नेपाल बैंक लिमिटेड
NEPAL BANK LIMITED
प्रधान कार्यालय, सामान्य सेवा विभाग
नेपाल बैंक लिमिटेडका चाबहिल शाखा भवनमा Inverter type wall mounted air conditioner को Supply, Delivery and Installation कार्य गर्नका लागि सिलबन्दी दरभाउपत्र आह्वानको सूचना
(प्रथम पटक प्रकाशित मिति २०८२।०५।१०)
नेपाल बैंक लिमिटेडको चाबहिल शाखा भवनमा Inverter type wall mounted air conditioner को Supply, Delivery and Installation कार्य गर्नका लागि BOQ बमोजिम कार्य गर्न अनुभवो इच्छुक निर्माण व्यवसायीहरूबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरभाउपत्र फाराम खरिद गरी १६औं दिनको ११:०० बजेभित्र पेश गर्न सिलबन्दी दरभाउपत्र आह्वान गरिएको छ । उक्त दरभाउपत्र फाराम खरिद गर्न यस बैंकको काठमाडौँ बैंकिङ अफिसमा रहेको खाता नं. ००२००१०६७११२८३०००००१ मा रु. १,०००/- (पछि फिर्ता नहुने) जम्मा गरो Air Conditioner Installation का लागि नेपाल बैंक लिमिटेड प्रधान कार्यालय सामान्य सेवा विभागबाट दरभाउपत्र फाराम खरिद गर्न सकिनेछ । सो सम्बन्धो शर्त तथा कार्य विवरण दरभाउपत्र फाराममा उल्लेख भए बमोजिम हुनेछ । प्राप्त भएका सिलबन्दी दरभाउपत्रहरू स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस बैंकमा निहित रहनेछ । यस सम्बन्धी थप जानकारीका लागि कार्यालय समयभित्र नेपाल बैंक लिमिटेड, प्रधान कार्यालय, सामान्य सेवा विभागमा सम्पर्क राख्नुहुन सूचित गरिन्छ ।
तपसिल
१) दरभाउपत्र दाता निर्माण व्यवसायीहरूले उल्लिखित कार्यहरू के कति रकममा गर्न सकिने हो बैंकले तोकेको नक्सा डिजाइन अनुसारको कामको परिमाणको विवरण (BOQ) मा दर रेट खुलाई तल उल्लिखित धरौटी बापतको रकम नेपाल बैंक लिमिटेड, काठमाडौं बैंकिङ अफिसको NBL BID Deposit Account ००२००१०६७११२८००००००१ मा नगद जम्मा गरेको सक्कल भौचर वा सो रकम बराबरको दरभाउपत्र बुझाउने अन्तिम मितिले कम्तीमा ७५ दिन म्याद भएको नेपाल बैंक लिमिटेड बाहेक अन्य वाणिज्य बैंक वा वित्तीय संस्थाबाट जारी भएको बिडबन्ड ग्यारेन्टी दरभाउपत्र साथ संलग्न गर्नुपर्नेछ । दरभाउपत्रको मान्य अवधि दरभाउपत्र बुझाउने अन्तिम मितिले ४५ दिनको हुनेछ ।
२) दरभाउपत्र दाता निर्माण व्यवसायीले दरभाउपत्र साथ कम्पनी / फर्म दर्ता प्रमाणपत्र, व्यवसाय दर्ताको इजाजत पत्र, मू.अ.क. दर्ता प्रमाणपत्र र स्थायी लेखा दर्ता न. (प्यान) प्रमाणपत्र आर्थिक वर्ष २०८०/८१ को आन्तरिक राजस्व कार्यालयबाट प्राप्त कर चुक्ता गरेको प्रमाणपत्र वा कर विवरण पेश गरेको कागजातहरूको प्रतिलिपि पेश गर्नुपर्नेछ साथै कालोसूचीमा नपरेको स्वघोषणा पत्र पेश गर्नुपर्नेछ ।
३) दरभाउपत्र पेश गर्दा बैंकले उपलब्ध गराएको दरभाउपत्र फाराम ने (नियम एवं शर्त सुविधाहरू र आवरण पृष्ठ समेतको सबै बैंकमा पेश गर्नुपर्नेछ । दरभाउपत्र फारामको प्रत्येक पुछारमा दरभाउपत्र दाताले आधिकारिक दस्तखत गरी आफ्नो फर्मको छाप समेत लगाएको हुनुपर्नेछ ।
४) उपरोक्त कार्यको निर्माण तथा इलेक्ट्रिकल कार्यको सामग्रीहरू गुणस्तरीय हुनुपर्नेछ र बैंकको प्राविधिकको स्वीकृतिमा मात्र प्रयोग गर्नुपर्नेछ ।
५) यस सम्बन्धमा अन्य विस्तृत विवरण दरभाउपत्र फाराममा उल्लेख भए बमोजिम हुनेछ ।
दरभाउपत्र फाराम खरिद गर्ने अन्तिम मिति: २०८२ /०५/२४ गते मङ्गलबार कार्यालय समयभित्र।
दरभाउपत्र दाखिला गर्ने अन्तिम मिति: २०८२/०५/२५ गते बुधबार बिहान ११:०० बजेभित्र ।
दरभाउपत्र दाखिला गर्ने स्थान: यस बैंकको प्रधान कार्यालय सामान्य सेवा विभागमा दरभाउपत्र दाखिला गर्नुपर्नेछ ।
६) थप विवरण :

नोट दरभाउपत्र खोल्ने दिन बिदा पर्न गएमा सो दिनको भोलिपल्ट दरभाउपत्र खोलिनेछ । यो सूचना यस बैंकको Website: www.nepalbank.com.np मा समेत हेर्न सकिनेछ ।