ISAP - Institution for Suitable Actions for Prosperity

Agriculture Technician (कृषि प्राविधिक)

ISAP - Institution for Suitable Actions for Prosperity

Agriculture Technician (कृषि प्राविधिक)

समृद्धिका लागि यथायोग्य कार्य संस्था (ISAP) समुदायमा उध्यमशिलाताको विकास र सोको लागी आवश्यक भौतिक पूर्वआधार निर्माण गर्न समुदायलाई सहयोग गर्ने र समुदायको ज्ञान, सिप र क्षेमतालाई अभिबृद्दी गर्न सहयोग गर्ने उद्देश्यका साथ सन्. २०१३ मा स्थापना भएको एक गैर सरकारी संस्था हो l

समृद्धिका लागि यथायोग्य कार्य संस्था (ISAP) ले हाल कृषि विकासका लागि तिन ओटा आयोजना संचालन गरिरहेको छ l २०१५ को भूकम्पबाट प्रभावित स्थानियहरुलाई खानेपानीको पहुच सुधार गरी आयमूलक कार्यमा संलग्न गराउदै व्यवसायीक तरकारी खेती र बजारीकरण मार्फत उनीहरुको आयमा सुधार ल्याउने उद्देश्य लिई समृद्धिका लागि यथायोग्य कार्य संस्था (ISAP) र पिस उइन्डस् जापान (PWJ) द्धारा संयुक्त रुपमा जापानको परराष्ट्र मन्त्रालयको आर्थिक सहयोगमा "खानेपानी पाहुच तथा कृषि आय सुधार आयोजना (PIWAAI)" संचालन गर्ने भएको छ l त्यसै गरि साना किसान आय सुधार आयोजना (साफी) ले हाल दोलालघाट-चौतारा सडक खण्डको ४७७ घरधुरीका कृषकहरुको तरकारी खेति र बजारीकरण मार्फत आय सुधार गर्ने कार्य गर्दै आएको छ l तेस्रो आयोजना भनेको समृद्धिका लागि यथायोग्य कार्य संस्था (ISAP) ले विजय लघुवित्त वित्तीय संस्था लिमिटेड (VLBS) संगको साझेदारीमा १०० जना VLBS का साना कर्जा लिने व्यक्तिहरुका लागि ताजा तरकारी उत्पादन र माछा पालनका लागि प्राविधिक तालिम र सल्लाह सुझाफ प्रदान गर्नेछ l

थप जानकारीको लागि हाम्रो वेबसाइट हेर्नुहोस्: www.isap.org.np

समृद्धिका लागि यथायोग्य कार्य संस्था (ISAP) समुदायमा उध्यमशिलाताको विकास र सोको लागी आवश्यक भौतिक पूर्वआधार निर्माण गर्न समुदायलाई सहयोग गर्ने र समुदायको ज्ञान, सिप र क्षेमतालाई अभिबृद्दी गर्न सहयोग गर्ने उद्देश्यका साथ सन्. २०१३ मा स्थापना भएको एक गैर सरकारी संस्था हो l

समृद्धिका लागि यथायोग्य कार्य संस्था (ISAP) ले हाल कृषि विकासका लागि तिन ओटा आयोजना संचालन गरिरहेको छ l २०१५ को भूकम्पबाट …

Agriculture Technician (कृषि प्राविधिक)

Views: 1088 | This job is expired 4 years, 2 months ago

कामको विवरण

समृद्धिका लागि यथायोग्य कार्य संस्था (ISAP) ले हाल बाग्लुङ्ग बजार, मेलम्ची नगरपालिका र सुनकोशी गाँउपालिकाका लागि गरि तिन जना कृषि प्राविधिक खोजी गर्दै छ l उम्मेद्वारले कम्तीमा पनि ISc. Ag गरि एक वर्ष सोहि क्षेत्रमा अनुभव भएको वा जे.टि.ए. सरह अध्यन गरि तिन वर्ष सोहि क्षेत्रमा अनुभव भएको हुनु पर्नेछ l त्यसै गरि उम्मेद्वार संग राम्रो पारस्परिक कौशलता भएको र समुदायमा गई प्रभावकारी रुपमा काम गर्न सक्ने तथा कार्यालयका सम्पूर्ण कर्मचारीहरु संग समन्वय गरि अघि बढ्न सक्ने क्षेमता हुनु पर्नेछ l सामान्य कम्प्यूटर शिप तथा दुई पाङ्ग्रे सवारीसाधनको लाइसेन्स भएको र कार्य क्षेत्रमा रही निरन्तर काम गर्न सक्ने व्यक्तिलाई बढी प्राथमिकता दिइने छ l

भूमिका र जिम्मेवारीहरु

  • कृषि संयोजकलाई कृषिको बिस्तृत कार्य योजना बनाउन सहयोग गर्ने l
  • सामाजिक परिचालक र समुदायलाई समूह गठन, परिचालन र खटाईएको क्षेत्रको कृषि सब प्रोजेक्टको कार्यहरु कार्यान्वयन गर्न सहयोग गर्ने l
  • कृषि तथा बजारीकरण सम्बन्धि तालिम, गोष्ठी र अभिमुखीकरण कार्यक्रमहरु संचालन गर्ने l  
  • समुदाय, सामाजिक परिचालक र अन्य सरोकारवालाहरुलाई कृषि र बजारीकरणमा एककृत गर्न सहयोग गर्ने l
  • नियमित फिल्ड अवलोकन गरि लाभाम्बित वर्गहरुलाई प्राविधिक सहयोग र सुझाब प्रदान गर्ने l
  • कृषि संयोजकलाई आवश्यकता अनुसार बिभिन्न सरोकारवालाहरु संग संयुक्त अनुगमन बैठकहरु संचालन गर्न सहयोग गर्ने l
  • कृषि संयोजकलाई बिभिन्न डाटाबेस, सफलताका कथा र प्रतिवेदन तयार पार्ने सहयोग गर्ने l
  • आयोजनाका सबै संग नजिक रही योजना, कार्यान्वयन, अनुगमन र प्रतिवेदनका कार्यहरु गर्ने l
  • आगन्तुक/पाहुनाहरु र दात्रि संस्थाका प्रतिनिधिहरु तथा अन्य सरोकारवालाहरुको भ्रमणको आवश्यकता अनुसार प्रबन्ध गर्ने l
  • कार्य क्षेत्रका नगरपालिका, सेवा केन्द्र तथा लाईन एजेन्सीका व्यक्तिहरु संग बलियो सम्बन्ध कायम गर्ने l

आवश्यक सिप तथा योग्यताहरु

  • इच्छुक व्यक्तिहरुले मान्यता प्राप्त शिक्षण संस्थाबाट Isc. Ag / JTA ( वाली विज्ञान) उतिर्ण गरि Isc. Ag को लागि एक वर्ष अनुभव भएको र JTA को लागि ३ वर्ष सोहि क्षेत्रमा अनुभव भएको हुनु पर्नेछ l
  • राम्रो पारस्परिक कौशलता भएको र समुदायमा बसी प्रभावकारी रुपमा सब प्रोजेक्टका कर्मचारीहरु संग समन्यवय गरि काम गर्न सक्ने l
  • सामान्य कम्प्यूटर सिप तथा दुई पाङ्ग्रे सवारीसाधनको लाइसेन्स भएको र कार्य क्षेत्रमा रही निरन्तर काम गर्न सक्ने व्यक्तिलाई बढी प्राथमिकता दिइने छ l

This job has expired.

Recommended Jobs

Job Action

job_detail_page
Search, Apply & Get Job: FREE