Human And National Development Society (HANDS) Nepal

परियोजना संयोजक

Human And National Development Society (HANDS) Nepal

परियोजना संयोजक

दुुधौली नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग तथा मानव तथा राष्ट्रिय विकास समाज सिन्धुलीको सहजिकरणमा संचालन गर्न प्रस्तावित “कृषि तथा पशु विकासमा आधारित साना किसान तथा यूवा उद्यमशिलता साझेदारी परियोजना” को लागि तपशिलमा उल्लेखित पदका कर्मचारीहरुको आवश्यकता भएकाले यो सुचना प्रकाशन भएको मितिले १५ दिन भित्र दरखास्त दिनु हुन अनुरोध गरिन्छ ।

परियोजना संयोजक

Views: 1978 | This job is expired 1 year, 4 months ago

प्रथम पटक प्रकाशन मितिः २०७९/०९/२० गते
अन्तिम दरखास्त पेश गर्ने समयः २०७९/१०/०४ गते ४ बजे सम्म
बिज्ञापन नम्बरः ०४/०७९/०८०

संख्या: १ (एक) जना 

परियोजना क्षेत्र :  दुुधौली नगरपालिका सिन्धुलीको सवै वडाहरु 

न्युनतम योग्यता र कार्यअनुभव: 

  • कृषि वा पशु चिकित्सा (भेटेरीनरी) मा स्नातक तह उतिर्ण गरि कम्तीमा २ वर्षको अनुभव वा समाज शास्त्र, ग्रामिण विकास(RD), Social work विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरी कम्तीमा ३ वर्षको सामुदायिक विकास बाख्रा, दुग्धउत्पादन, कृषि ,तरकारी आदिको मुल्यश्रृखलामा काम गरेको  अनुभव भएको । 
  • योजना तर्जुमा, बजेट व्यवस्थापन ,परियोजना व्यवस्थापन कार्यन्वयन ,अनुगमन तथा मूल्यांकनको र प्रतिवेदन लेखनमा ज्ञान सीप तथा अनुभव भएको ।
  • साना किसान सवलीकरण  तथा उद्यमशीलता साझेदार कार्यक्रम सम्वन्धि ज्ञान सीप र अनुभव भएको ।
  • नेतृत्व क्षमता,कर्मचारी व्यवस्थापन तथा परिचालन, तालिम व्यवस्थापन तथा सहजिकरण, प्रतिवेदन लेखन जस्ता सम्वन्धीत विषयमा ज्ञान सीप तथा अनुभव भएको । 
  • कृषि तथा पशु  वस्तुमा आधारित व्यवसाय तथा उद्यमशीलतामा महिला तथा यूवाहरुको सहभागिता र सामाजिक परिचालनमा विशेष दक्षता भएको ।
  • परियोजना सरोकारवालाहरू, स्थानीय÷ प्रदेश सरकारहरू सँग समन्बय गरि दस्तावेजीकरण र रिपोर्टिङ र प्रतिवेदन लेख्न सक्ने ।
  • कम्प्युटरको Office Package (micro-soft word, excel, power point, English Nepali typing and  email internet)  सम्वन्धी दक्षता भएको ।
  • परियोजना क्षेत्रमा (field based) कम्तीमा ७० प्रतिशत समय फिल्डमा काम गर्नुपर्ने ।
  • मोटर साईकल चलाउन सक्ने तथा लाईसेन्स भएको (मोटरसाईकल भएकोलाई ग्राहयता दिईनेछ)। 

नोटः 

१. सेवा सुविधा: परियोजनको नियमानुसार हुनेछ ।

२. दरखास्त दिने अन्तिम  मिति: सूचना प्रकाशन भएको मितिले १५ दिन कार्यालय समय सम्म (यदि अन्तिम दिन सार्वजनिक विदा परेमा त्यसको भोलिपल्ट)

३. परीक्षाको किसिम: लिखित,अन्तवार्ता र आवश्यकता अनुसार प्रयोगात्मक ।

४. आवश्यक कागजातहरु: पदको आवेदन खुल्ने गरी निवेदन, व्यक्तिगत विवरण (बायोडाटा), शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र, सम्वन्धित विषयको कार्यानुभवपत्र, स्थायी लेखा नम्बर र अन्य कागजातहरुको प्रतिलिपी सहित तपसिलमा उल्लेखित मानव तथा राष्ट्रिय विकास समाज सिन्धुलीको कार्यालय फिल्ड अफिस कमलामाई न.पा.– ६, सिन्धुलीमा दरखास्त बुझाउनु सकिनेछ । 

५. परियोजनाको कार्यक्षेत्र दुधौली नगरपालिका सिन्धुली हुने छ ।

६. प्रारम्भीक छनौटमा परेका उम्मेद्वारहरुलाई मात्र लिखित तथा मौखिक परिक्षामा समावेश गराईनेछ । रित नपुगेका, म्याद नाघि आएका दरखास्त उपर कुनै कारवाही गरिने छैन ।

This job has expired.

Recommended Jobs

Job Action

job_detail_page
Search, Apply & Get Job: FREE