Newspaper Tender

Source: Gorkhapatra

Tender Category : Services Procurement
Published Date : May 05, 2025
Deadline : June 4, 2025, noon

आशयपत्र (Expression of Interest) सम्बन्धी सार्वजनिक सूचना

आशयपत्र (Expression of Interest) सम्बन्धी सार्वजनिक सूचना

सूचना प्रकाशित मिति : २०८२ / ०१ / २२

समाज कल्याण परिषद्सँग परियोजना सम्झौता / स्वीकृती गरी कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरुद्वारा सञ्चालित परियोजनाहरुको मुल्याँकन गर्ने प्रयोजनको लागि इच्छुक कार्यक्रम विज्ञ ( टोली नेता ), आर्थिक विज्ञ र कानून बमोजिम दर्ता भएका परामर्श सेवा दिने फर्म/कम्पनीहरुबाट आशय पत्र (EoI) माग गरिएको छ । यो सूचना प्रकाशित मितिले ३० (तीस) दिनभित्र समाज कल्याण परिषद् केन्द्रीय कार्यालय हरिहरभवन, पुल्चोकमा निवेदन साथ आफ्नो अद्यावधिक Bio-data, Fact sheet (Not hand written) र Supporting Documents (शैक्षिक योग्यता र अनुभवको प्रमाणित प्रतिलिपि) बुझाउनु हुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ । आ.व २०७५/०७६ ( २०७६ असार मसान्त) | अघि EOI पेश गरी रोष्टरमा रहेका विज्ञ मध्ये अद्यावधिक हुने रोष्टरमा समावेश हुन इच्छुक सबैले पुनः EOI पेश गर्नुपर्ने छ । त्यस्तै आ.व २०७६ / ०७७ (२०७६ सुरु साउन) देखी हाल सम्म EOI दिई विज्ञ रोष्टरमा समावेश भएकाहरुले भने आफ्नो योग्यता अनुभव, सम्पर्क ठेगाना र नम्बर आदी थप तथा संशोधन गर्नुपर्ने भएमा पुन EOI पेश गरी विवरण अद्यावधिक गर्न समेत सूचित गरिन्छ । यस सम्बन्धी विस्तृत जानकारी परिषद्को वेबसाइट www.swc.org.np मा हेर्न सकिनेछ ।

ठेगाना

समाज कल्याण परिषद्
अनुगमन तथा मुल्याँकन विभाग, हरिहरभवन, पुल्चोक, ललितपुर । 
टेलिफोन नं: ०१-५४५५४४८ ( Ext : 205, 206)


Search, Apply & Get Job: FREE