Newspaper Tender

Source: Annapurna Post

Published Date : Apr 25, 2025
Deadline : May 25, 2025, noon

Invitation for Bids for Procurement of Lab Reagents, Chemicals and Consumables

कर्णाली प्रदेश सरकार 
सामाजिक विकास मन्त्रालय
प्रदेश जनस्वास्थ्य प्रयोगशाला 
वीरेन्द्रनगर, सुर्खेत

Invitation for Bids

बोलपत्र नं. PPHL/Karnali / NCB 01/081-82

प्रथम पटक प्रकाशित मिति : २०८२/०१/१२ ( 25 April, 2025)

प्रदेश जनस्वास्थ्य प्रयोगशाला, सुर्खेतमा आ.व. २०८१ / ८२ मा प्रयोगशालामा संचालनमा रहेका मेसिनहरुका लागि आवश्यक पर्ने रिएजेन्ट, केमिकल तथा कन्जुमेवल्स सामाग्री खरिद गर्नुपर्ने भएकाले इजाजत प्राप्त उत्पादक कम्पनी वा आधिकारीक विक्रेताहरुवाट निम्न शर्तहरुको अधिनमा रही रितपुर्वक विद्युतिय बोलपत्र आह्वान गरिएको छ ।

१. योग्यता पुगेका इच्छुक बोलपत्रदाले तपशिलका खरिद कार्यका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइट https://www.bolpatra.gov.np/egp बाट बोलपत्र डाउनलोड गरि तपशिलको राजश्व खातामा जम्मा गरेको बोलपत्र दस्तुरको भौचर तथा आवश्यक प्रमाण पत्रहरु स्क्यान गरि मिति २०८२ / ०२ / ११ गते दिनको १२:०० बजे सम्म पेश ( Upload) गर्नु पर्नेछ । पेश भएका बोलपत्रहरु मिति २०८२/०२/११ गते दिनको १३ : ३० बजे प्रयोगशालामा खोलिने छ ।

तपशिल

बैंकको नाम : राष्ट्रिय वाणिज्य बैंक, सुर्खेत शाखा
कार्यालय कोड : ३५००२६८०६६
कार्यालयको नाम : प्रदेश जनस्वास्थ्य प्रयोगशाला, कर्णाली प्रदेश, सुर्खेत 
खाता नं. : १०००१००२०१०१०००६ 
राजश्व शिर्षक : १४२२९

२. बोलपत्रको जमानत वापतको रकम रा. बा. बैंक सुर्खेतमा रहेको प्रदेश लेखा नियन्त्रक कार्यालय सुर्खेतको धरौटी खाता नं. ४०८०१००२०२०३०००० मा जम्मा गरेको भौचरको स्क्यान कपी वा कम्तीमा १२० दिन म्याद भएको ( बोलपत्र पेश गर्ने अन्तिम मिति देखि ) मान्यता प्राप्त वाणिज्य बैंकबाट जारी गरिएको (faड सेक्युरिटी) को स्क्यान कपी संलग्न राख्नु पर्नेछ ।

३. बोलपत्र भर्दा बोलपत्रदाताले आंशिक वा सबै आइटम भर्न सकिनेछ । मूल्याँकन गर्दा आइटम अनुसार मूल्यांकन गरी सबै भन्दा न्यून मूल्यांकित तथा सारभूतरुमा प्रभावग्राही भनि मूल्यांकन समितिले सिफारिस गरेको बोलपत्रको आइटम स्वीकृत गरि सम्झौता गरिनेछ ।

४. बोलपत्रमा उल्लेखित ल्याव रिएजेन्ट तथा केमिकल्स सामाग्रीहरुको ईकाइ मूल्य माग गरिएको हुँदा बिरामीको चाप अनुसार परिमाण उल्लेख गरी खरिद आदेश दिईनेछ। बोलपत्रदाताले खरिद आदेश बमोजिम तोकिएका रिएजेन्ट, केमिकल र कन्जुमेवल्स आपूर्ती गर्नुपर्नेछ ।

५. बोलपत्र स्वीकृत गर्ने वा नगर्ने, आंशिक आइटम मात्र स्वीकृत गर्ने वा रद्ध गर्ने सम्पूर्ण अधिकार यस प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सुरक्षित रहनेछ ।

६. बोलपत्रदाताले खरिद आदेश पाएको मितिले १० दिन भित्र ल्याव रिएजेन्ट, केमिकल र कन्जुमेवल्स प्रयोगशालामा दाखिला गर्नुपर्नेछ अन्यथा उक्त सामाग्री प्रयोगशालाले सोही न्यूनतम मूल्यांकित दररेटमा अन्य सप्लायर्सबाट खरिद गरिने छ ।

७. खरिद कारवाहीमा भाग लिन अयोग्य नभएको, स्वार्थ नबाझिएको र व्यवसाय सम्वन्धि कसुरमा सजाय नपाएको भन्ने लिखित घोषणा गरेको कागजात बोलपत्रकासाथ अनिवार्य रुपमा संलग्न गर्नु पर्दछ ।

८. बोलपत्रको Price Schedule मा उल्लेखित मेशिनमा लाग्ने रिएजेन्ट, केमिकल तथा कन्जुमेवल्स मात्र आपूर्ती गर्नु पर्नेछ । रिएजेन्ट तथा केमिकलको कारण मेसिन बिग्रन गएमा आपूर्तिकर्ता ( बोलपत्रदाता) जिम्मेवार रहनेछ ।

९. बोलपत्र खरिद गर्ने, दाखिला गर्ने र खोल्ने अन्तिम दिन सार्वजनिक बिदा परेको खण्डमा त्यसको लगत्तै कार्यालय खोलेको दिन सोही समयमा बोलपत्र खरिद गर्न, दाखिला गर्ने र खोलिने छ ।

१०. बोलपत्रदाताले उपलब्ध गराउने सामाग्री प्राविधिक स्पेशिफिकेशन अनुरुप हुनु पर्नेछ साथै दर उल्लेख गरेको आइटमको उत्पादक कम्पनीको आधिकारीक बिक्रेताको पत्र (Letter of Authorization) अनिवार्य पेश गर्नु पर्नेछ ।

११. ल्याव रिएजेन्ट तथा केमिकल्स सामाग्री दाखिला गर्दा १८ महिनाको Expiry Date वा छोटो अवधिको भएमा ७५ प्रतिशत अवधि बाँकी हुनु पर्ने छ । 

१२. बोलपत्रदाताको सम्झौता अवधि समाप्त भए पनि आपुर्ति गरिएको सामाग्रीहरु Expiry हुनु ३ (तीन) महिना बाँकी हुँदा फिर्ता लिई सोही परिमाण बराबरको सामाग्री आपुर्ति गर्नु पर्नेछ । ३ महिना बाँकी हुँदा फिर्ता लिन नआएमा सो बापतबाट भएको Expired वापतको रकम विल भुक्तानी दिदा कट्टो गरि भुक्तानी दिन बाधा पर्ने छैन ।

१३. ल्याव रिएजेन्ट, केमिकल र कन्जुमेवल्स सामाग्रीको गुणस्तरमा कुनै शंका लागेमा बोलपत्रदाताले आफ्नै खर्चमा गुणस्तर परिक्षण गर्नु पर्नेछ । आपुर्ति गरिने सर्जिकल सामाग्रीको प्रत्येक प्याकिङको बाहिर उत्पादन मिति, Expire Date, Batch No. आदी उल्लेख भएको हुनुपर्ने छ । सुचिमा भएका सामानहरुको गुणस्त जाँच प्राविधिक समितिले छुट्टाछुट्टै मुल्यांक गर्ने छ । उल्लेखित मूल्य र ब्रान्ड प्राविधिक समितिले सिफारिस गरेको मात्र हुने छ । 

१४. स्वीकृत बोलपत्रको दररेट २०८२ असार मसान्त सम्म लागु हुनेछ । उल्लेखित मूल्य र ब्रान्ड प्राविधिक समितिले सिफारिस गरेको मात्र हुने छ । 

१५. यस सूचनामा उल्लेख हुन छुट भएका अन्य बिषयहरुको हकमा सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ (संशोधन सहित) तथा प्रचलित कानून अनुसार हुने छ ।

१६. इच्छुक बोलपत्रदाताहरुले यस प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट अन्य थप जानकारी हासिल गर्न सक्नेछन् ।

नि. निर्देशक


Search, Apply & Get Job: FREE