Job Category: | Research and Development |
Job Level: | Top Level |
No. of Vacancy/s: | [ 1 ] |
Apply Before(Deadline): | Jan. 24, 2021, noon (4 days, 8 hours ago) |
नीति अनुसन्धान प्रतिष्ठानमा रिक्त रहेका अनुसन्धान समूहका कर्मचारीहरूमध्ये देहायका पद र विषयको लागि योग्य उमेदवारहरूबाट दरखास्त आह्वान गरिएको छ। पदहरूको कार्यविवरण, दरखास्त फाराम र छनोट प्रक्रिया प्रतिष्ठानको वेबसाइट http://pri.gov.np वा http://prinepal.org मा उपलब्ध छ।
प्रतिष्ठानको कार्यालयमा उपस्थित भई वा प्रतिष्ठानको इमेल [email protected] मार्फत् दरखास्त बुझाउन सकिनेछ । दरखास्त र सम्बन्धित कागजातमा कैफियत देखिएमा वा विषय असान्दर्भिक भएमा दरखास्त रद्द हुनेछ।
दरखास्त बुझाइसक्नुपर्ने अन्तिम दिन: २०७७ साल माघ ११ गते।
सोधपुछ र सहायताको लागिः फोन नं.:-०१-४४३०५१७,
इमेल: [email protected]
दरखास्त आह्वान गरिएका पद, तोकिएको विषय र पद संख्याः सह-अनुसन्धानकर्ता (राष्ट्रिय हित, परराष्ट्र नीति तथा सामरिक मामिला) - १
न्यूनतम शैक्षिक योग्यताः स्नातकोत्तर तह उत्तीर्ण ।
वाञ्छनीय शैक्षिक योग्यता: (अनुसन्धानकर्ताको लागि): विद्यावारिधि उपाधि प्राप्त।
छनोटका आधार र विधिः प्रतिष्ठानको वेबसाइटमा जानकारी दिए अनुरुप।
परीक्षा शुल्कः रू. १०००/- (एभरेष्ट बैंकको सिंहदरबार शाखामा राजस्व संकेत १४२२४ र कार्यालय संकेत ३०१००३५०२ तोकी खाता नं. ००१००१०६२००००० मा जम्मा गर्ने वा प्रतिष्ठानको कार्यालयमा नगद बुझाउने)।
नीति अनुसन्धान प्रतिष्ठान
सानो गौचरन, काठमाडौ
वरिष्ठ अनुसन्धानकर्ता, सह-अनुसन्धानकर्ता र विश्लेषक अधिकृतहरूको पदपूर्तिको लागि दरखास्त आह्वान
विज्ञापन प्रकाशित भएको मितिः २०७७ पौष २० गते