Similar JobsPowered by Merojob AI

Deadline: Nov 17, 2026

Deadline: Nov 26, 2026

Deadline: Nov 16, 2026
रोल्पा अस्पताल
Source: Naya Yugbodh National Daily
Job Summary
Job Description
Roles and responsibilities of this job

लुम्बिनी प्रदेश सरकार
स्वास्थ्य निर्देशनालय
रोल्पा अस्पताल
रेउघा, रोल्पा
स्वास्थ्य मन्त्रालय
(प्रथम पटक सूचना प्रकाशित मिति: २०८३/०७/१८ गते)
यस रोल्पा अस्पताल, रोल्पाका लागि स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेशबाट स्वीकृत दरबन्दीअन्तर्गत तपसिलबमोजिमका पदहरूमा करार कर्मचारी व्यवस्थापन कार्यविधि (संशोधनसहित), २०८० बमोजिम कर्मचारी पदपूर्ति गर्नुपर्ने भएकोले मिति २०८४ असार मसान्तसम्मका लागि देहायबमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र रीतपूर्वक दरखास्त पेस गर्न यो सूचना प्रकाशित गरिएको छ। रीत नपुगेका दरखास्तउपर कुनै कारबाही गरिने छैन।
१. विज्ञापन नं: २०८३/०८४-४
न्यूनतम शैक्षिक योग्यता: मान्यताप्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ। विदेशी शिक्षण संस्थाबाट उत्तीर्ण गरेको भए समकक्षताको प्रमाणपत्रको प्रतिलिपि अनिवार्य रूपमा पेस गर्नुपर्नेछ।
२. दरखास्त बुझाउने विधि र स्थान: दरखास्त रोल्पा अस्पताल, रेउघा, रोल्पाको प्रशासन शाखामा पेस गर्नुपर्नेछ।
३. दरखास्तसाथ संलग्न गर्नुपर्ने कागजातहरू:
उम्मेदवारले दरखास्तसाथ देहायका कागजातहरू संलग्न गर्नुपर्नेछ:
पेस गरिएका कागजातहरूको प्रतिलिपिको पछाडिपट्टि उम्मेदवार स्वयंले प्रमाणित गरेको हुनुपर्नेछ।
४. दरखास्त दस्तुर: दरखास्त दस्तुर रु. १,२००/- (अक्षरेपी एक हजार दुई सय रुपैयाँ मात्र) लाग्नेछ।
५. दरखास्त दिने अन्तिम मिति: २०८३/०८/०२ गते कार्यालय समयभित्र दरखास्त पेस गर्नुपर्नेछ। उक्त दिन सार्वजनिक बिदा परेमा सोको भोलिपल्ट कार्यालय समयभित्र दरखास्त पेस गर्न सकिनेछ।
६. छनोटको आधार र स्थान: करार कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि, २०८० बमोजिम स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेशबाट उम्मेदवार छनोट गरिनेछ।
छनोट हुने स्थान: स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेश।
७. सम्पर्क मिति र स्थान: दरखास्त पेस गर्ने अन्तिम मितिको भोलिपल्ट सम्पर्क गर्नुपर्नेछ।
सम्पर्क स्थान: रोल्पा अस्पताल, रेउघा, रोल्पा।
८. उम्मेदवारको उमेर हद: उम्मेदवारको उमेर १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ।
९. अन्य व्यवस्था : यस सूचनामा उल्लेख नभएका अन्य विषयहरू प्रचलित कानुनबमोजिम हुनेछ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Nov 18, 2026
About the organization

Hospital / Clinic / Diagnostic Centre