Views: 28 | Apply Before: 6 days, 6 hours from now
Job Category | : | Teaching / Education |
Job Level | : | Mid Level |
No. of Vacancy/s | : | [ 1 ] |
Employment Type | : | Contract |
Job Location | : | Pokhara |
Apply Before(Deadline) | : | Jul. 30, 2025 16:00 (6 days, 6 hours from now) |
Education Level | : | Higher Secondary (+2/A Levels/Ib) |
Experience Required | : | Not Required |
श्री पार्दी मा.वि.,
पोखरा महानगरपालिका नगर कार्यपालिकाको कार्यालयको २०८२ साल साउन ६ गतेको चलानी नं १५ को पत्र अनुसार यस श्री पार्दी माध्यमिक विद्यालयमा २०८२/०४/०५ गतेदेखि रिक्त हुन आएको निम्न माध्यमिक तह तृतीय श्रेणी नेपाली विषयको दरबन्दीमा करार शिक्षक नियुक्ति गर्न अनुमति प्रदान भए बमोजिम करार शिक्षक नियुक्त गरिन लागेको हुँदा सम्बन्धित सबैको लागि यो सूचना प्रकाशित गरिएको छ ।
शिक्षक सेवा आयोगको दरबन्दीमा करार सूचीमा रहेका इच्छुक, योग्य, नेपाली नागरिकबाट यो विज्ञापन प्रकाशित भएको मितिले सात दिन भित्र आफ्नो अद्यावधिक व्यक्तिगत विवरण, योग्यता, तालिम र अनुभवका प्रमाणित प्रतिलिपि सहित विद्यालय प्रशासनमा रितपूर्वक आवेदन दिनको लागि यो सूचना प्रकाशित गरिएको छ ।
तोकिएको मितिमा करार सूचिको योग्य तथा इच्छुक उमेदवार प्राप्त नभएमा थप एक हप्ताको समय प्रदान गरी तोकिएको समयभित्र खुला प्रतिस्पर्धामार्फत योग्य उमेद्वार मध्येबाट पदपूर्ति गरिने छ ।
विषय: नेपाली
पदः शिक्षक
तहः नि.मा.वि. तृतीय
न्यूनतम योग्यता: मान्यताप्राप्त शैक्षिक संस्थाबाट कम्तीमा १२ कक्षा वा सो सरहको शिक्षा पूरा गरेको
द्रष्टव्य: विद्यालयमा कक्षा ९ देखि १२ का कक्षा समेत सञ्चालन गर्नुपर्ने भएकाले स्नातकोत्तर तह उत्तीर्ण अनुभवी उमेद्वारलाई विशेष ग्राह्यता दिइनेछ ।
छनोटका आधार: लिखित र अन्तर्वार्ता
तलब भत्ता: नेपाल सरकारले तोकेबमोजिम ।
आवेदन शुल्क: रु १,०००/- (एक हजार रुपैयाँ)
सम्पर्क मितिः आवेदनको म्याद सकिएको दिन अपरान्ह ४:०० बजे ।