सिलबन्दी दरभाउपत्र नं. NDCL / PD-BRT/SQ/08/2081-82
Supply and Delivery of Motorbikes
खरिद कार्यको सिलवन्दी दरभाउपत्र आह्वानको सूचना
प्रथम पटक प्रकाशित मिति: २०८२ /०१/३०
यस निर्देशनालयका लागि Motorbikes खरिद गर्नु पर्ने भएकाले इच्छुक रजिष्टर्ड उत्पादक वा आपूर्तिकर्ताबाट नवीकरणसहितको फर्म दर्ता प्रमाण-पत्र, मू.अ. कर दर्तासहित स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्र तथा आ.व. २०८०/०८१ को कर चुक्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपिका साथै सिलबन्दी दरभाउपत्र फाराममा उल्लेखित शर्तको अधीनमा रही निम्नानुसार सिलबन्दी दरभाउपत्र पेश गर्न हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
- सिलबन्दी दरभाउपत्र फारामको शुल्क रु. ३,०००।०० (अक्षरुपी तीन हजार मात्र) (पछि फिर्ता नहुने) (सिलबन्दी दरभाउपत्र फारामको शुल्क कम्पनीमा नगदै वा एभरेष्ट बैंक लिमिटेड, विराटनगर शाखामा रहेको राजस्व खाता नं. ००८०११०२२००००१ मा जम्मा गर्न सकिनेछ)
- सिलबन्दी दरभाउपत्र पाइने / दर्ता गर्ने/खोल्ने स्थान नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, विराटनगर ।
- सिलबन्दी दरभाउपत्र बिक्री सुरु मिति २०८२/०१/३० गतेदेखि |
- सिलबन्दी दरभाउपत्र खरिद गर्ने मिति २०८२।०२।१३ गते अपरान्ह ०३:०० बजेसम्म ।
- सिलबन्दी दरभाउपत्र बुझाउने अन्तिम मिति २०८२।०२।१४ गते मध्याह्न १२:०० बजेसम्म ।
- सिलबन्दी दरभाउपत्र खोल्ने मिति २०८२।०२।१४ गते मध्याह्न १२ः३० बजे ।
- सिलबन्दी दरभाउपत्र पेश गर्दा रकम रु. ६६,०००।०० (अक्षरुपी छैसठ्ठी हजार मात्र) जमानत वापत श्री नबिल बैंक लिमिटेड, विराटनगर शाखास्थित यस निर्देशनालयको धरौटी हिसाब नं. ०७०६०१००१११०४ मा जम्मा गरेको सक्कल बैंक भौचर वा ९० दिनको न्यूनतम अवधि रहेको नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त "क" वर्गका वाणिज्य बैंकबाट जारी सक्कलै बैंक जमानत पत्र संलग्न हुनुपर्नेछ ।
- सिलबन्दी दरभाउपत्र खोल्ने दिन सार्वजनिक बिदा पर्न गएमा त्यसको लगत्तै कार्यालय खुलेको दिन उल्लेखित समयमा नै सिलबन्दी दरभाउपत्र दर्ता तथा खोल्ने कार्य गरिनेछ ।
- यस सम्बन्धी अन्य कुराहरू बुझ्नु परेमा कार्यालय समय भित्र टेन. ०२१-५१८०५५ मा सम्पर्क राखी बुझ्न सकिनेछ ।
नेपाल टेलिकम
प्रादेशिक निर्देशनालय, विराटनगर
कोशी प्रदेश