Newspaper Tender

Source: Madhyanha National Daily

Type : Bolpatra
Published Date : May 09, 2025
Deadline : June 8, 2025, noon
Type : Bolpatra

बोलपत्र (Tender) आहृवान सम्बन्धी सूचना - Champadevi Gaupalika Wada No. 7 Thamdanda Sahid Sangrahalaya Nirman,

चम्पादेवी गाउँपालिका 
गाउँ कार्यपालिकाको कार्यालय
कालिका, ओखलढुंगा 
कोशी प्रदेश, नेपाल

बोलपत्र (Tender) आहृवान सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मितिः २०८२/०१/२६

यस कार्यालयको आ.व. २०८१/०८२ को लागि स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिलमा उल्लेखित कार्य विद्युतिय बोलपत्रको प्रक्रियाबाट खरिद गर्नुपर्ने भएको हुँदा सो कार्यको लागि विद्युतिय बोलपत्र पेश गर्न योग्य, इच्छुक इजाजत प्राप्त फर्म/कम्पनीबाट निम्न लिखित शर्तको अधिनमा रहि रीतपूर्वक विद्युतिय बोलपत्र आह्वान गरिएको छ । बोलपत्र फारम तथा अन्य जानकारीका लागि www.bolpatra.gov.np/egp वा यस कार्यालयको वेभसाइट www.champadevimun.gov.np मा हेर्न सकिनेछ ।

१. बोलपत्र फारम दस्तुर यस कार्यालयको कृषि विकास बैंक लि., चम्पादेवी घोराखोरी शाखामा रहेको आन्तरिक राजस्व खाता नं. Ga-1-1 (1125701782616052) मा रु ३,०००।०० (तीन हजार मात्र) जम्मा गरी सो को भौचर Scan कपी विद्युतिय बोलपत्र फारम साथ पेश गर्नु पर्नेछ।

२. बोलपत्र फारम साथ धरौटी बापतको रकम यस कार्यालयको कृषि विकास बैंक लि., चम्पादेवी घोराखोरी शाखामा रहेको धरौटी खाता नं. Ga-3-1 (1125701782616044 ) मा जम्मा गरेको अर्धकट्टीको सक्कल भौचर वा राष्ट्र बैंकबाट मान्यता प्राप्त बैंकबाट ठेक्का नं. उल्लेख गरी यस कार्यालयको नाममा जारी भएको बोलपत्र जमानत पेश गर्नुपर्ने छ । बोलपत्र मान्य हुने अवधी बोलपत्र खोल्ने तय भएको मितिबाट कम्तिमा ९० (नब्बे ) दिनको हुनु पर्नेछ र बोलपत्र जमानतको मान्य अवधी बोलपत्र मान्यहुने अवधि भन्दा कम्तिमा ३० (तीस) दिन बढि (बोलपत्र खोल्ने तय भएको मितिबाट कम्तीमा १२० दिन) हुनु पर्नेछ ।

३. बोलपत्र फारम, सूचना प्रथम पटक प्रकाशित भएको मितिले ३१औं दिन (२०८२ / ०२ / २६) को १२:०० बजेसम्म अनिवार्य अनलाईन प्रणालीमा पेश गरी सक्नु पर्नेछ । सोही दिन (२०८२/०२/२६) को १४:०० बजे कार्यालयको प्रतिनिधिहरु र बोलपत्रदाताहरुको प्रतिनिधिहरुको रोहबरमा खोलिनेछ । बोलपत्रदाताको प्रतिनिधिहरु उपस्थित नभएमा पनि बोलपत्र खोल्न कुनै बाधा हुने छैन ।

. बोलपत्र पेश गर्ने अन्तिम दिन तथा खोल्ने दिन सार्वजनिक विदा परेमा लगत्तै कार्यालय खुलेको दिनलाई अन्तिम दिन मानी सो कार्यहरु गरिनेछ । यस्तो अवस्थामा बोलपत्र र बोलपत्र जमानतको मान्य अवधि भने साविककै मितिदेखि गणना गरिनेछ ।

५. बोलपत्र स्वीकृत भएको जानकारी पाएर पनि तोकिएको समयावधीमा सम्झौता गर्न नआएमा उक्त बोलपत्र रद्द गरी निजले राखेको धारौटी जफत गरी नजिकको दोस्रो बोलपत्र स्वीकृत गरी सम्झौता गरिनेछ ।

६. कुनै वा सबै बोलपत्र, पुरै वा आंशिक रुपमा स्वीकार गर्ने वा नगर्ने अधिकार यस कार्यालयमा निहित रहने छ ।

७. यस सूचनमा उल्लेख नभएका अन्य कुराहरुको हकमा सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ तथा प्रचलित कानून बमोजिम हुनेछ । साथै बोलपत्र सम्बन्धी थप जानकारी यस कार्यालयमा कार्यलय समयभित्र सम्पर्क राखी वा फोन नं ९८५२८४४४४८ मा सम्पर्क गरी बुझ्न सकिनेछ ।

प्रमुख प्रशासकीय अधिकृत


Search, Apply & Get Job: FREE