Invitation For Sealed Quotation For 12v Maintenance Free VRLA Battery

नेपाल टेलिकम 
(नेपाल दूरसञ्चार कम्पनी लि.)
पावर विभाग, छाउनी ।
प्रथम पटक प्रकाशित मिति: २०८२।०६।२८

सिलबन्दी दरभाउपत्र ( कोटेसन) : आह्वानको सूचना 

यस कम्पनीका लागि 12V Maintenance Free VRLA Battery | (40 and 100 Ah) आवश्यक भएकोले आ.व. ०८०८१ सम्मको कर चुक्ता गरेका इच्छुक कम्पनी वा फर्मले यस कम्पनीको छाउनी काउन्टरमा रु. ३,०००l०० (अक्षरुपी रुपियाँ तीन हजार मात्र) मा (फिर्ता नहुने) रकम बुझाई पावर विभागबाट उपलब्ध हुने सिलबन्दी दरभाउपत्र फाराम खरिद गरी फाराममा उल्लिखित सर्तहरूको अधीनमा रही रीतपूर्वकको सिलबन्दी दरभाउपत्रको सूचना प्रकाशित भएको मितिले २२ (बाइसाँ) दिन बिहानको ११:४५ बजेभित्र यस पावर विभाग, छाउनीमा पेश गर्न सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ । दरभाउपत्रसँग रु. २,२५,०००।०० (अक्षरुपी दुई लाख पच्चीस हजार मात्र) को रकम नेपाल दूरसञ्चार कम्पनी लि., पावर विभाग, छाउनीको नाममा रहेको नविल बैंकको धरौटी खाता नं. ०३०१०१७५००९४० मा नगद जम्मा गरेको सक्कल भौचर वा नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त 'क' वर्गको बैंकबाट बैंक जमानी पत्र संलग्न गर्नुपर्नेछ । प्राप्त दरभाउपत्रहरू अन्तिम मिति २०८२/०७/१८ दिनको १२ बजे ( सो दिन बिदा पर्न गएमा कार्यालय खुलेको पहिलो दिन ) पावर विभाग छाउनीमा खोलिनेछ ।

सम्पर्क टेलिफोन नं. ०१-५३७२९००, ५९०५९४५


Search, Apply & Get Job: FREE