Job Category: | Banking / Insurance /Financial Services |
Job Level: | Mid Level |
No. of Vacancy/s: | [ 1 ] |
Employment Type: | Full Time |
Apply Before(Deadline): | Dec. 10, 2019, 5 p.m. (1 day, 17 hours from now) |
विज्ञापन न १/०७६/७७
श्रेणी अधिकृत तृतीय
सख्या केही
न्युनतम शैक्षिक योग्यता
उमेर
अन्य
१. फारम प्राप्त गर्ने तथा बुझाउने : आवेदन फारम यस संस्थाको केन्द्रिय कार्यालय बिराटनगर, प्रदेश कार्यालय बर्दिवास (महोत्तरी), प्रदेश कार्यालय बुटबल (रुपन्देही) बाट प्राप्त गर्न तथा संस्थाको वेभसाइट www.nurede.org.np बाट Download गर्न सकिनेछ । संस्थाले तोके अनुसारको दरखास्त फारम भरी दरखास्त फारमका साथ दरखास्तवालाको वायोडाटा, पासपोर्ट साइजको २ प्रति फोटो, शैक्षिक योग्यताका प्रमाणपत्रहरु, नागरिकताको प्रमाणपत्र, कम्प्यूटर, तालिम तथा अनुभवको प्रमाणपत्रको प्रतिलिपी संलग्न गरि केन्द्रिय कार्यालय बिराटनगर वा प्रदेश कार्यालय बर्दिवास (महोत्तरी) वा प्रदेश कार्यालय बुटबल (रुपन्देही) मा बुझाउनु पर्नेछ ।
२. छनौट प्रकृया : उपरोक्त सबै पदहरुको लिखित तथा अन्तरवार्ता परीक्षा लिइनेछ । लिखित परिक्षामा सहभागी हुनको लागि प्रवेश पत्र अनिवार्य हुनेछ । प्रवेश पत्र प्राप्त गर्न लिखित परिक्षा हुने सुचना प्रकाशित भए पछि फारम बुझाएको कार्यालय वा परिक्षा शुरुहुनु भन्दा अगाडी परिक्षा केन्द्रबाट प्राप्त गर्न सकिनेछ ।
३. परीक्षा दस्तुर : परीक्षा दस्तुर वापत .७०० नेरुडे लघुवित्त वित्तीय संस्था लि. को नाममा रहेको प्राइम कमर्शियल बैंक लि. विराटनगरको खाता नं. ०३४०१४३८ CA मा नगद जम्मा गरेको बैंक भौचरको सक्कल प्रति आवेदन फारम साथ अनिवार्य संलग्न गर्नुपर्नेछ
४. प्रशिक्षण तथा परिक्षणकाल अवधि :
१. सहायक अधिकृत र लेखापाल पदमा नियुक्त उम्मेदवारहरु मध्ये बैंक तथा वित्तीय संस्था तथा लघुवित्त क्षेत्रमा काम गरेको अनुभव नभएका फेस उम्मेदवारहरुलाई ६ महिनाको प्रशिक्षार्थी (तालिमे) कर्मचारीको रुपमा नियुक्ति दिइनेछ। बैंक तथा वित्तीय संस्था तथा लघुवित्त क्षेत्रमा एक तह मुनिको पदमा कम्तिमा २ बर्ष काम गरेको अनुभव भएका उम्मेदवारहरुलाई ६ महिनाको परीक्षणकालमा राखिने छ । प्रशिक्षण (तालिम) तथा परिक्षणकाल अ्वाधको कार्यसम्पादन स्तर सन्तोषजनक पाइएमा मात्र संस्थाको नियमानुसार नियुक्ति दिइनेछ ।
२. सहायक उत्ररेरक पदमा नियुक्त उम्मेदवारलाई ६ महिनाको प्रशिक्षार्थी (तालिमे) कर्मचारी को रुपमा नियुक्ति दिइनेछ । प्रशिक्षण (तालिम) अवधिको कार्यसम्पादन सन्तोषजनक पाइएमा मात्र आवश्यकता अनुसार परीक्षणकालमा नियुक्ती दिइनेछ ।
५. छनौट गरिएका उम्मेदवारहरुले प्रशिक्षण (तालिम) तथा परिक्षणकाल अवधिमा संस्थाले खटाएको जुनसुकै कार्यालयमा बसि कार्य गर्नुपर्नेछ । सो पश्चात संस्थाको सेवामा नियुक्त भएमा उल्लेखित जिल्लाहरु तथा यस संस्थाका जुनसुकैकार्यालयमा कम्तिमा २ बर्ष कार्य गर्ने गरि खटाउन सकिनेछ ।
६. सेवा सुबिधा : प्रशिक्षण (तालिम) अवधिमा नियुक्त कर्मचारीलाई उक्त अवधि भर संस्थाको नियमानुसारको प्रशिक्षण (तालिम) भत्ता मात्र दिइनेछ । परिक्षणकालमा नियुक्त कर्मचारीलाई संस्थाको नियमानुसार तलब भत्ता तथा अन्य सुबिधा दिइनेछ ।
७. आवेदन फारम बुझाउने अन्तिम मिति: २०७६/०८/२३ गते कार्यालय समय भित्र पद. परीक्षा सम्बन्धि अन्य कुराहरु: लिखित परिक्षा सम्बन्धि जानकारी सम्पर्क मितिका दिन यस संस्थाको केन्द्रीय कार्यालय विराटनगरको सुचना पाटीमा टाँस गरि तथा संस्थाको वेबसाइट www.nerude.org.np मा प्रकाशन गरिनेछ ।
९. सम्पर्क मिति : यस संस्थाको केन्द्रीय कार्यालय विराटनगरको सुचना पाटीमा टाँस गरि तथा संस्थाको वेभसाइट www.nerude.org.np मा प्रकाशन गरिनेछ
१० अन्य जानकारीको लागि सम्पर्क : फारम बुझाएका कार्यालयहरु तथा केन्द्रीय कार्यालय विराटनगर फोन नं. ०२१४६२१०१/४६३०३२ (कार्यालय समयमा )
नाेट: म्याद नाघी प्राप्त भएका वा रित नपुगेका सम्पूर्ण निवेदनहरु स्वतःरद्द हुनेछन्
पदपुर्ति समिति
नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड