Similar JobsPowered by Merojob AI

Deadline: Oct 09, 2026
कलैया उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय
Source: Nepal Samacharpatra
Job Description
Roles and responsibilities of this job

कलैया उपमहानगरपालिका
नगर कार्यपालिकाको कार्यालय
मधेश प्रदेश, कलैया, बारा, नेपाल
(प्रथम पटक प्रकाशित मिति: २०८३/०६/०८)
यस कलैया उपमहानगरपालिकाको लागि देहायबमोजिमको पदमा सेवा करारमा कर्मचारी पदपूर्ति गर्नुपर्ने भएकोले तोकिएको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र कार्यालय समयभित्र रीतपूर्वक दरखास्त फाराम पेश गर्न आह्वान गरिन्छ। दरखास्त फाराम यस कार्यालयबाट कार्यालय समयमा प्राप्त गर्न सकिनेछ।
विज्ञापनसम्बन्धी विवरण:
विज्ञापन नं: ०२/०८३/०८४
पद: कानुन अधिकृत
तह: छैटौं
संख्या: १ जना
न्यूनतम योग्यता, अनुभव तथा सीप:
कार्य अवधि: सेवा अवधि २०८४ साल असार मसान्तसम्म रहनेछ। तर आवश्यकता, स्रोत व्यवस्थापन तथा कार्यसम्पादनको आधारमा करार अवधि थप गर्न सकिनेछ।
पाठ्यक्रम: लोक सेवा आयोगको पाठ्यक्रमअनुसार हुनेछ।
परीक्षाको किसिम: उम्मेदवारहरूको छनोट लिखित परीक्षा तथा अन्तर्वार्ताबाट गरिनेछ।
आवेदन दस्तुर: अधिकृत स्तरका लागि रु. १,५००/- (अक्षरेपी: एक हजार पाँच सय रुपैयाँ मात्र)।
तलब तथा सुविधा: नियमानुसार हुनेछ।
पेश गर्नुपर्ने कागजातहरू:
दरखास्त फारामका साथ देहायका कागजातहरू पेश गर्नुपर्नेछ:
१. नेपाली नागरिकताको प्रमाणपत्रको स्वप्रमाणित प्रतिलिपि।
२. समकक्षता आवश्यक पर्ने भए सोको स्वप्रमाणित प्रतिलिपि।
३. शैक्षिक योग्यताको प्रमाणपत्रको स्वप्रमाणित प्रतिलिपि।
४. रीतपूर्वक भरिएको दरखास्त फाराम।
५. पासपोर्ट साइजको फोटो ३ प्रति।
दरखास्त फाराम कार्यालयबाट तथा कार्यालयको वेबसाइटबाट समेत प्राप्त गर्न सकिनेछ।
परीक्षा सम्बन्धी सूचना परीक्षा मिति पछि प्रकाशन गरिनेछ।
दरखास्त दिने अन्तिम मिति: सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिनभित्र कार्यालय समयसम्म दरखास्त पेश गर्नुपर्नेछ।
यदि दरखास्त दिने अन्तिम दिन सार्वजनिक बिदा पर्न गएमा त्यसको भोलिपल्ट कार्यालय खुलेको दिनको कार्यालय समयभित्र दरखास्त पेश गर्न सकिनेछ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Oct 09, 2026
About the organization

Government Organization