Project coordinator

Indreni Social Development Forum is a local level NGO. It is working in various thematic areas including integrated community health projects, safer migration, COVID response and economic recovery. Our working area is Nawalparasi (West) District.

Project coordinator

Views: 2344 | This job is expired 2 years, 2 months ago

कर्मचारी आवश्यकता सम्बन्धि सूचना  !     

यूनाईटेड मिसन टु नेपाल मेडीकल एण्ड डेभलपमेन्ट ट्रष्टको आर्थिक तथा प्राविधिक सहयोगमा इन्द्रेणी सामाजिक विकास मञ्च, नवलपरासीद्वारा संचालित  Built resilient livelihoods of vulnerable and marginalised communities of Pratappur RM Project  (Relive  परियोजना) (२०७८ पौष १७ गते देखि २०८१ पौष १६ गते सम्म) नवलपरासी जिल्लाको प्रतापपुर गाँउपालिका वार्ड नं. ४ देखि ९ मा कार्यान्वयन गर्नका लागि तपशिलमा उल्लेखित शैक्षिक योग्यता भएको, अनुभवी, इमान्दार तथा दक्ष कर्मचारीहरुको अवश्यकता भएकोले तल उल्लेख भए बमोजिम नेपाली नागरिकहरुबाट दरखास्त आह्वान गरिन्छ । 

पद : परियोजना संयोजक-जिविकोपार्जन
संख्या : एक जना (१) 
कार्यक्षेत्र : प्रतापपुर गाँउपालिकाका ४ देखि ९ वडाहरु (कार्यालयः वर्दघाट -९ भूताहा)

शैक्षिक योग्यता : कृषि स्नातक (B.Sc. Ag.) पास गरि सामाजिक संस्थामा जिविकोपार्जनको क्षेत्रमा कम्तिमा २ बर्ष काम गरेको अनुभव भएको ।

आवश्यक प्राविधिक ज्ञान सिप र अनुभव :

  • कुनै पनि सरकारी वा गैरसरकारी संघसंस्थाहरुमा सामुदायिक विकासको क्षेत्रमा कार्यक्रम/परियोजना संयोजक/अधिकृतको रुपमा काम गरेको अनुभव भएको ।
  • आर्थिक पुर्नलाभ, बैकल्पिक आयआजर्नका कृयाकलापहरु, व्यवसायिक तरकारी खेती, माछापालन, पशुपालन तथा खाद्यान्न वाली खेती, बजारीकरण, मुल्य श्रृङ्खला तथा कृषि र गैर कृषि ब्यवसायीकरण जस्तै लघु उद्यम सम्बन्धि व्यावहारीक ज्ञान र शिप तथा तथा अनुभव भएको। 
  • एकिकृत शत्रुजीव ब्यवस्थापन पाठशाला सन्चालन सम्बन्धि अनुभव भएको। 
  • विपद् जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तन सम्बन्धि ज्ञान सीप भएको। 
  • परियोजना चक्र र व्यवस्थापनको राम्रो सीप तथा ज्ञान साथै परियोजनाको कृयाकलापहरुको बिस्तृत कार्यान्वयन योजना र प्रतिवेदन लेखनको (नेपाली र अग्रेजी भाषा) सिप तथा अनुभव भएको ।
  • सुशासन सम्बन्धि सैद्धान्तिक ज्ञान तथा स्थानिय सरकार र सरोकारवालाहरुसंग समन्वय गरी काम गरेको अनुभव भएको ।
  • टिम परिचालन तथा व्यवस्थापन तथा प्रभावकारी संचारको राम्रो सिप भएको ।
  • कम्प्युटर प्रयोग सम्बन्धि राम्रो ज्ञान तथा सीप भएको ·  (Word, Excel, PowerPoint, Internet, Email etc.)
  • दिईएका जिम्मेवारी तोकिएको समयमा सम्पन्न गर्नसक्ने र साथै कहिले काँही संस्था र परियोजनाको माग र आवश्यकता अनुसार पनि कार्य गर्नसक्ने क्षमता भएको ।
  • प्रदेश, स्थानीय तह तथा जिल्लामा अवस्थित विभिन्न सरोकारवालाहरुसँग सम्बन्ध निर्माण, सम्पर्क, समन्वय र सहकार्य गर्नसक्ने ज्ञान, सीप तथा क्षमता भएको ।
  • संस्था र समुदाय प्रति ईमानदार, सेवाको भावना भएको र जवाफदेहीता र जिम्मेवारी बहन गर्नसक्ने साथै कुनै पनि मुद्दा, ठगी, भ्रष्टाचार र दुव्र्यवहारमा संलग्न नभएको हुनुपर्ने ।

आवश्यक कागजपत्रहरु : माथी उल्लेखित पदको लागि लिखित निवेदन सहित व्यक्तिगत विवरण (Bio-Data/CV), नागरिकताको प्रमाण-पत्र, तोकेको शैक्षिक योग्यताको प्रमाण-पत्रहरु, तालिम तथा कार्य अनुभवको प्रमाणपत्रको प्रतिलिपी संलग्न गर्नुपर्नेछ । 

आबेदन दिने ठेगाना  : आबेदन दिदा इन्द्रेणी सामाजीक विकास मञ्चको कार्यालय वर्दघाट -९ भूताहा, नवलपरासी वा इमेलबाट आवश्यक कागजपत्रहरु संलग्न गरी यस संस्थाको इमेल [email protected] मा पठाउन सकिनेछ ।

सूचना प्रकाशन मिति : २०७८ माघ ५ गते बुधवार

आबेदन दिने अन्तिम मिति र समय : २०७८ माघ १२ गते बुधवार दिनको ५ बजेभित्र

छोटो सूची प्रकाशन : २०७८ माघ १२ गते  (माथी उल्लेखित सबै मापदण्ड पुरागरि छोटो सूचीमा परेका उमेदवारलार्ई मात्र लिखित तथा मौखिक परिक्षामा सामेल गरिने छ ।) 

नोट :

  • माथी उल्लेखित शैक्षिक योग्यता तथा ज्ञान, शिप र अनुभव भएका महिला, दलित, मुश्लिम, पिछडावर्ग र सम्बन्धित क्षेत्रमा काम गरेको अनुभव भएको स्थानीयलाई ग्राह्यता दिइनेछ । 
  • मोटरसाइकल/स्कुटर चलाउने सवारी चालक अनुमति पत्र भएकोलाई विशेष ग्राह्यता दिइने छ ।
  • भारतीय शैक्षिक योग्यता भएमा समकक्षता हुनु पर्ने वा नोटरी पब्लिक हुनु पर्ने अनिवार्य छ ।

इन्द्रेणी सामाजीक विकास मञ्चको कार्यालय वर्दघाट -९ भूताहा, नवलपरासी (ब.सु.प.)

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
job_detail_page
Search, Apply & Get Job: FREE