एक प्रतिष्ठित लघुवित्त वित्तीय संस्था
नेपाल राष्ट्र बैंकबाट "घ" वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको एक प्रतिष्ठित लघुवित्त वित्तीय संस्थामा तपसिल बमोजिमका पदहरूमा स्थायी रूपमा पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक तथा योग्य उम्मेदवारहरूबाट आवेदन आह्वान गरिएको छ।
१. विभागीय प्रमुख/सहायक (जोखिम व्यवस्थापन/वित्त/आन्तरिक लेखा परीक्षण विभाग)
श्रेणी: व्यवस्थापकीय/अधिकृत/सहायक
संख्या: केही
योग्यता:
(क) व्यवस्थापकीय श्रेणी
- मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर तह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा कम्तीमा ५ वर्षको कार्यानुभव भएको, वा
- मान्यता प्राप्त शिक्षण संस्थाबाट चार्टर्ड एकाउन्टेन्ट (CA/ACCA) उत्तीर्ण गरेको, वा
- स्नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा कम्तीमा २ वर्षको कार्यानुभव भएको।
(ख) अधिकृत श्रेणी
- मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा कम्तीमा २ वर्षको कार्यानुभव भएको, वा
- CA/ACCA उत्तीर्ण गरेको, वा
- CAP-II/IPCC Level (Semi Qualified CA) उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा २ वर्षको कार्यानुभव भएको।
(ग) सहायक श्रेणी
- मान्यता प्राप्त विश्वविद्यालयबाट प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरी संगठित संस्थामा कम्तीमा १ वर्षको कार्यानुभव भएको, वा
CAP-I/IPCC Level (Semi Qualified CA) उत्तीर्ण भएको।
२. विभागीय प्रमुख/सहायक (सूचना प्रविधि विभाग)
श्रेणी: व्यवस्थापकीय/अधिकृत/सहायक
संख्या: केही
योग्यता:
(क) व्यवस्थापकीय श्रेणी
- Computer Engineering, Computer Science, IT वा MIS विषयमा स्नातक वा सो सरह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा ७ वर्षको कार्यानुभव भएको।
- स्नातकोत्तर तह उत्तीर्ण गरेकालाई विशेष प्राथमिकता दिइनेछ।
(ख) अधिकृत श्रेणी
- Computer Engineering, Computer Science, IT वा MIS विषयमा स्नातक वा सो सरह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा २ वर्षको कार्यानुभव भएको।
- Hardware/Software Troubleshooting, Networking (Switch, Firewall, SAN/NAS), Database, SQL, Infrastructure Handling, Core Banking System, Linux/Windows Administration, Graphic तथा Website Design सम्बन्धी अनुभव भएकालाई प्राथमिकता दिइनेछ।
(ग) सहायक श्रेणी
- Computer Science/IT विषयमा प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण भई सम्बन्धित क्षेत्रमा कम्तीमा १ वर्षको कार्यानुभव भएकालाई प्राथमिकता दिइनेछ।
३. प्रदेश प्रमुख/अनुगमन अधिकृत
श्रेणी: अधिकृत
संख्या: केही
योग्यता:
(क) प्रदेश प्रमुख
- मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा कम्तीमा ५ वर्षको अनुगमन सम्बन्धी कार्यानुभव भएको।
- बैंक तथा वित्तीय संस्थामा प्रदेश प्रमुखको रूपमा कार्य गरेको अनुभव भएकालाई विशेष प्राथमिकता दिइनेछ।
(ख) अनुगमन अधिकृत
- मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा शाखा प्रमुखको रूपमा २ वर्षको कार्यानुभव भएको, वा
- प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरी लघुवित्त वित्तीय संस्थामा शाखा प्रमुखको रूपमा ५ वर्षको कार्यानुभव भएको।
- बैंक तथा वित्तीय संस्थामा अनुगमन सम्बन्धी कार्यानुभव भएकालाई विशेष प्राथमिकता दिइनेछ।
४. शाखा प्रमुख
श्रेणी: अधिकृत/सहायक
संख्या: केही
योग्यता:
(क) अधिकृत श्रेणी
- मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गरी लघुवित्त वित्तीय संस्थामा सुपरभाइजर वा वरिष्ठ सहायक पदमा रही कम्तीमा ३ वर्षको कार्यानुभव भएको।
(ख) सहायक श्रेणी (सुपरभाइजर/वरिष्ठ सहायक)
- मान्यता प्राप्त विश्वविद्यालयबाट प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरी लघुवित्त वित्तीय संस्थामा कम्तीमा २ वर्षको कार्यानुभव भएको।
शाखा प्रमुखको रूपमा कार्य गरेको अनुभव भएकालाई विशेष प्राथमिकता दिइनेछ।
५. फिल्ड सहायक
श्रेणी: सहायक/कनिष्ठ सहायक/प्रशिक्षार्थी सहायक
संख्या: केही
योग्यता:
(क) सहायक
- प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा कम्तीमा २ वर्षको कार्यानुभव भएको।
(ख) कनिष्ठ सहायक
- SEE वा सो सरह उत्तीर्ण गरी लघुवित्त वित्तीय संस्थामा कम्तीमा १ वर्षको कार्यानुभव भएको।
(ग) प्रशिक्षार्थी सहायक
- कम्तीमा SEE वा सो सरह उत्तीर्ण भएको।
उमेर सीमा:
- व्यवस्थापकीय श्रेणी: २१ वर्ष पूरा भई ५० वर्ष ननाघेको।
- अधिकृत श्रेणी: २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको।
- सहायक श्रेणी: १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको।
महिला उम्मेदवारको हकमा माथिल्लो उमेर सीमामा ५ वर्ष थप हुनेछ।
छनोट प्रक्रिया:
- छोटो सूची (Shortlisting)
- लिखित परीक्षा
- प्रयोगात्मक परीक्षा
- अन्तर्वार्ता
आवश्यकता अनुसार माथिका कुनै एक वा सबै चरण सञ्चालन गरिनेछ।
अन्य:
- सवारी चालक अनुमतिपत्र (Driving License) भएका उम्मेदवारलाई प्राथमिकता दिइनेछ।
- कर्मचारी आवश्यकतासम्बन्धी यो विज्ञापन आंशिक वा पूर्ण रूपमा रद्द गर्ने अधिकार सम्बन्धित वित्तीय संस्थामा सुरक्षित रहनेछ।