Similar JobsPowered by Merojob AI

Deadline: Oct 09, 2026

Deadline: Oct 12, 2026

Deadline: Oct 12, 2026
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल विकास समिति
Source: Gorkhapatra
Ai Job Summary
Job Description
Roles and responsibilities of this job

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल विकास समिति
थापाथली, काठमाडौं
(प्रकाशित मिति: २०८३।०६।०९)
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा देहायबमोजिम कर्मचारी करार सेवामा पदपूर्ति गर्नुपर्ने भएकाले तोकिएको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले सूचना प्रकाशित भएको मितिले २१ (एक्काइस) दिनभित्र पासपोर्ट साइजको फोटो टाँसी, तोकिएको दरखास्त फाराम भरी अस्पताल प्रशासन शाखामा दर्ता गराउनुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
पद सम्बन्धी विवरण:
पद: स्टाफ नर्स
तह: पाँचौँ
सेवा: स्वास्थ्य
माग संख्या: १५ जना
परीक्षाको किसिम: लिखित तथा अन्तर्वार्ता
आवश्यक न्यूनतम योग्यता: मान्यताप्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रमाणपत्र तह उत्तीर्ण गरी सम्बन्धित परिषद्मा दर्ता भएको हुनुपर्नेछ।
दरखास्त सम्बन्धी विवरण:
१. दरखास्त दिने स्थान: परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, प्रशासन शाखा।
२. दरखास्त दिने मिति: प्रथम पटक सूचना प्रकाशित भएको मितिले २१ (एक्काइस) दिनभित्र अर्थात् २०८३।०६।२९ गते दिनको ३:०० बजेसम्म।
३. उमेर हद: १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ।
४. दरखास्त फाराम: दरखास्त फाराम अस्पतालको प्रशासन शाखाबाट प्राप्त गर्न सकिनेछ।
५. दरखास्त साथ संलग्न गर्नुपर्ने कागजातहरू:
६. दरखास्त फाराम शुल्क: रु. ६००।– (छ सय रुपैयाँ मात्र) अस्पतालको नगद काउन्टरमा जम्मा गरी दरखास्त साथ सक्कल भौचर पेश गर्नुपर्नेछ।
७. परीक्षा मिति: परीक्षा मिति दरखास्त दिने अन्तिम मितिसम्म अस्पतालको आधिकारिक वेबसाइट https://pmwh.gov.np/ तथा आधिकारिक Facebook Page मा प्रकाशित गरिनेछ।
नोट: आ.व. २०८३/०८४ का लागि अस्पतालमा आवश्यक पर्ने स्टाफ नर्स (सहायक पाँचौँ तह) को जनशक्ति यसै विज्ञापनबमोजिम सञ्चालन हुने परीक्षाबाट छनोट भई प्रतीक्षा सूचीमा परेका उम्मेदवारहरूको नामावलीअनुसार क्रमशः पदपूर्ति गरिनेछ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Oct 15, 2026
About the organization

Hospital / Clinic / Diagnostic Centre