Views: 2362 | This job is expired 4 years, 3 months ago
Job Category | : | General Mgmt. / Administration / Operations |
Job Level | : | Mid Level |
No. of Vacancy/s | : | [ 2 ] |
Employment Type | : | Full Time |
Job Location | : | Kathmandu |
Apply Before(Deadline) | : | Dec. 05, 2019 17:00 (4 years, 3 months ago) |
Education Level | : | Graduate (Masters) |
Experience Required | : | Not Required |
विज्ञापन नं. ः १ / २०७६ / ७७
तह ः ७
समुह ः
आवश्यक न्युनतम शैक्षिक योग्यता र अनुभव :
१. सेवाको किसिम : स्थायी ।
२. तलब, सुविधा तथा अन्य सेवाका शर्त : राष्ट्रिय बीमा कम्पनी लिमिटेड कर्मचारी सेवा, सर्त सम्बन्धी विनियमावली २०७४ (संशोधन समेत लागू हुनेछ) ।
३. उमेरको हद : दरखास्त दिने अन्तिम मितिसम्म अधिकृतस्तरका लागि २१ वर्ष पुरा भई ३५ वर्ष ननाघेको, सहायकस्तर पदका लागि १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको, तर महिला र अपाङ्ग उम्मेदवारको हकमा उमेरको माथिल्लो हद ४० वर्ष ननाघेको । यस कम्पनी लि.मा कार्यरत स्थायी बहालवाला कर्मचारीलाई उल्लेखित उमेरको हद लाग्ने छैन ।
४. परीक्षण काल : १ वर्ष । महिलाको हकमा ६ महिना ।
५. परीक्षाको किसिम : लिखित तथा अन्तर्वार्ता हुनेछ । साथै, विज्ञापन नं. ४, ५, ६, ७, ८ र ९ को लागि कम्प्युटर सीप परीक्षण सम्बन्धी परीक्षा समेत लिइनेछ ।
६. दरखास्त फाराम पाइने तथा बुझाउने स्थान : कम्पनी लि.को प्रधान कार्यालय, जनशक्ति व्यवस्थापन विभाग, रामशाहपथ, काठमाडौँ । दरखास्त फारम यस कम्पनी लि.को website : http://www.rbcl.com.np बाट Download गर्न सकिनेछ ।
७. दरखास्त बुझाउने अन्तिम म्याद : यो सूचना गोरखापत्र दैनिकमा प्रथम पटक प्रकाशित भएको मितिले २१ दिन (२०७६/०८/१२) भित्र र दोव्वर दस्तुर तिरी पहिलो म्याद समाप्त भएको मितिले ७ दिन (मिति २०७६/०८/१९) भित्र दरखास्त बुझाउन सकिनेछ ।
९. परीक्षा शुल्क : तह ४ र ५ का पदका लागि रु. ५००/– (पाँच सय) र तह–६ र ७ का पदका लागि रु. ८००/– (आठ सय)
१०. दरखास्त फारम दस्तुर : रु. १००/– (एक सय) यस कम्पनी लि.को website बाट Download गरेको दरखास्त फारामको हकमा समेत सोही बमोजिम शुल्क जम्मा गर्नुपर्नेछ ।
११. समावेशी समूहका लागि थप दस्तुर : तह ४ र ५ का पदका लागि प्रत्येक समूहमा थप रु.२००/– (दुई सय) र तह–६ वा सो भन्दा माथिल्लो तहको पदका लागि प्रत्येक समूहमा थप रु. ३००/– (तीन सय)
१२. परीक्षा हुने मिति र केन्द्र : उपरोक्त पदहरुको लिखित परीक्षा लोक सेवा आयोगवाट संचालन हुनेछ । लिखित परीक्षा हुने मिति र परीक्षा केन्द्र पछि प्रकाशित गरिनेछ ।
१३. सम्पर्क मिति र स्थान : २०७६ पौष ४ गते राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रधान कार्यालय रामशाहपथ, काठमाडौं ।
This job has expired.