काठमाडौं, ललितपुर र काभ्रेपलाञ्चोक जिल्लाभर कार्यक्षेत्र रहेको यस संस्थाको मुख्य कार्यालय शंखमुल, वानेश्वरको लागि निम्न लिखित पदमा कर्मचारी आवश्यकता परेकोले इच्छुक, योग्यता पुगेका नेपाली नागरिकहरूबाट यो सूचना प्रकाशित भएको मिति २०७८ माघ १४ गते बाट ७ दिन भित्रमा निवेदन पेश गर्न यो सूचना प्रकाशन गरिएको छ ।