काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (KIOCH) का लागि कम्प्युटर तथा प्रिन्टर खरिद सम्बन्धी दरभाउपत्र आव्हानको सूचना

KIOCH

काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ 
बूढानीलकण्ठ ७ हैपाली हाइट, काठमाडौं

फोन नं. ०१ ४३७०३७३ email: [email protected], website: www.kioch.org

आ.व. ०८२/८३ का लागि आवश्यक कम्प्युटर तथा प्रिन्टर खरिद सम्बन्धी दरभाउपत्र आह्वानको सूचना 
(प्रथम पटक प्रकाशित मिति २०८२/०७/१३):

यस इन्स्टिच्युटमा आ.व. २०८२/८३ का लागि आवश्यक कम्प्युटर तथा प्रिन्टर खरिद सम्बन्धो कार्य गर्नुपर्ने भएकोले सो कार्य गर्न योग्यता पुगेका इच्छुक उत्पादक, फर्म/सप्लायर्स/कम्पनीबाट दर्ता प्रमाणपत्र, अद्यावधिक गरेको आधिकारिक इजाजत प्रमाणपत्र, मूल्य अभिवृद्धि कर प्रमाणपत्र, आ.व. २०८१ / ०८२ को कर चुक्ता प्रमाणपत्रहरूको प्रमाणित प्रतिलिपि फाराम खरिद दस्तुर बापतको रकम इन्स्टिच्युटको सानिमा बैंक, नक्साल शाखामा रहेको खाता न. ००१०१००१०००२०६३ मा जम्मा गरेको बैंक भौचर तथा उल्लिखित धरौटी बापतको रकम इन्स्टिच्युटको सिद्धार्थ बैंक लिमिटेड द्वात्तोसार शाखामा रहेको खाता नं. ५५५०७६३७१२७ मा जम्मा गरेको बैंक भौचर वा बैंक ग्यारेन्टीको हकमा दरभाउपत्र दाखिला गर्ने अन्तिम मितिदेखि गणना हुनेगरी कम्तोमा ९० (नब्बे) दिन मान्य अवधि भएको नेपाल राष्ट्र बैंकबाट 'क' वर्गको मान्यता प्राप्त वाणिज्य बैंकबाट जारी गरिएको बैंक ग्यारेन्टो पत्र संलग्न राखी तल उल्लिखित मिति र समयभित्र इन्स्टिच्युटको कार्यालयबाट दरभाउपत्र फाराम खरिद गर्ने तथा तल उल्लिखित मिति र समयभित्र इन्स्टिच्युटको कार्यालयमा आ-आफ्नो दरभाउपत्रहरू पेश गर्नहुन यो सूचना प्रकाशित गरिएको छ । दरभाउपत्र बुझाउने र खोल्ने दिन सार्वजनिक बिदा परेमा त्यसपछि लगत्तै कार्यालय खुलेको दिन सो कार्य गरिनेछ । अन्य विस्तृत जानकारीका लागि यस इन्स्टिच्युटको प्रशासन शाखामा कार्यालय समयभित्र सम्पर्क राख्न सकिने व्यहोरा समेत जानकारी गराइन्छ ।

तपसिल

यो सूचना इन्स्टिच्युटको website: www.kioch.org.np मा पनि हेर्न सकिनेछ ।


Search, Apply & Get Job: FREE