Samata Foundation

जस्ट फ्यूचर्स फेलोसिप (जेएफएफ)

Samata Foundation

जस्ट फ्यूचर्स फेलोसिप (जेएफएफ)

Samata Foundation is a leading think tank committed to the development of the marginalized community through research and evidence-based informed policy advocacy. Established in 2009, the Foundation is widely recognized as a hub for Dalit studies and its contributions to promoting equity, inclusion, and rights of marginalized groups in Nepal and the South Asia region.

जस्ट फ्यूचर्स फेलोसिप (जेएफएफ)

Views: 1348 | This job is expired 1 year, 5 months ago

जस्ट फ्यूचर्स फेलोसिप (जेएफएफ) का लागि आह्वान

आफ्नो कथा आफै बुन्छु  

थःगु बाखं थःम्हं हे कने

तपाईं पक्कै पनि सिर्जनशील हुनुहुन्छ, नयाँ–नयाँ ज्ञान सिक्न चाहनुहुन्छ, न्यायको पक्षमा पनि हुनुहुन्छ । त्यसैले नयाँ सिर्जना गर्ने, ज्ञान बाँड्ने र न्यायपूर्ण भविष्य बनाउने काममा हामी तपाईंसँग सहकार्य गर्न चाहन्छौं । हामी जात–व्यवस्थाबारे बुझ्न चाहन्छौं, जात–व्यवस्थाले थिचिएका महिलाहरूका कला र सीपबारे थाहा पाउन खोज्दैछौँ । र, यहाँहरू सबैसँग सहकार्य गर्दै न्यायको आशा जगाउन क्रियाशील छौं । 

यसै क्रममा समता फाउण्डेशनले सन् २०१९ देखि ‘जस्ट फ्यूचर्स इनिसिटिभ’ (न्यायपूर्ण भविष्यका लागि पहल) थालेको हो । यो पहल विशेष गरी दलित महिला तथा दलित यौनिक तथा लैंगिक अल्पसङ्ख्यक व्यक्तिहरूका जीवन्त अनुभव तथा दृष्टिकोणमाथि केन्द्रित छ । यस पहलको उद्देश्य आम दलित महिला तथा दलित यौनिक अल्पसङ्ख्यक व्यक्तिहरूले कलाका विभिन्न माध्यमबाट आफ्ना जीवन–कथा आफैले बुन्न सिक्नु–सिकाउनु हो । यसै पहलअन्तर्गत नेपालमा जात, लैंगिकता र यौनिकता : जीवन–कथाहरूको सिर्जना गर्न बहिन–वृत्ति (फेलोसिप) सञ्चालन गर्दै आएको छ । 

मधेश प्रदेशपछि बागमती प्रदेशमा बहिन–वृत्ति सञ्चालन गरिएको छ । यस बहिन–वृत्ति कार्यक्रममा बागमती प्रदेशमा स्थायी बसोबास गर्ने आम दलित महिलासँगै यौनिक तथा लैंगिक अल्पसंख्यक दलितमध्ये आफूलाई महिलाको रूपमा पहिचान गर्ने तथा नेवाः समुदायभित्र पनि आफूलाई दलित महिलाका रूपमा स्वीकार्ने यहाँहरू सबै सहभागी हुन सक्नुहुन्छ । 

एसईई उत्तीर्ण गरी कला र मानविकी क्षेत्रमा कम्तीमा ३ वर्ष काम गरेका वा साक्षरको हकमा यी क्षेत्रमा कम्तीमा ५ वर्ष काम गरेका इच्छुक दलित महिलाले आवेदन दिन सक्नुहुन्छ । आवेदकले आफ्नो समुदायको क्षेत्रमा आफूले गरेका काम र त्यसको महत्वबारे तीन मिनेटको भिडियो मोबाइल—फोनबाट खिचेर पठाउनुपर्छ । १५ महिने बहिन–वृत्ति कार्यक्रममा २० देखि ४० वर्षसम्मका २० जना दलित महिलालाई छनौट गरिने छ । नयाँ वर्ष – २०२३ को जनवरीदेखि सुरु हुने यस कार्यक्रममा यहाँहरू छनौट हुनु भएमा मासिक रूपमा स्टाइपेन्ड पाउनुहुन्छ । 

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
job_detail_page
Search, Apply & Get Job: FREE