
नेपाल सरकारले आउँदो २०७९ सालको लागी सार्वजनिक बिदाको सूची बनाएको छ। गृहमन्त्रालयमार्फत् सार्वजनिक गरिएको बिदाको घोषणामा शनिबार बाहेक कुल ४३ दिन सार्वजनिक बिदाको प्रकाशित गरिएको छ।
बैशाखदेखि चैतसम्म सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि हुने सार्वजनिक बिदाहरुको सूची यस प्रकार छ।
वर्षभरीमा ५२ वटा शनिबार सार्वजनिक बिदा हुनेछ।
मुलुकभरि सार्वजनिक बिदाहुने पर्वहरु नव वर्ष बैशाख १ गते (बिहीबार); राई, लिम्बु, याक्खा, सुनुवार, लगायतका किराँत समुदायको उभौली पर्व जेठ २ गते (सोमबार); रक्षाबन्धन साउन २७ गते (शुक्रबार); श्रीकृष्ण जन्माष्टमी भदौ ३ गते (शुक्रबार); घटस्थापना असोज १० गते (सोमबार); छठ कात्तिक १३ गते (आइतबार) परेको छ।
असोज १६ देखि असोज २१ गतेसम्म (आइतबार - शुक्रबार) बडा दशैंको बिदा छ। त्यस्तै तिहार बिदा कात्तिक ७ गतेदेखि ११ गतेसम्म (सोमबार - शुक्रबार) ४ दिन हुनेछ।
त्यस्तै किराँत समुदायको उभौली पर्व, योमरी पुन्हि ज्यापू दिवश मंसिर २२ गते (बिहीबार), इसाई धर्मावलम्बीहरुको पर्व/क्रिसमस डे पुस १० गते (आइतबार), तमु ल्होसार पुस १५ गते ( शुक्रबार), माघेसङ्क्रान्ति माघ १ गते (आइतबार), सोनाम ल्होसार माघ ८ गते (आइतबार), महाशिवरात्री फागुन ६ गते (शनिबार), हिमाली अधिवासी जनजातीहरुले मनाउने ग्याल्पो ल्होसार फागुन ९ गते (मंगलबार) परेको छ।
यस पटक इस्लाम धर्मावलम्बीहरुको पर्व बकर ईद (ईद उल अजहा) र (ईद उल फित्र ) दिन पनि बिदा दिएको छ।
त्यस्तै फागुपूर्णिमा, हिमाली र पहाडी जिल्लालगायत ५६ जिल्लाहरुमा फागुन २२ गते (सोमबार) तथा देहायका तराई जिल्लाहरुमा फागुन २३ गते (मंगलबार) बिदा दिने व्यवस्था गरिएको छ।
यसबाहेक, काठमाडौं उपत्यकामा गाईजात्रा साउन २७ गते (शुक्रबार) , इन्द्रजात्रा भदौ २४ गते (शुक्रबार) , घोडेजात्रा चैत ७ गते (मंगलबार) र मछिन्द्रनाथको भोटो देखाउन जात्राका दिन बिदा हुनेछ।
हरितालिका तीजमा भदौ १४ गते (मंगलबार) महिलालाई बिदा दिइनेछ । जितिय पर्व असोज २ गते (शनिबार) जितिय पर्व मनाउने महिलाहरुलाइ बिदा दिएको छ।
त्यस्तै, गौरा पर्व भदौ १८ गते (शनिबार), मोहम्मद जयन्ती को दिन र झापा, मोरंग, सुनसरी, सिराहा र सप्तरी जिल्लाहरुमा सिरुवा पूर्णिमा को दिन बिदा छ।
वसन्त पञ्चमीमा माघ १२ गते शिक्षण संस्थाहरु लागि मात्र बिदा हुनेछ।
मुलुकभरी सबैलाई हुने सर्वजनिक दिवस बिदाहरु विश्वव मजदुर दिवस वैशाख १८ गते (आइतबार), गणतन्त्र दिवस जेठ १५ गते (आइतबार), संविधान दिवस असोज ३ गते (सोमबार), राष्ट्रिय प्रजातन्त्र दिवस फागुन ७ गते (आइतबार), महिला दिवस फागुन २४ गते रहेका छन्।
अपाङ्गता भएका सम्पूर्ण कर्मचारीहरुलाई अपाङ्ग दिवस मंसिर १७ गते (शनिबार) बिदा दिने व्यवस्था गरिएको छ।
फाल्गुनन्दको जन्मजयन्ती कात्तिक २५ गते (शुक्रबार) र गुरु नानकको जयन्तीका दिन कात्तिक २२ गते (मंगलबार) धर्मका कर्मचारीलाई बिदा दिइनेछ।
बुद्ध जयन्ती जेठ २ गते (सोमबार) बिदा दिइनेछ।
जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस जेठ २१ गते (शनिबार) , निजामति सेवा दिवस भदौ २२ गते (बुधबार), राष्ट्रिय एकता दिवस पुस २७ गते (बुधबार) , शहीद दिवस माघ १६ गते (सोमबार)लाई राष्ट्रिय दिवसको रुपमा मनाइने भए पनि सार्वजनिक बिदा भने दिइने छैन।
बैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय १० बजेदेखि ५ बजेसम्म हुने र कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म १० बजेदेखि ४ बजेसम्म हुनेछ । शुक्रबारको दिन ३ बजेसम्ममात्रै कार्यालय खुल्नेछ।
.png)
Recommended

HR Insider
105th edition HR Kurakani: Workplace Harassment HR's role in Prevention and Response
Jul 06, 2026

Jul 09, 2026

May 15, 2026