शिलबन्दी दरभाउपत्र आह्वानको सूचना – दमकल (Tractor Driven Fire Fighter) खरिद, दोस्रो पटक

देवाही गोनाही नगरपालिका 
नगर कार्यपालिकाको कार्यालय 
प्रेमपुर गोनाही, रौतहट 
मधेश प्रदेश (नेपाल)

दमकल (Tractor Driven Fire Fighter) खरिद सम्बन्धी शिलबन्दी दरभाउपत्र आह्वानको सूचना 

दोस्रो पटक प्रकाशित मितिः २०८२/०३/०४ गते

यस नगरपालिकाको लागि आ.ब. २०८१ / ०८२ मा दमकल (Fire fighter) खरिद गर्नुपर्ने भएकले नेपाल सरकारबाट इजाजत प्राप्त अधिकृत विक्रेता तथा फर्महरुबाट निम्न शर्तहरूको अधिनमा रही शिलबन्दी दरभाउपत्रको माध्यमबाट दरभाउपत्र पेश गर्नु | हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

शर्तहरू

१. यो सूचना दोस्रो पटक प्रकाशित भएको मिति देखि ७ औ दिन (२०८२ / ०३ / १० गते) को कार्यालय समयभित्र राजश्व दस्तुर रु. १०००/- (पछि फिर्ता नहुने गरी नविल बैंक लिमिटेड, रौतहटको देवाही गोनाही शाखा स्थित देवाही गोनाही नगरपालिकाको “ग' १.१ आन्तरिक राजस्व खाता नं. २२९०१०९७५००००६ मा जम्मा गरेको सकल भौचर, अध्यावधिक नविकरण गरेको ईजाजत पत्र, मु.अ.कर दर्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपी, आ.ब. ०८०/०८१ सम्मको आयकर चुक्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपी र निवेदन सहित बुझाई यस कार्यालयबाट दरभाउपत्र कागजात प्राप्त गर्न सकिने छ ।

२. शिलबन्दी दरभाउपत्र साथ देवाही गोनाही नगर कार्यपालिका कार्यालयको नाममा नविल बैंक देवाही गोनाही, रौतहट शाखामा रहेका धरौटी खाता न. २२९०१०९७५०००२४ मा नगद जम्मा गरेको सक्कल बैंक भौचर वा सो रकम बराबरको नेपाल राष्ट्रिय बैंक “क” वर्गको मान्यता प्राप्त बैंकबाट देवाही गोनाही नगर कार्यपालिका कार्यालय प्रेमपुर गोनाहीको नाममा जारी भएको कार्य प्रयोजन एवं ठेक्का नम्बर अनिवार्य रूपमा उल्लेख भएको दरभाउपत्र जमानत पत्र दरभाउपत्र दाखिला गर्ने अन्तिम मितिबाट ७५ दिन सम्म म्याद भएको पेश गर्नु पर्नेछ ।

३. शिलबन्दी दरभाउपत्र फाराममा अधिकार प्राप्त व्यक्तिले दस्तखत गरी यो सूचना दोस्रो पटक प्रकाशित भएको मितिले ८ औं दिनको १२:०० बजे भित्र यस कार्यालयमा बुझाउनु पर्नेछ । प्राप्त दरभाउपत्र सोही दिन अपराहन २.०० बजे खोलिनेछ ।

४. दरभाउपत्र फाराम खरिद गर्ने तथा दाखिला गर्ने र खोल्ने दिन विदा परेमा सो कार्य सो को भोलिपल्ट सोही समयमा हुनेछ । 

५. दमकल (Fire fighter) कार्यालयको स्विकृत टेक्निकल स्पेशिफिकेशन बमोजिमको हुनु पर्नेछ । साथै दरभाउपत्र सहित प्रस्तावदाताले Servicing Warranty आदि सम्बन्धमा समेत खुलाउनु पर्नेछ ।

६. यस कार्यालयबाट प्राप्त गरेको दरभाउपत्र फाराममा उल्लेखित दमकल (Tractor Driven Fire fighter) को प्रति इकाई मूल्य अंक र अक्षर दुवैमा स्पष्ट खुलाउनु पर्नेछ । अंक र अक्षरमा फरक दर भएको पाईएमा अक्षरमा उल्लेखित दरलाई मान्यता दिईनेछ । 

७. म्याद नाघी आएको वा रित नपुगेको वा विभिन्न शतं उल्लेख गरिएको दरभाउपत्र उपर कुनै कारवाही हुने छैन । दरभाउपत्र स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहनेछ ।

८. एक व्यक्ति वा फर्मको नाममा खरीद गरिएको दरभाउपत्र फाराम अर्को व्यक्ति वा फर्मको नाममा दाखिला गर्न पाईने छैन । 

९. यस सूचनामा उल्लेख नभएका कुराहरुको हकमा सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ तथा प्रचलित स्थानीय तह कानून बमोजिम हुनेछ ।

प्रमुख प्रशासकीय अधिकृत


Search, Apply & Get Job: FREE