
NGO / INGO / Development Projects
Full Time
|पद: फिल्ड संयोजक (Field Coordinator)
संख्या: १ जना
न्युनतम शैक्षिक योग्यता/अनुभव: मान्यता प्राप्त शैक्षिक संस्थानवाट कृषि/वन विज्ञान विषयमा वा ग्रामिण बिकास, सामाजीक विषयमा स्नातक तह वा सो सरह उतिर्ण गरेको र कृषि, जिविकोपार्जन, जलवायु परिवर्तन तथा प्रकोप जोखिम न्यूनीकरणको क्षेत्रमा कम्तिमा २ वर्ष अनुभव भएको । स्नातकोत्तर तह उत्तिर्ण गरेको उमेदवारलाई बिशेष ग्राहता दिइने छ ।
प्रमुख जिम्मेवारी: जलवायु परिवर्तनका प्रभाव न्युनीकरण संबन्धि परियोजनाको गुणस्तरीय कार्यान्वयन गर्न समुह परिचालनको प्रभावकारी पद्धति अपनाई परियोजनाका साझेदार संस्थाहरु ADRA Nepal / RUPANTARAN का परियोजना कार्यालय बर्दिबासमा स्थीत प्राबिधिक विशेषज्ञहरुसंग समन्वय गरी परियोजनामा निर्दिष्ट कृयाकलापहरु संचालन गर्ने । आवश्यक योजना तर्जुमा, सोको कार्यान्वयन, अनुगमन तथा प्रतिबेदन तयार गरि कार्यकारी निर्देशक संगको समन्वय र सहयोगमा साझेदार संस्थाहरुलाई पेस गर्ने । परियोजनाका अन्य कर्मचारीहरु, स्वयंसेवकहरु तथा परियोजना क्षेत्रका सरोकारवालाहरुसंग समन्वय र सहकार्य गर्ने । दुई पांग्रे सवारी साधनको लाइसेन्स प्राप्त ब्यक्ति । अन्य बिस्तृत जिम्मेवारीहरु कार्य बिबरणमा उल्लेख भए अनुसार हुनेछन् ।
बुझाउनु पर्ने कागजातहरु: आपनो योग्यता संग मेल खाने पद र सोको जिम्मेवारी बहन गर्न सक्ने अनुभव सहित खुलेको निवेदन, वायोडाटा (फोटो समेत), सम्पुर्ण शैक्षिक योग्यताको प्रमाण पत्रहरुको प्रतिलिपि, नागरिकता प्रमाण पत्रको प्रतिलिपि, अनुभवकोे प्रतिलिपि र तोकिएको पदहरका लागि (मोटरसाईकल) सवारी चालक अनुमति पत्रको प्रतिलिपि समेत ।
नोट: न्युनतम आवश्यक योग्यता पुरा भएका निबेदनहरुको छानबिन पश्चात छोटो सूचीमा (short listing) पर्न सफल उम्मेदवारहरुलाई लिखित र अन्तरवार्ताको लागि सूचना गरिने छ । स्थानिय/सम्वन्धित नगरपालिका/गाउंपालिकाका महिला, दलित, मुस्लिम तथा पिछडिएका वर्गलाई विशेष गा्रहयता दिईने छ ।
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: May 23, 2022
About the organization
European Union/Austrian Development Cooperation को आर्थिक सहयोग तथा ADRA Nepal / RUPANTARAN को प्राविधिक सहयोग तथा समन्वयमा महोत्तरी र धनुषा जिल्लाको ६ वटा नगरपालिका र गाउपालिकाहरु ( मिथिला, बटेश्वर, बर्दिबास, गौशाला, भंगहा, औरही) मा सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल, (CDAFN) बर्दिवास, महोत्तरीले Local Initiatives to Reduce Impacts of Climate Change (LIRIC) परियोजनाको सम्झौता गरी कार्यक्रम संचालन गरीरहेको र उक्त परियोजनाका लागि तपसिल अनुसारका कर्मचारीहरुको आवश्यक्ता भई सोही अनुरुप पद पुर्ति गर्नु पर्ने भएकोले माग भए बमोजिमका योग्यता पुगेका १८ वर्ष उमेर पुरा भई ४५ वर्ष ननाघेको नेपाली नागरिकहरुका लागि आज मिति २०७९/०२/०१ गते यो दरखास्त आवहान गरिन्छ ।

Deadline: Jun 02, 2026

Deadline: Jun 08, 2026

Deadline: May 31, 2026

Deadline: Jun 05, 2026

Deadline: May 31, 2026