्रिय वाणिज्य बैंक टाँडीमा रहेको आन्तरिक राजश्व खाता नं (ग१-१) १८३०१००३०१०१०००३ मा जम्मा गरि चालु आ.व को लागि नविकरण गरिएको फर्म दर्ता प्रमाणपत्र आयकर दर्ता तथा मु.अ.क. दर्ता प्रमाण पत्र, आ.व. २०७७/०७८ को करचुक्ता प्रमाणपत्र समेतको प्रमाणित प्रतिलिपि संलग्न गरी रु १० को टिकट टाँसी बोलपत्र फारम खरिद गर्न ईच्छुक फर्म, कम्पनी, तथा विज्ञापन एजेन्सीहरुलाई यो सुचना प्रकाशित गरिएको छ । बोलपत्र फारम रत्नननगर नगरकार्यपालिकाको कार्यालय, रत्ननगरमा निवेदन पेश गरि खरिद गर्न सकिनेछ। 

२. आर्थिक वर्ष २०७९।०८० को २०७९ श्रावण १ गते देखि २०८० असार मसान्तसम्म एकद्धार प्राणली (Onedoor System) मार्फत काठमाण्डौंबाट प्रकाशित हुने गोरखापत्र, नागरिक, राजधानी, अन्नपूर्ण, मध्यान्न, कारोवार, अभियान, कान्तिपुर र नयाँपत्रिका गरी ९ वटा राष्ट्रिय दैनिक पत्रिकाको भित्री पृष्ठ सादामा प्रकाशन हुने सूचनाको न्यूनतम दररेटमा प्रकाशित गर्ने ईच्छुक फर्म कम्पनी तथा विज्ञापन एजेन्सीहरुलाई यो सूचना प्रकाशित गरिएको छ। 

३. बोलपत्र फाराममा उल्लेखित राष्ट्रिय दैनिकको भित्री पृष्ठमा प्रकाशित हुने सूचना प्रति सि सि. न्यूनतम दररेटमा प्रकाशित गर्ने ईच्छुक फर्म कम्पनी तथा विज्ञापन एजेन्सीको बोलपत्र स्वीकृत गरिने छ । दफा २ मा उल्लेखित प्रत्येक राष्ट्रिय पत्रिकामा सूचना प्रकाशित गर्दा लाग्ने सि.सि. रकम भिन्दा भिन्दै उल्लेख गरी शिलबन्दी फाराम दर्ता गर्नुपर्ने छ। 

४. शिलबन्दी बोलपत्र पेश गर्दा यस कार्यालयको अधिकार प्राप्त अधिकारीको सही छाप नभएको, एउटाको नाममा खरिद गरी अर्कै नाममा दर्ता गरेको र कुनै पनि शर्त राखी पेश भएको बोलपत्र मान्य हुने छैन । 

५. मिति २०७९।०२।१६ गते दिनको १२:०० बजे भित्र आफैंले खरिद गरेको बोलपत्र रीतपूर्वक भरी शिलबन्दी गरी यस कार्यालयमा दर्ता गराइसक्नु पर्नेछ । दर्ता भएका बोलपत्रहरु सोही दिनको २:०० बजे बोलपत्रदाता वा निजको प्रतिनिधीको रोहवरमा यस कार्यालयमा खोलिने छ। बोलपत्रदाता वा निजको प्रतिनिधी उपस्थित नभए पनि बोलपत्र खोल्न बाधा पर्नेछैन । बोलपत्र बिक्री गर्ने र दाखिला गर्ने अन्तिम दिन बिदा पर्न गएमा सोको भोलिपल्ट कार्यालय खुलेको दिनलाई अन्तिम दिन मानिने छ । 

६. बोलपत्र पूर्ण वा आंशिक रुपमा स्वीकृत गर्ने वा नगर्ने अधिकार यस कार्यालयमा सुरक्षित रहनेछ। 

७. सार्वजनिक खरिद नियमावली २०६४ को नियम ४० ङ अनुसार बोलपत्रदाताले अयोग्य नभएको र व्यवसाय सम्बन्धी कसुरमा सजाय नपाएको भनि लिखित घोषणा भएको कागजात बोलपत्र साथ पेश गर्नु पर्नेछ । 

८. एक आपसमा मिलेमतो बोलपत्र दाखिला गरेको पाईएमा त्यस्तो बोलपत्र स्वीकृत गरिने छैन । 

९. बोलपत्रको प्रत्येक पानामा बोलपत्रदाताको आधिकारिक व्यक्तिको सही र छाप अनिवार्य रुपमा लागेको हुनु पर्नेछ । साथै बोलपत्रदाताले पेश गर्ने सम्पूर्ण प्रमाणपत्रहरु नवीकरण भएको हुनुपर्ने र नोटरी पब्लिकबाट अनिवार्यरुपमा प्रमाणित गराई पेश गर्नु पर्नेछ। 

१०. यस सूचनामा उल्लेख भएकोमा यसै अनुसार र अन्य कुराहरुको हकमा सार्वजनिक खरिद ऐन २०६३ संशोधन र सार्वजनिक खरिद नियमावली २०६४ तथा प्रचलित नेपाल कानून अनुसार हुनेछ । विस्तृत जानकारीको लागि रत्ननगर नगरपालिको कार्यालय, रत्ननगर, चितवनमा कार्यालय समयभित्र सूचना प्रविधि शाखामा सम्पर्क राख्न सकिनेछ ।


Search, Apply & Get Job: FREE