Chandragiri Savings And Credit Cooperative

लघुवित्त अधिकृत

Chandragiri Savings And Credit Cooperative

लघुवित्त अधिकृत

विगत २१ वर्षदेखि निरन्तर गुणस्तरीय सहकारी वित्तीय सेवा प्रदान गर्दै आईरहेको राष्ट्रिय सहकारी महासंघबाट“उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार, २०७६”प्राप्त गर्न सफल यस चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाको लागि तपसिल बमोजिमका कर्मचारीहरू आवश्यक भएको हुँदा तोकिएको योग्यता पुगेका नेपाली नागरिकहरूलाई दरखास्त दिन सूचित गरिन्छ ।

लघुवित्त अधिकृत

Views: 2997 | This job is expired 2 years, 8 months ago

आवश्यक संख्याः १ (एक)

तहः अधिकृत स्तर छैठौं

(क) सेवाः करार

(ख) न्यूनतम शैक्षिक योग्यताः वाणिज्य विषय वा मानविकीमा अर्थ शास्त्र विषय लिई स्नातकोत्तर वा सो सरह उत्तीर्ण गरेको ।

(ग) कम्प्युटर सम्बन्धी योग्यताः Windows Basic and Office Package सम्बन्धी ६ महिनाको तालिम प्राप्त गरेको ।

(घ) उमेरः २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको ।

(ङ) ग्राह्यताः सम्बन्धित क्षेत्रमा काम गरेका अनुभव र २ पाङ्ग्रे सवारी साधनको लाईसेन्स भएको व्यक्तिलाई ग्राह्यता प्रदान गरिने ।

(च) कार्यक्षेत्रः संस्थाको मुख्य कार्यालय, चन्द्रागिरि न.पा. ७, काठमाडौं

(छ) सेवा सुविधाः तलब, भत्ता, सञ्चयकोष, उपदान, कर्मचारी बोनस, खाजा खर्च, बिमा लगायतका सेवा सुविधाहरू उपलब्ध गराईने ।

(ज)मुख्य जिम्मेवारीहरूः

१. संस्थाको कार्यक्षेत्र भित्र प्रभावकारी सहकारी लघुवित्त कार्यक्रम सञ्चालन गर्ने,

२. विपन्न महिलाहरू लाई वित्तीय समावेशीकरणमा जोड्ने र सशक्तिकरण गर्ने ।

३. साझेदारहरू पहिचान र व्यवसायिक सम्बन्ध विकास गर्ने ।

४. आवश्यक वित्तीय नियन्त्रण र व्यवस्थापन गर्ने ।

(झ) परीक्षाः लिखित, प्रयोात्मक तथा अन्तरवार्ता।

Applying Procedure:

माथि उल्लेखित योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुलाई आफ्नो व्यक्तिगत विवरण (CV) सहित २०७८ श्रावण १९ गते दिनको  बजे भित्र आईपुग्ने गरी दरखास्त दिनु हुन सूचित गरिन्छ । दरखास्त प्रत्यक्ष रुपमा संस्थामै आएर वा [email protected] मा ईमेल मार्फत पठाउन सकिनेछ ।  छोटो सूचीमा पर्न सफल उम्मेदवारहरुलाई मात्र परीक्षाको लागि सम्पर्क गरिनेछ । आवेदन निःशुल्क रुपमा बुझाउन सकिनेछ भने छोटो सूचीमा पर्न सफल उम्मेदवारहरुले तोकिएको परीक्षा शुल्क बुझाउनुपर्नेछ ।

पदपूर्ति उप समिति

चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि.
चन्द्रागिरि नगरपालिका वडा नं ७, थानकोट, महादेवस्थान, काठमाडौं
फोन नं: ०१ ४३१३०५८

OR,

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
job_detail_page
Search, Apply & Get Job: FREE