Similar JobsPowered by Merojob AI

Deadline: Jul 01, 2026

Deadline: Jul 02, 2026

Deadline: Jun 19, 2026

Deadline: Jul 01, 2026
सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड
Source: Kantipur
Full Time
|Job Description
Roles and responsibilities of this job

सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड
नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त यस संस्थालाई कोशी प्रदेशका पहाडी जिल्लाहरु र बागमति प्रदेशका जिल्लाहरुमा कार्यक्षेत्र रहने गरी देहाय बमोजिमका पदहरुमा कर्मचारी आवश्यकता परेको हुँदा खुल्ला प्रतियोगिताबाट पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुले आजको मितिले १५ दिनभित्र आवेदन दिन आव्हान गरिन्छ । आवेदन फाराम वित्तीय संस्थाको वेभसाइट www.slbsl.com.np बाट download गरी लिन सकिनेछ । आवेदनमा भएका विवरण भरी हालसालै खिचिएको पासपोर्ट साइजको फोटो - ४, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी, नेपाली नागरिकताको प्रतिलिपी, कार्य अनुभवको प्रमाणित कागजात सहितको बायोडाटा संस्थाको केन्द्रीय कार्यालय वा ई-मेल [email protected] मा पठाउन सकिनेछ । प्राप्त हुन आएका आवेदनहरु मध्ये रितपूर्वकका योग्य आवेदनहरुको छोटो सूची ( Short List) र अन्तरवार्ता सम्बन्धी कार्यक्रम पछि प्रकाशित गरिनेछ ।
पद: शाखा प्रमुख (वरिष्ठ सहायक देखि कनिष्ठ अधिकृत सम्म)
श्रेणी: सहायक /अधिकृत
संख्या: केही
आवश्यक योग्यता: अधिकृत श्रेणीका लागि स्नातक वा सो सरह उतिर्ण भई लघुवित्त क्षेत्रमा अनुगमन तथा शाखा प्रमुखमा ३ बर्षको कार्यअनुभव भएको र सहायक श्रेणीको पदका लागि प्रविणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण भई माग गरीएको पद भन्दा एक तह मुनीको पदमा कम्तीमा २ वर्षको लघुवित सम्बन्धी कार्यअनुभव भएको हुनुपर्नेछ ।
थप जानकारी:
छनौट प्रक्रिया : छोटो सुची, अन्तर्वार्ता । रित पूर्वक प्राप्त आवेदन मध्ये छनौट सूचीमा परेका उम्मेदवारहरुलाई मात्र अन्तर्वार्ताका लागि सुचित गरिनेछ । रित नपुगेका र म्याद नघी आएका आवेदनहरु उपर कुनै कारवाही गरिने छैन कर्मचारी भर्ना छनौट सम्बन्धी सम्पूर्ण अधिकार यस वित्तीय संस्थामा निहित हुनेछ ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Dec 02, 2024
About the organization

Advertising Agency
Kathmandu, Nepal