चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि. विगत २३ वर्ष देखि काठमाण्डौं, ललितपुर र धादिङ जिल्लालाई कार्यक्षेत्र बनाई सञ्चालन भईरहेको एक समुदायमा आधारित सदस्य केन्द्रित सहकारी संस्था हो । यसले उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०७६ र अभियानको उत्कृष्ट व्यवस्थापन पुरस्कार २०८० लगायत थुप्रै उत्कृष्टताका पुरस्कार र सम्मानहरु प्राप्त गरेको छ । साथै यसमा आवद्ध हुनु भएको सदस्यहरुलाई सहकारीको सेवा मार्फत हजारौं सफलताहरु प्राप्त गर्न सहयोग समेत गरेको छ
Views: 2930 | This job is expired 3 years, 11 months ago
आवश्यक संख्याः १ (एक)
तहः अधिकृत स्तर छैठौं
(क) सेवाः करार
(ख) न्यूनतम शैक्षिक योग्यताः वाणिज्य विषय वा मानविकीमा अर्थशास्त्र विषय लिई स्नातकोत्तर वा सो सरह उत्तीर्ण गरेको ।
(ग) कम्प्युटर सम्बन्धी योग्यताः Windows Basic and Office Package सम्बन्धी ६ महिनाको तालिम प्राप्त गरेको ।
(घ) उमेरः २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको ।
(ङ) ग्राह्यताः सम्बन्धित क्षेत्रमा काम गरेको अनुभव र २ पाङ्ग्रे सवारी साधनको लाईसेन्स भएको व्यक्तिलाई ग्राह्यता प्रदान गरिने ।
(च) कार्यक्षेत्रः संस्थाको मुख्य कार्यालय, चन्द्रागिरि न.पा. ७, काठमाडौं
(छ) सेवा सुविधाः तलब, भत्ता, सञ्चयकोष, उपदान, कर्मचारी बोनस, खाजा खर्च, बिमा लगायतका सेवा सुविधाहरू उपलब्ध गराईने ।
(ज) मुख्य जिम्मेवारीहरूः
१. सदस्यता प्रवद्र्धन, विस्तार र व्यवस्थापन ।
२. बचत तथा ऋण कारोवारको प्रवद्र्धन र विकास ।
३. व्यबसायिक समन्वय र सम्बन्ध विकास ।
४. वस्तु तथा सेवाविकास तथा प्रवद्र्धन ।
(झ) परीक्षाः लिखित, प्रयोगात्मक तथा अन्तरवार्ता ।
Applying Procedure:
माथि उल्लेखित योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुलाई आफ्नो व्यक्तिगत विवरण (CV) सहित २०७८ श्रावण १९ गते दिनको ५ बजे भित्र आईपुग्ने गरी दरखास्त दिनु हुन सूचित गरिन्छ । दरखास्त प्रत्यक्ष रुपमा संस्थामै आएर वा [email protected] मा ईमेल मार्फत पठाउन सकिनेछ । छोटो सूचीमा पर्न सफल उम्मेदवारहरुलाई मात्र परीक्षाको लागि सम्पर्क गरिनेछ । आवेदन निःशुल्क रुपमा बुझाउन सकिनेछ भने छोटो सूचीमा पर्न सफल उम्मेदवारहरुले तोकिएको परीक्षा शुल्क बुझाउनुपर्नेछ ।
पदपूर्ति उप समिति
चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि.
चन्द्रागिरि नगरपालिका वडा नं ७, थानकोट, महादेवस्थान, काठमाडौं
फोन नं: ०१ ४३१३०५८
OR,
This job has expired.