Job Category: | Hospitality |
Job Level: | Entry Level |
No. of Vacancy/s: | [ 1 ] |
Employment Type: | Contract |
Apply Before(Deadline): | Jan. 15, 2021, 3 p.m. (1 week, 5 days ago) |
१. श्री सैनिक कल्याणकारी कोषको लगानीमा संचालित विभिन्न निकायहरुमा रिक्त देहायमा उल्लेखित पदहरु खुल्ला प्रतिस्पर्धाद्वारा करार सेवामा पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट यो सूचना प्रकाशन भएको मितिले १५ (पन्ध) दिन भित्र कार्यालय समयमा श्री कल्याणकारी योजना निर्देशनालय, जंगी अड्डा तथा श्री सैनिक आवासिय महाविद्यालय भक्तपुरमा दरखास्त फाराम भर्न आह्वान गरिन्छ ।
२. दरखास्त फाराम पाईने र बुझाउने स्थान : सि.नं. १ र २ मा उल्लेखित पी.जी.टी. (Psychological Counsellor), सफाई पिपा र श्री श्वेततारा मण्टेश्वरी सैनिक स्कुलको शैक्षिक संयोजक पदको लागि श्री सैनिक आवासीय महाविद्यालय भक्तपुर तथा अन्य पदहरुको लागी श्री कल्याणकारी योजना निर्देशनालय,जंगी अड्डा,काठमाण्डौ ।
३. दरखास्त बुझाउने अन्तिम मिति : मिति २०७७/१०/०२ गतेको १५:०० बजे भिव ।
४. शैक्षिक योग्यता तथा अन्य विस्तृत जानकारीको लागी नेपाली सेनाको वेभ साईट www.nepalarmy.mil.np र श्री सैनिक कल्याणकारी कोषको मोवाईल Apps मा राखिएको तथा कुनै दुविधा भएमा फोन नं.०१-४२२५९४३ मा सम्पर्क राख्न सकिनेछ।
श्री सैनिक अस्पताल, नेपालगंज ।
पद: माली
संख्या: 1
नोटः श्री बलाध्यक्ष विभाग, कल्याणकारी योजना निर्देशनालय, जंगी अड्डाद्धारा मिति २०७६/१२/०५ गते राष्ट्रिय दैनिक गोरखापत्रमा प्रकाशन गरि मिति २०७६/१२/०७ गते स्थगन गरिएको पदपूर्ति सम्बन्धि सुचना रद्ध गरिएको छ । साथै उक्त सुचनामा माग भएका केहि पदहरु विशेष कारणवस रद्ध गरि बाकी रहेका पदमा आवश्यक पदहरु यसै सुचनामा समायोजन गरी माग गरिएको व्यहोरा यसै सुचना मार्फत जानकारी गराईन्छ ।
श्री बलाध्यक्ष विभाग
कल्याणकारी योजना निर्देशनालय, जंगी अड्डा ।
पदपूर्ति सम्बन्धी सूचना
मिति २०७७/०९/१७ गते