चम्पादेवी गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
कालिका, ओखलढुंगा
कोशी प्रदेश, नेपाल
सिलबन्दी दरभाउपत्र (Sealed Quotation ) सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मितिः २०८२/०१/२५
यस गाउँपालिकाको आ.व. २०८१ / ०८२ का लागि स्वीकृत वार्षिक कार्यक्रम बमोजिम विद्युतीय खरिद गर्नुपर्ने भएकोले उल्लेखित सामान / बस्तु आपूर्ति गर्न इच्छुक | इजाजत प्राप्त फर्म वा कम्पनीहरुबाट निम्न लिखित शर्तको अधिनमा रहि आफ्नो फर्म इजाजतपत्र नवीकरण भएको प्रमाणपत्र मु.अ.कर दर्ता प्रमाणपत्र, स्थायी लेखा दर्ता प्रमाणपत्र, आर्थिक वर्ष २०८०/०८१ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि कारवाही वा कालोसूचीमा नपरेको स्वः घोषणा र अख्तियारनामा सहित रितपूर्वक सिलबन्दी | दरभाउपत्र (Sealed Quotation ) आव्हान गरिएको छ । बोलपत्र फारम तथा अन्य जानकारीका लागि https://www.bolpatra.gov.np/egp वा यस कार्यालयको वेभसाइट https://www.champadevimun.gov.np मा हेर्न सकिनेछ ।
तपसिल

शर्तहरू
१. बोलपत्र फारम दस्तुर यस कार्यालयको कृषि विकास बैंक लि., चम्पादेवी घोराखोरी शाखामा रहेको आन्तरिक राजस्व खाता नं. Ga-1-1 (1125701782616052) मा रु १,०००।०० (एक हजार मात्र) जम्मा गरी सो को भौचर Scan कपी विद्युतिय बोलपत्र फारम साथ पेश गर्नु पर्नेछ ।
२. बोलपत्र फारम साथ धरौटी बापतको रकम यस कार्यालयको कृषि विकास बैंक लि., चम्पादेवी घोराखोरी शाखामा रहेको धरौटी खाता नं. Ga-3-1 (1125701782616044) मा जम्मा गरेको अर्धकट्टीको सक्कल भौचर वा राष्ट्र बैंकबाट मान्यता प्राप्त बैंकबाट ठेक्का नं. उल्लेख गरी यस कार्यालयको नाममा जारी भएको बोलपत्र जमानत पेश गर्नुपर्ने छ । बोलपत्र मान्य हुने अवधी बोलपत्र खोल्ने तय भएको मितिबाट कम्तिमा ७५ (पचहत्तर) दिनको हुनु पर्नेछ र बोलपत्र जमानतको मान्य अवधी बोलपत्र मान्यहुने अवधि भन्दा कम्तिमा ३० (तीस) दिन बढि हुनु पर्नेछ ।
३. बोलपत्र फारम, सूचना प्रथम पटक प्रकाशित भएको मितिले १६ औं दिन (२०८२ / ०२ / ११) को १२:०० बजेसम्म अनिवार्य अनलाईन प्रणालीमा पेश गरी सक्नु पर्नेछ। सोही दिन (२०८२/०२/११) को १४:०० बजे कार्यालयको प्रतिनिधिहरु र बोलपत्रदाताहरुको प्रतिनिधिहरुको रोहबरमा खोलिनेछ । बोलपत्रदाताको प्रतिनिधिहरु उपस्थित नभएमा पनि बोलपत्र खोल्न कुनै बाधा हुने छैन ।
४. बोलपत्र पेश गर्ने अन्तिम दिन तथा खोल्ने दिन सार्वजनिक विदा परेमा लगत्तै कार्यालय खुलेको दिनलाई अन्तिम दिन मानी सो कार्यहरु गरिनेछ । यस्तो अवस्थामा बोलपत्र र बोलपत्र जमानतको मान्य अवधि भने साविककै मितिदेखि गणना गरिनेछ ।
५. बोलपत्र स्वीकृत भएको जानकारी पाएर पनि तोकिएको समयावधीमा सम्झौता गर्न नआएमा उक्त बोलपत्र रद्द गरी निजले राखेको धारौटी जफत गरी नजिकको दोस्रो बोलपत्र स्वीकृत गरी सम्झौता गरिनेछ ।
६. कुनै वा सबै बोलपत्र, पुरै वा आंशिक रुपमा स्वीकार गर्ने वा नगर्ने अधिकार यस कार्यालयमा निहित रहने छ ।
७. यस सूचनमा उल्लेख नभएका अन्य कुराहरुको हकमा सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ तथा प्रचलित कानून बमोजिम हुनेछ । साथै बोलपत्र सम्बन्धी थप जानकारी यस कार्यालयमा कार्यलय समयभित्र सम्पर्क राखी वा फोन नं ९८५२८४४४४८ मा सम्पर्क गरी बुझ्न सकिनेछ ।
प्रमुख प्रशासकीय अधिकृत