दुग्ध विकास संस्थान
विराटनगर दुग्ध वितरण आयोजना
विराटनगर, फोन नं. ०२१-४२२१०५, ४२२२३६
पुनः सिलबन्दी दरभाउपत्र आह्वानको सूचना
( दोस्रो पटक प्रकाशित मिति: २०८२।०३।०१ गते)
आयोजनालाई धानको भुस खरिद गर्न कान्तिपुर दैनिकमा मिति २०८२ / ०२ / ११ को प्रकाशित सूचनानुसार म्यादभित्र २ थान मात्र सिलबन्दी दरभाउपत्र दर्ता भएको र RO प्लान्टको केमिकल्स खरिद गर्न मिति २०८२/०२/१५ को प्रकाशित सूचनानुसार दरभाउपत्र फाराम बिक्री नभएको हुँदा इच्छुक ईजाजत प्राप्त फर्म, संस्था, कम्पनी वा | राईसमिलहरूले यो सूचना प्रकाशित भएको मितिले १५ औं दिनभित्र आयोजनाबाट प्रति थान रु.१,०००/- (फिर्ता नहुने) मा दरभाउपत्र खरिद गरी १६ औं दिन १२:०० बजेभित्र दाखिला गर्न र सोही दिन १:०० बजे आयोजनामा खोल्ने गरी पुनः सूचना प्रकाशित गरिएको छ । दरभाउपत्रसाथ कबोल कुल रकमको २.५% रकम दरभाउपत्र जमानत वापत राष्ट्रिय वाणिज्य बैंक, विराटनगरको आयोजनाको च.हि.नं. २२५०१०००००२८२००१ मा जम्मा गरेको सक्कल बैंक भौचर वा दरभाउपत्र दाखिला गर्ने अन्तिम मितिबाट कम्तीमा ७५ दिन मान्य अवधि भएको बैंक ग्यारेन्टी संलग्न भई आउनु पर्नेछ । दरभाउपत्र सम्बन्धी अन्य कुरा बुझ्नु पर्ने भएमा कार्यालय समयभित्र आयोजनामा सम्पर्क राख्न सकिनेछ ।