Similar JobsPowered by Merojob AI

Deadline: Oct 09, 2026

Deadline: Oct 09, 2026
भोजपुर जिल्ला अस्पताल
Source: Gorkhapatra
Job Description
Roles and responsibilities of this job

प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय
जिल्ला अस्पताल, भोजपुर
कोशी प्रदेश, भोजपुर, नेपाल
यस जिल्ला अस्पतालका लागि तपसिलबमोजिमका पदमा कर्मचारीहरू खुला प्रतिस्पर्धाबाट करार सेवामा नियुक्ति गर्नुपर्ने भएकाले न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त पेश गर्न आह्वान गरिन्छ।
१. विज्ञापन नं. ०१/०८३/०८४
पद: बायोमेडिकल टेक्निसियन
तह: सहायक पाँचौँ
सेवा: प्रदेश करार
माग संख्या: १ (एक)
न्यूनतम शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट बायोमेडिकल इन्जिनियरिङ विषयमा प्रमाणपत्र तह उत्तीर्ण भएको हुनुपर्नेछ।
दरखास्त दस्तुर: रु. ५००/-
२. विज्ञापन नं. ०२/०८३/०८४
पद: फार्मेसी सुपरभाइजर
तह: सहायक पाँचौँ
सेवा: प्रदेश करार
माग संख्या: १ (एक)
न्यूनतम शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट फार्मेसी विषयमा प्रमाणपत्र तह उत्तीर्ण गरी नेपाल फार्मेसी परिषद्मा नाम दर्ता तथा नवीकरण भएको हुनुपर्नेछ।
दरखास्त दस्तुर: रु. ५००/-
३. विज्ञापन नं. ०३/०८३/०८४
पद: एनेस्थेसिया असिस्टेन्ट
तह: सहायक पाँचौँ
सेवा: प्रदेश करार
माग संख्या: १ (एक)
न्यूनतम शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट स्टाफ नर्स वा एनेस्थेसिया असिस्टेन्ट उत्तीर्ण गरी एनेस्थेसिया असिस्टेन्टको १ वर्षको तालिम प्राप्त गरेको तथा सम्बन्धित व्यावसायिक परिषद्मा नाम दर्ता तथा नवीकरण भएको हुनुपर्नेछ।
दरखास्त दस्तुर: रु. ७००/-
दरखास्त सम्बन्धी विवरण:
दरखास्त दस्तुर एवं दरखास्त बुझाउने स्थान: दरखास्त फाराम खरिद गर्न तथा दस्तुर बुझाउन प्रदेश लेखा एकाइ कार्यालय (TS.A), भोजपुरमा सम्पर्क गर्नुपर्नेछ। दरखास्त दस्तुर कार्यालय कोड ३७००२०७०१९, राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नं. १०००१००२०००१००००, कार्यालयको नाम जिल्ला अस्पताल भोजपुर, राजस्व शीर्षक १४२२४ मा विज्ञापनअनुसारको रकम जम्मा गरी जम्मा गरेको दुई प्रति भौचर पेश गर्नुपर्नेछ।
उम्मेदवारको उमेर हद: २०८३/०६/२७ गतेसम्म १८ वर्ष उमेर पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ। महिला तथा अपाङ्ग उम्मेदवारको हकमा ४० वर्ष ननाघेको र स्वास्थ्य सेवाको हकमा १८ वर्ष उमेर पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ।
पदमा रही गर्नुपर्ने कामको विवरण: सम्बन्धित सेवा तथा समूहसँग सम्बन्धित कार्यहरू गर्नुपर्नेछ।
सेवा सुविधा: नेपाल सरकारको नियमानुसार हुनेछ।
सेवा करार अवधि: करार सम्झौतामा उल्लेख भएबमोजिम हुनेछ। उक्त पदमा लोकसेवाबाट सिफारिस भई वा अन्य कार्यालयबाट सरुवा भई स्थायी पदपूर्ति भएको अवस्थामा सेवा करार स्वतः समाप्त हुनेछ।
उम्मेदवारले पेश गर्नुपर्ने कागजातहरू:
थप जानकारीका लागि: सूचनासम्बन्धी विस्तृत जानकारीका लागि कार्यालय समयभित्र जिल्ला अस्पताल, भोजपुरमा सम्पर्क गर्न सकिनेछ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Oct 13, 2026
About the organization

Hospital / Clinic / Diagnostic Centre