नेपाल सरकार
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं
वोलपत्र आव्हान सम्बन्धी सूचना
(प्रथम पटक प्रकाशित मितिः २०८२।०३।१६ )
यस विभागमा आर्थिक वर्ष ०८२/०८३ को लागि चौबिसै घण्टा कार्यालयको सुरक्षा गर्ने प्रयोजनार्थ ८ (आठ) जना सुरक्षा जवान अवश्यक भएकोले नेपाल सरकारबाट मान्यता प्राप्त सेक्युरिटी गार्ड सप्लाई गर्ने संस्थाबाट तपसिलका शर्तहरूको अधीनमा रही वोलपत्र माध्यमद्वारा खरिद गर्नुपर्ने भएकोले बोलपत्र आह्वान गरिएकोले उक्त कार्य गर्न इजाजत प्राप्त इच्छुक फर्म / संस्था/ कम्पनीहरुले वोलपत्र पेश गर्नुहुन अनुरोध छ ।
शर्तहरुः
१. वोलपत्र फाराम रु. ३०००/- पछि फिर्ता नहुने गरी गरी रा.बा. बैंकको राजश्व खातामा वैदेशिक रोजगार विभागको कार्यालय कोड नं. ३७१०२३५०१ शीर्षक नं. १४२२९ मा जम्मा गरी यो सूचना प्रकाशित भएको मितिले ३० औं दिन र सो दिन विदा परेमा त्यसपछि कार्यालय खुलेको दिनसम्म कार्यालय समय भित्र यस विभागको आर्थिक प्रशासन शाखाबाट खरिद गरी ३१ औ दिन र सो दिन विदा परेमा त्यसपछि कार्यालय खुलेको दिन दिनको १२:०० बजेभित्र यस विभागमा दर्ता गराउनु पर्नेछ । सोही दिन दिनको १:०० बजे बोलपत्र दाताहरुको प्रतिनिधीहरुको उपस्थितिमा बोलपत्र खोलिने छ । प्रतिनिधि उपस्थित नभए पनि बोलपत्र खोल्न बाधा पर्ने छैन ।
२. बोलपत्र खरिदकर्ताले फारम साथ अध्यावधिक फर्म संस्था वा कम्पनी दर्ताको प्रमाणपत्र, मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र, सामाजिक सुरक्षा कोषमा सूचिकृत भएको प्रमाण र स्थायी लेखा दर्ता नम्बर (प्यान) प्रमाणपत्र, आन्तरिक राजस्व कार्यालयमा ०८०/०८१ सम्मको कर चुक्ता गरेको प्रमाणपत्र र खरिद कारवाहीमा भाग लिन अयोग्य नभएको प्रस्तावित खरिद कारवाहीमा आफ्नो स्वार्थ नबाझिएको र सम्बन्धित पेशा वा व्यवसाय सम्बन्धी कसुरमा आफूले सजाय नपाएको भनी लिखित रुपमा गरेको स्वघोषणा पत्र अनिवार्य पेश गर्नुपर्नेछ ।
३. प्रस्ताव पेश गर्दा वोलपत्र जमानत वापनको निम्न बमोजिमको धरौटी रकम को.ले.नि.का. (न्समन्वय कार्यालय) बबरमहल, काठमाडौंको नेपाल राष्ट्र बैंक बालुवाटारमा रहेको स.अ. १२०१२००००१००२५२४ को धरौटी खाता कार्यालय कोड नं. २७-३७१-०५ मा नगदै जम्मा गरेको सक्कल भौचर वा कम्तिमा १२० दिन म्याद भएको मान्यता प्राप्त बैंकको बैंक ग्यारेन्टी (BID Security) पेश गर्नुपर्नेछ । बोलपत्रको मान्य अवधि ९० दिनको हुनेछ ।
४. यो सूचना विभागको वेभसाइट: www.dofe.gov.np मा पनि हेर्न सकिनेछ ।
तपशिल:
