माली

माली

Views: 1160 | This job is expired 9 months, 2 weeks ago

Basic Job Information

Job Category : Others
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Apply Before(Deadline) : Feb. 21, 2024 00:00 (9 months, 2 weeks ago)

Job Specification

Experience Required : Not Required

माली

Embassy of Switzerland

नेपालमा स्विट्जरल्याण्डले सन् १९५९ देखी आफ्‌नो विकास सहयोगमार्फत कार्य गर्दै आएको छ। सन् २००९ बाट नेपालमा स्वीस राजदुतावासको स्थापना भए पछि स्विट्जरल्याण्डको सहयोग संघीयताको कार्यान्वयन, रोजगारी र आयआर्जनका साथै सुरक्षित आप्रवासनमा निरन्तर केन्द्रित रहि आएको छ। स्विट्जरल्याण्ड नेपालको संघीय, प्रादेशिक र स्थानीयतहमा सामाजिक, आर्थिक विकास र संघीयताको कार्यान्वयनमा सहयोग गर्न प्रतिबद्ध छ ।

पद: माली  (४ वर्षको निश्चित अवधिको सम्झौता अवधि थप हुने सम्भावना)


राजदुतावासको सप्रोट टिमको सदस्यको हैसियतमा मालीले राजदूतावास परिसरमा बगैचाको रेखदेख गर्नुका साथै कार्यालयले खटाए बमोजिम अन्य काममा पनि मद्दत गर्नेछ । मालीले राजदुताबास सप्रोट टिमको कामलाई प्रभावकारी बनाउन लगनशीलता र प्रतिबद्धताका साथ सहयोग गर्नु पर्नेछ ।

मालीले राजदुतावास परिसरमा हप्ताको पांच दिन काम गर्नेछ र निम्न कार्यहरु गर्नेछ:

  • राजदुतावास परिसर, भवन र बगैंचामा सबै बिरुवाहरूको हेरचाह गर्ने; बगैचा र वरपरको क्षेत्र र बाहिरी मुख्य गेट वरपर सफा राख्ने;
  • बगैँचामा मौसमी फूल रोप्ने; आवश्यकता अनुसार नर्सरीको विकास र व्यवस्थापन गर्ने कार्यालय वरपरको नाली नियमित रूपमा सरसफाइ गर्ने वा सम्बन्धित व्यक्तिबाट गराउने;
  • राजदुतावासको परिदृश्य सौन्दर्यता कायम राख्नु र सम्भव भए सम्म नयाँ विचारहरू प्रस्ताव गर्ने; करेसाबारीको हेरचाह र विकास गर्ने र उपलब्ध बोटबिरुवा र भान्साको फोहोरबाट बगैँचाको लागि मल तयार गर्ने कार्यालय परिसर भित्र उपकरणहरु ओसारपसार गर्न सहयोग गर्ने र सुपरभाजरद्वारा खटाएको अन्य कार्यहरू पूरा गर्नु पर्ने ।

प्राविधिक दक्षता:

  • उम्मेदवारको न्यूनतम शैक्षिक योग्यता SLC/SEE हुनुपर्ने, मालीको रूपमा न्यूनतम ३ वर्षको अनुभव;
  • बिरुवा र फूलहरुको प्रमाणित ज्ञान भएको;
  • सरल अंग्रेजी र नेपाली भाषामा बोल्न र लेख्न सक्ने मान्यता प्राप्त संस्थानबाट सम्बन्धित विषयमा प्रशिक्षित भएकोलाई प्राथमिकता ।

सामाजिक दक्षता:

  • असल बोलीचाली र मिलनसार आफ्नो जिम्मेवारी स्वतन्त्र रुपले पुरा गर्न तथा परिआएको काम गर्न सक्ने
  • आफु संलग्न भएको टोलीमा मिलेर काम गरी सकारात्मक योगदान दिन सक्ने;
  • लैङ्गिक तथा सामाजिक विविधता विषयमा सचेत भएको;
  • बहुजातीय टोलीसंग मिलेर काम गर्न सक्ने।


This job has expired.

Job Action

job_detail_page
Search, Apply & Get Job: FREE