Views: 216 | Apply Before: 1 month from now
Job Category | : | Others |
Job Level | : | Entry Level |
No. of Vacancy/s | : | [ 1 ] |
Apply Before(Deadline) | : | Oct. 25, 2023 00:00 (1 month from now) |
Education Level | : | Under Graduate (Bachelor) |
Experience Required | : | Not Required |
बूढानीलकण्ठ नगरपालिका नगर कार्यपालिकाको कार्यालय हात्तीगौडा, काठमाडौ
बागमती प्रदेश, नेपाल
करारमा सेवा लिने सम्बन्धी सूचना !
प्रथम पटक सूचना प्रकाशित मिति २०५०।०५।२५
बूढानीलकण्ठ नगरपालिकाको लागि देहायको पद, संख्या र योग्यता भएका प्राविधिक कर्मचारी करार सेवामा राख्नुपर्ने भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र माग बमोजिमका प्रमाणपत्र र यस नगरपालिकाको राजश्व शाखामा राजश्व दाखिला गरेको सक्कलै रसिद सहित दरखास्त दिनुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । दरखास्त फारम सहितको विस्तृत विवरण कार्यालयबाट उपलब्ध हुनेछ ।
तपसिल
क्र.सं. विज्ञापन नं. ०१ / २०८०-८१
पद: कृषि स्नातक प्राविधिक
सेवा: कृषि
तह: अधिकृतस्तर छैटौँ
परीक्षा दस्तुर रु. १००० /-
जम्म माग पद संख्या: १ (एक)
शैक्षिक योग्यता र तालिम:
कृषि विज्ञानतर्फ मान्यता प्राप्त शिक्षण संस्थाबाट कृषि विषयमा स्नातक वा सो सरह उत्तीर्ण ।
सेवा सुविधा:
उमेरः अधिकृतस्तरको हकमा २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र सहायकस्तरको हकमा १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ । महिला र अपाङ्गता भएका व्यक्तिको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ।
दरखास्त दिने स्थानः बूढानीलकण्ठ नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, हात्तीगौंडा, काठमाडौं ।
दरखास्त दिने मितिः- मिति २०८०।०५।२५ देखि २०८०।०६।०८ गतेसम्म
(अन्तिम दिन सार्वजनिक विदा परेमा सोको भोलिपल्ट वा कार्यालय खुल्ने दिन)।