Newspaper Tender

Source: Gorkhapatra

Tender Category : NGO / INGO/ Social Work
Published Date : Sep 25, 2024
Deadline : Oct. 18, 2024, 5 p.m.

Request for Expression of Interest

HELEN KELLER INTL

युएसएआईडी एकीकृत पोषण

स्थानीय साझेदार संस्थाका लागि आशय पत्रको आवेदन आव्हान गरिएको सूचना

(Request for Expression of Interest)

सूचना प्रकाशन मिति : २०८१ असोज ९ गते (September 25, 2024)

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) को सहयोगमा नेपालको पोषण नीति, योजना र कार्यक्रमको बृहत्तर ढाँचामा रहि युएसएआईडी एकीकृत पोषण ( जुन, २०२४ देखि जुन, २०२९ सम्म) परियोजना सञ्चालन हुँदैछ । यस परियोजनाले स्वास्थ्य, खाद्य, खानेपानी तथा सरसफाइ, शिक्षा र सामाजिक सुरक्षा प्रणालीहरूको सुदृढीकरणमार्फत् नेपालमा महिला, किशोरकिशोरी र बालबालिकाको पोषण स्थिति सुधार गर्न नेपाल सरकारसँग सहकार्य गर्दछ । यस परियोजनाले स्वास्थ्य र पोषणको नतिजामा विषमता रहेका सीमान्तकृत एवम् जोखिममा परेका समूहहरूलाई प्राथमिकतामा राख्दै नेपाल सरकारले सञ्चालन गरेका पोषणसँग सम्बन्धित कार्यक्रमहरूमा परिपूरकको रूपमा काम गर्दछ ।

युएसएआईडी एकीकृत पोषण परियोजना, कोशी प्रदेशका भोजपुर, खोटाङ, ओखलढुङ्गा र उदयपुर जिल्ला; गण्डकी प्रदेशका म्याग्दी, बाग्लुङ र गोरखा जिल्ला; बागमती प्रदेशका सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली, मकवानपुर र धादिङ जिल्लामा सञ्चालन हुँदैछ । यो परियोजना स्थानीय गैरसरकारी संस्थामार्फत् कार्यान्वयन गरिने हुँदा सम्बन्धित जिल्लामा दर्ता भई योग्यता पुगेका इच्छुक एकल संस्थाहरूबाट आशय पत्रमा उल्लेख गरिएका कागजातहरू संलग्न राखि तोकिएको ढाँचामा प्राविधिक प्रश्नहरूको मौलिक तथा स्थानीय सन्दर्भ र परिवेश झल्किने जवाफसहितको विस्तृत आशय पत्र मिति २०८१ साल कार्तिक २ गते ( October 18, 2024) दिनको ५ बजेभित्र [email protected] मा ईमेलमार्फत् पेश गर्न यो सूचना प्रकाशित गरिएको छ । आशय पत्रको आवेदन पेश गर्दा निम्नानुसार ध्यान दिनसमेत सूचित गरिन्छ ।

  • इमेल पठाउँदा विषय ( Subject) खण्डमा जिल्ला, आवेदक संस्थाको नाम, आशय पत्रको नम्बर, र शीर्षक उल्लेख गर्नुपर्दछ । उदाहरणको लागि XXXdistrict : ABC NGO Name_2024-05_USAID Integrated Nutrition 
  • आशय पत्र साथ पेश गरिने सबै कागजातहरू १० एमबी भन्दा बढी नहुने गरी एउटै मात्र PDF फाईल बनाई पेश गर्नुपर्दछ । 
  • आशय पत्रको पूर्ण दस्तावेज https://helenkellerintl.org.np को Procurement Notice उपलब्ध छ।

आशय पत्रका सन्दर्भमा थप स्पष्टता आवश्यक भएमा USAIDIntegrated [email protected] इमेल ठेगानामा मिति २०८१ असोज १४ गते (September 30, 2024) भित्र प्रश्नहरू पठाउन सकिन्छ । प्राप्त प्रश्नहरूको स्पष्टतताका लागि मिति २०८१ असोज १५ गते (October 1, 2024 ) गते बिहान १०:०० बजे पूर्व आवेदन बैठक भर्चुअल रुपमा हुनेछ । उक्त बैठकमा सहभागी हुन चाहने इच्छुक संस्थाहरूले आफ्नो आधिकारिक इमेल ठेगानामार्फत् [email protected] मा ईमेल गरेमा बैठकको लिंक उपलब्ध गराइनेछ ।

आशय पत्रको मूल्याङ्कन, साझेदार संस्था छनौट प्रक्रियाको पहिलो चरण हो । यस सूचनाअनुसार प्राप्त आवेदनहरूको मूल्याङ्कन तथा प्रस्तुतीकरणपश्चात् छनौट हुने एक जिल्लाका लागि एक संस्थालाई मात्र लागतसहितको पूर्ण आवेदनका लागि आमन्त्रण गरिनेछ ।


Search, Apply & Get Job: FREE