Procurement of Sana Krishi Aujar Tatha Yentra Upakaran Work

नेपालगंज उप-महानगरपालिका
नगर कार्यपालिकाको कार्यालय
नेपालगञ्ज, बाँके
लुम्बिनी प्रदेश, नेपाल
दरभाउपत्र आव्हानको सूचना
(प्रथम पटक प्रकाशित मिति : २०७७/१०/१५ गते) 

यस नेपालगञ्ज उप-महानगरपालिका नगर कार्यपालिकाको कार्यालयको देहाय अनुसारको सामाग्रीहरू ठेक्काको प्रक्रियाबाट खरिद तथा सप्लाई गराउनु पर्ने भएकोले ईच्छुक फर्म, व्यवसायी वा कम्पनीहरूहरूबाट निम्न शर्तहरूको अधीनमा रही रीतपूर्वकको दरभाउपत्र आव्हान गरिएको छ। 

शर्तहरू : 

१) अद्यावधिक नविकरण गरेको ईजाजतपत्र, स्थायी लेखानम्बर प्रमाणपत्र, मू.अ.कर दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, आ.व.०७६/०७७ सम्मको आयकर चुक्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि अथवा म्याद थपको पत्र र निवेदन सहित तोकिएको दरभाउपत्र दस्तुर तिरी (पछि फिर्ता नहुने) यो सूचना प्रकाशित भएको मितिले १६औं दिन दिनको १२:०० बजे भित्र दरभाउपत्रदाताले सार्वजनिक अनुगमन कार्यालयको www.bolpatra.gov.np बाट ठेक्काको लागि download तथा upload गर्न सक्ने व्यवस्था गरिएको छ । यस कार्यालयको राष्ट्रिय वाणिज्य बैंक नेपालगंज स्थित आम्दानी खाता ग-१-१-४१३०१००३०१०१०००२ मा जम्मा गरेको भौचरलाई दरभाउपत्र कागजात साथ upload गर्नु पर्नेछ । Hard copy प्रयोगमा ल्याईने छैन । 

२) दर्ता भएका दरभाउपत्रहरू यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १६औ दिन दिनको १४:०० बजे कार्यालयका प्रतिनिधि तथा दरभाउपत्रदाताको रोहबरमा खोलिने छ। दरभाउपत्रदाता अनुपस्थित भएमा पनि कार्यालयको प्रतिनिधिको रहोबरमा दरभाउपत्र खोलिनेछ।

३) दरभाउपत्र खोल्ने दिन बिदा पर्न गएमा सो को भोलिपल्ट वा कार्यालय खुलेको पहिलो दिनको सोही समयलाई उक्त प्रयोजनको लागि मान्यता दिईनेछ । 

४) दरभाउपत्र फाराम साथ जमानत वापत तोकिएको रकम राष्ट्रिय बाणिज्य बैंक, नेपालगंज शाखा स्थित यस कार्यालयको धरौटी खाता नं. ग-३-४१३०१००३०३०००००२ मा जम्मा गरि सक्कलै बैंक भौचर वा नेपाल सरकार बाट विडवण्ड जारी गर्न सक्ने ईजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाबाट दरभाउपत्र दाखिला गर्ने अन्तिम मितिबाट कम्तीमा ७५ (पचहत्तर) औं दिन म्याद भएको विडवण्डको सक्कल संलग्न गर्न पर्नेछ । 

५) दरभाउ पत्रमा आइटमवाइज दर अंक र अक्षर दुवैमा स्पष्ट लेख्नु पर्नेछ । अंक र अक्षरमा फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ । केरमेट भएको ठाउंमा दरभाउपत्रदाताको सहि छाप भएको हुनु पर्नेछ। 

६) कार्यालयको हितलाई ध्यानमा राखी कुनै कारण जनाई वानजनाई दरभाउपत्र पुरा वा आंशिक रुपमा स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहने छ। 

७) शर्त रहेको, रित नपुगेको तथा म्याद नाघी आएको दरभाउपत्र उपर कुनै कारवाही हुने छैन । 

८) यसमा उल्लेख नभएका अन्य कुराहरूको हकमा सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ र अन्य प्रचलित कानून बमोजिम हुनेछ । दरभाउपत्र सम्बन्धी थप कुरा बुझ्नु परेमा यस कार्यालयमा कार्यालय समय भित्र सम्पर्क राखी बुझन सकिनेछ ।

कार्यको विवरण: Procurement of Sana Krishi Aujar Tatha Yentra Upakaran Work

प्रमुख प्रशासकीय अधिकृत


Search, Apply & Get Job: FREE