Relief Nepal

NGO / INGO / Development Projects

Tender Category : Consulting / Audit
Published Date : Oct 11, 2021
Deadline : Oct. 25, 2021, 11:55 p.m.

गाँउपालिका स्तरिय खानेपानी, सरसफाई तथा स्वच्छता योजना (WASH Plan) निर्माणको लागि प्रस्तावना पेश गर्ने सम्बन्धी सुचना

सुनकोशी गाँउपालिका
गाँउ कार्यपालिकाको कार्यालय
रामटार, सिन्धुली
बागमती प्रदेश, नेपाल

गाँउपालिका स्तरिय खानेपानी, सरसफाई तथा स्वच्छता योजना (WASH NEPAL) निर्माणको लागि प्रस्तावना पेश गर्ने सम्बन्धी सुचना

(SUNRM-NCB-RFP-01-078/079)

(सुचना प्रकाशित मिति : २०७८।०६।२५)

सुनकोशी गाँउपालिका खानेपानी, सरसफाई तथा स्वच्छता सम्वन्धि नीति तथा कार्यविधि अनुसार यस गाँउपालिकालाई पुर्ण सरसफाई युक्त गाँउपालिका घोषणा गर्ने प्रयोजनको लागि गाँउपालिका स्तरिय WASH Plan निर्माण गर्नुपर्ने भएकोले तपसिलमा उल्लेखित योग्यता पुगेका इच्छुक संघ संस्था वा निकायले उल्लेखित शर्त अनुसार सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र प्राविधिक तथा आर्थिक प्रस्ताव पेश गर्नु हुन अनुरोध छ ।

शर्ततथा योग्यताहरु :

१. गाँउपालिकाको खानेपानी, सरसफाई तथा स्वच्छता सम्वन्धि नीति तथा कार्यविधि अनुसार र NWASH Softwares को प्रयोग गरी WASH Plan तयार गर्नुपर्नेछ,
२.  प्रस्तावनाका साथ संस्थादर्ता प्रमाण पत्र, सोको नविकरणको प्रतिलिपि,
३.  स्थायी लेखानम्बर (PAN)/ भ्याट (VAT) दर्ता प्रमाणपत्रको प्रतिलिपि,
४. आ.व.०७/को कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि १/१ प्रति,
५. खानेपानी, सरसफाई तथा स्वच्छताको क्षेत्रमा काम गरेको अनुभवको विवरण,
. WASH Plan निर्माण गर्दा सुनकोशी गाँउपालिकाको ७ वटै वडाहरुको स्थलगत सर्वेक्षण तथा छलफल र अन्तरक्रिया गरि तथ्याँकहरु संकलन गर्नु पर्नेछ,
७. प्राविधिक तथा आर्थिक प्रस्ताव छुट्टा छुट्टै शिलबन्दी गरि पेश गर्नु पर्नेछ,
. रित पुर्वक पेश नभएका प्रस्तावना उपर कारवाहि गरिने छैन,
. प्रस्ताव पेश गर्न आवश्यक पर्ने TOR गाँउपालिकाको वेबसाइट https://www.sunkoshimunsindhuli.gov.np बाट डाउनलोड गर्न सकिनेछ वा [email protected] मा अनुरोध गरी मागगर्न सकिने छ,
१०.प्रस्ताव पत्र कार्यालय समय भित्र गाँउपालिकको कार्यालयमा पेश गर्न सकिनेछ यसका साथै [email protected] मार्फत अनलाईनमा पनि पेश गर्न सकिनेछ,
११. WASH Plan सम्बन्धि कार्य अनुभव भएकोलाई प्राथमिकता दिईनेछ ।


Search, Apply & Get Job: FREE