साझेदारीका लागि आशय पत्
(Expression of Interest) आह्वान
अन्तर्राष्ट्रिय अध्ययन तथा सहयोग केन्द्र (सेसी), अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सन् १९८७ देखि नेपालमा महिला तथा किशोरीहरूको अधिकार, महिलाको आर्थिक सशक्तिकरण, जलवायु अनुकूलन र समावेशी सुशासन आदिका लागि विविध कार्यहरू गर्दै आएको छ ।
प्रो-पब्लिक, गैरसरकारी संस्था सन् १९९१ देखि सुशासन प्रबर्द्धन, इन्द्र समाधान, शान्ती स्थापना, लैङ्गिक समता र पारदर्शिता तथा जवाफदेहिता प्रवर्द्धन आदि मुख्य ध्येयका साथ काम गर्दै आएको छ ।
सेसी र प्रो-पब्लिकद्वारा मधेश प्रदेशको धनुषा, सर्लाही र महोत्तरी तथा लुम्बिनी प्रदेशको कपिलवस्तु, रुपन्देही र नवलपरासी जिल्लाका १२ वटा पालिकामा Strengthening Civil Society Project सञ्चालन गर्नका लागि योग्यता पुगेका गैरसरकारी संस्थाहरूबाट समाज कल्याण परिषद्को परियोजना सम्झौता सम्बन्धी निर्देशिका २०७१ को निर्देशन नम्बर ७ (१) क मा रहेको प्रावधान बमोजिम साझेदार संस्था छनोटका लागि आशय पत्र (Expression of Interest) आह्वान गरिन्छ । आशय पत्र दाखिला गर्ने इच्छुक संस्था मधेश प्रदेश र लुम्बिनी प्रदेश अन्तर्गतका जिल्लामा दर्ता भई कार्यरत भएको हुनुपर्नेछ ।
आशय पत्र अक्टोबर १४, २०२५ (२८ असोज २०८२) मङ्गलबार बेलुका ५ बजेभित्र [email protected] र [email protected] मा पेश गरिसक्नुपर्नेछ । आशय पत्र तथा अनिवार्य पेश गर्नुपर्ने कागजातहरू तलको लिङ्कबाट हेर्न वा डाउनलोड गर्न सकिनेछ https://cecicanadamy.sharepoint.com/f/g/personal/ammar_rana_ceci_ca/Ekj6tW86S7IDnK2TjvQnvmcBWEi8X0QYLZHjFw53gvqPHQ?e=JOAxbR
आशय पत्र पेश गरिसकेका संस्थाहरूले पुनः पेश गर्न आवश्यक छैन ।
आशय पत्र स्वीकृत वा रद्द गर्ने सम्पूर्ण अधिकार सेसी र प्रो-पब्लिकमा सुरक्षित रहनेछ ।