सिलबन्दी दरभाउपत्र आह्वान – Stationery and Miscellaneous Items Procurement, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालय

त्रिभुवन विश्वविद्यालय
विज्ञान तथा प्रविधि अध्ययन संस्थान 
डीनको कार्यालय, कीर्तिपुर

सिलबन्दी दरभाउपत्र आव्हान सम्बन्धी सूचना 

प्रकाशित मिति: २०८२|४|२५

यस विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा आ.ब. २०८२ | २०८३ का लागि आवश्यक स्टेशनरी तथा मसलन्द सामानहरु खरिद गर्नु परेको हुँदा इच्छुक फर्म र कम्पनीहरुबाट यो सूचना प्रकाशित मितिले १५ दिन भित्र यस कार्यालयमा आई पुग्ने गरि सिलबन्दी दरभाउपत्र आव्हान गरिएको छ । दरभाउपत्र रु १०००|- (एक हजार) मात्र यस कार्यालयको नेपाल बैंक लि. मा रहेको च.हि.नं ०४५००१०००९९१०७०००००१ मा जम्मा गरि कार्यालय समयभित्र प्राप्त गर्न सकिने छ । दरभाउपत्र पेश गर्दा कम्पनी दर्ता प्रमाणपत्र, मू.अ.क कर दर्ता प्रमाणपत्र र २०८१ पौष मसान्त सम्मको कर चुक्ता प्रमाणपत्र अनिवार्य रुपमा पेश गर्नुपर्ने छ । विस्तृत जानकारीका लागि यस कार्यालयमा सम्पर्क गर्न सकिने छ ।

सहायक डीन


Search, Apply & Get Job: FREE