काठमाडौं विश्वविद्यालय
शिलबन्दी बोलपत्र (Tender) को सूचना
(प्रथम पटक प्रकाशित मिति २०८२।०३।१६ )
काठमाडौं विश्वविद्यालय, स्कूल अफ आर्टस् अन्तर्गत भाषा तथा आमसञ्चार | विभागका लागि Video Camera Body with accessories, Photo Camera Body with accessories, Photo Camera Body & Lens, Printer Scanner, Audio Recorder, Light, Light Stand, Drone, Teleprompter र Reflector विभिन्न परिमाणमा खरिद गर्नुपर्ने भएकाले इच्छुक रजिष्टर्ड फर्म र कम्पनीहरुले विश्वविद्यालयको website: www.ku.edu.np मा उल्लेख गरिए बमोजिमका कागजातहरु संलग्न गरी मिति २०८२ ।०३।१६ मा विश्वविद्यालयको वेबसाइटमा प्रथम पटक प्रकाशित भएको मितिले १० दिनभित्र यस विश्वविद्यालयमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । बोलपत्र फाराम रु. १०००/- (एक हजार) पछि फिर्ता नहुने गरी नेपाल इन्भेष्टमेण्ट मेगा बैंक बनेपा शाखा, काभ्रेमा रहेको यस विश्वविद्यालयको खाता ब.हि.नं. ००५०१०३०२५०००५ मा जम्मा गरेको सक्कल भौचर संलग्न गरी केन्द्रिय कार्यालय धुलिखेलबाट लिन सकिनेछ ।
रजिष्ट्रार
काठमाडौं विश्वविद्यालय, धुलिखेल, काभ्रे ।